bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Chronicles 23
2 Chronicles 23
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 24 →
1
सातौँ वर्षमा यहोयादाले आफ्नो शक्ति प्रकट गरे। तिनले सय-सयका दलका कप्तानहरू, अर्थात् यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार बाँधे।
2
अनि यहूदाका सहरहरूबाट लेवीहरू र इस्राएलका परिवार-परिवारका मुखियाहरूलाई यरूशलेममा भेला गर्न सबै यहूदाभरि तिनीहरू गएर यरूशलेममा आए।
3
त्यहाँ भेला भएका सबै जनाले परमेश्वरको मन्दिरमा राजासित करार बाँधे। यहोयादाले तिनीहरूलाई भने, “परमप्रभुले दाऊदका सन्तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैँ राजाका छोराले राज्य गरून्।
4
अब तिमीहरूले यसो गर्नुपर्छ: शबाथमा आफ्नो काममा आउने तिमी पूजाहारीहरू र लेवीहरूको एक तिहाइचाहिँ मूल ढोकाहरूमा,
5
अर्को एक तिहाइचाहिँ राजमहलमा, र अर्को एक तिहाइचाहिँ जगको ढोकामा पाले बस्नू। अरू सबै मानिसहरूचाहिँ परमप्रभुको मन्दिरका चोकहरूमा हुनेछन्।
6
सेवा गर्ने पूजाहारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्दिरभित्र पस्न नदिनू। तिनीहरू भित्र पस्न सक्छन्, किनभने तिनीहरू पवित्र गरिएका छन्। तर अरू सबै मानिसहरूचाहिँ परमप्रभुले दिनुभएको आज्ञामा लागिरहून्।
7
लेवीहरूले आ-आफ्नो हतियार तयार राखेर राजाका चारैतिर पहरा देऊन्। कोही मन्दिरभित्र पस्यो भने त्यसलाई मारिहाल्नू। राजा जहाँ गए तापनि तिनीहरूचाहिँ राजासँगै रहनुपर्छ।”
8
यहोयादा पूजाहारीले गरेको एक-एक कुरो लेवीहरू र सबै यहूदाले पालन गरे। हरेक जनाले आफ्ना मानिसहरू, अर्थात् शबाथमा काममा खटिएकाहरू र काम सकेर फुर्सत पाएकाहरूलाई लिए, किनभने यहोयादा पूजाहारीले केही दललाई छोड़िदिएका थिएनन्।
9
तब तिनले सय-सयका दलका कप्तानहरूलाई परमेश्वरको मन्दिरमा भएका दाऊदका भालाहरू अनि ठूला र साना ढालहरू दिए।
10
त्यसपछि तिनले सबै मानिसहरूलाई आफ्नो हातमा हतियार लिई राजालाई घेर्न वेदी र मन्दिरनेर आ-आफ्नो स्थानमा मन्दिरका उत्तर र दक्षिणपट्टि एक कुनादेखि अर्को कुनासम्म राखे।
11
त्यसपछि यहोयादा र तिनका छोराहरूले राजाका छोरालाई बाहिर ल्याए, अनि तिनको शिरमा शिरपेच लगाइदिए। तिनीहरूले करार-पत्र दिए, र तिनलाई राजा घोषणा गरे। अनि तिनीहरूले तिनलाई अभिषेक गरेर यसो भनी चर्को सोरले कराए, “राजा अमर रहुन्!”
12
जब अतल्याहले मानिसहरूलाई राजाको जयजयकार गर्दै यताउता गरिरहेको आवाज सुनिन्, तब तिनी परमप्रभुको मन्दिरमा तिनीहरूकहाँ आइन्।
13
अनि राजालाई स्तम्भको छेउमा प्रवेशद्वारनेर उभिरहेका तिनले देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाका छेउमा थिए, र देशका सबै मानिसहरूले तिनको सम्मानमा आनन्द-उत्सव मनाउँदै र तुरही बजाउँदैगरेका थिए। सबै मानिसहरूचाहिँ रमाहट गर्दैथिए। अनि गायकहरू बाजाका साथमा उत्सवको अगुवाइ गरिरहेका थिए। तब अतल्याहले आफ्ना लुगा च्यातिन् र कराएर भनिन्, “राजविद्रोही! राजविद्रोही!”
14
यहोयादा पूजाहारीले सय-सयका दलका कप्तानहरूलाई यसो भनेर हुकुम गरे, “तिनलाई मन्दिरको बाहिर ल्याओ, र तिनको पछि लाग्ने हरेकलाई समेत तरवारले मार। तिनलाई परमप्रभुको मन्दिरमा नमार।” किनभने पूजाहारीले भनेका थिए।
15
तब तिनीहरूले तिनलाई समाते, र राजमहलको अगि लगेर त्यहीँ नै अश्व ढोकाको छेड़ोमा मारे।
16
त्यसपछि यहोयादाले आफै र जम्मै मानिसहरू र राजा परमप्रभुको प्रजा हुनुपर्छ भनी करार बाँधे।
17
अनि सबै मानिसहरू बालको मन्दिरभित्र गएर त्यो भत्काए। तिनीहरूले त्यसका वेदीहरू र मूर्तिहरूलाई टुक्रा-टुक्रा पारे, र बालको पूजाहारी मत्तानलाई वेदीहरूका अगि मारे।
18
तब यहोयादाले परमप्रभुका मन्दिरको हेर-विचार गर्ने जिम्मा पूजाहारीहरूका हातमा दिए, जो लेवीहरू थिए। आफ्नो समयदेखि नै स्तुतिगान गर्दै र आनन्द मनाउँदै मोशाको व्यवस्थामा तोकिएबमोजिम परमप्रभुको निम्ति होमबलि चढ़ाउन र परमप्रभुको मन्दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए।
19
कुनै किसिमले अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्न नदिनलाई तिनले परमप्रभुको मन्दिरका मूल ढोकाहरूमा द्वारपालहरू राखिदिए।
20
तब तिनले शतपतिहरू, भारदारहरू, मानिसका शासकहरू र देशका सारा मानिसहरूलाई लिएर राजालाई परमप्रभुको मन्दिरबाट ल्याए। तिनीहरू माथिल्लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले।
21
सारा मानिसहरू आनन्दित भए, र सहरमा शान्ति भयो, किनभने अतल्याह तरवारले मारिएकी थिइन्।
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36