bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Chronicles 30
2 Chronicles 30
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 31 →
1
हिजकियाले यरूशलेममा परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड़ परमप्रभुको मन्दिरमा मान्न आऊन् भनी निम्तो दिएर सबै इस्राएल र यहूदाकहाँ समाचार पठाए, अनि एफ्राइम र मनश्शेलाई पनि चिट्ठीहरू पठाए।
2
राजा, तिनका अधिकारीहरू र यरूशलेममा भेला भएका सबै समुदाय दोस्रो महिनामा निस्तार-चाड़ मनाउन सहमत भएका थिए।
3
तिनीहरूले विधिअनुसार ठीक समयमा मनाउन सकेका थिएनन्, किनभने पर्याप्त पूजाहारीहरूले आफू-आफूलाई शुद्ध गरेका थिएनन्, र मानिसहरू पनि यरूशलेममा भेला भएका थिएनन्।
4
यो प्रस्ताव राजा र सारा समुदायलाई असल लाग्यो।
5
तब तिनीहरूले बेर्शेबादेखि दानसम्मै सारा इस्राएलभरि यस्तो घोषणा गर्ने निश्चय गरे, कि परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड़ मान्न मानिसहरू यरूशलेममा आउनैपर्छ। यसको अघि तोकिएको विधिबमोजिम यति धेरैले यो चाड़ मानेका थिएनन्।
6
हिजकियाको हुकुमअनुसार राजा र तिनका अधिकारीहरूबाट यस्तो घोषणा-पत्र लिएर समाचारवाहकहरू सारा इस्राएल र यहूदाभरि गए: “हे इस्राएलका मानिस हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्वरतिर तिमीहरू फर्क, र अश्शूरका राजाहरूका हातबाट उम्कनेहरूतिर उहाँ पनि फर्कून्।
7
तिमीहरू आफ्ना पुर्खाहरू र तिमीहरूका कुटुम्बहरूजस्तै नहोओ। तिनीहरू त परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरको विरुद्धमा विश्वासघाती भए, र परमप्रभुले तिनीहरूलाई त्रासका पात्र तुल्याउनुभयो। त्यो तिमीहरू आफैले देख्यौ।
8
तिमीहरूका पुर्खाहरूझैँ तिमीहरू पनि हठी नहोओ। तिमीहरू आफू-आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्ति पवित्र पार्नुभएको उहाँको पवित्रस्थानमा प्रवेश गर। परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर, र उहाँको भयानक क्रोध तिमीहरूबाट पर हटोस्।
9
तिमीहरू परमप्रभुतिर फर्क्यौ भने तिमीहरूका कुटुम्बहरू र तिमीहरूका छोराछोरीहरूलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउनेछन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउनेछन्। किनभने परमप्रभु तिमीहरूका परमेश्वर दयालु र करुणामय हुनुहुन्छ। तिमीहरू उहाँतर्फ फर्क्यौ भने उहाँ तिमीहरूबाट फर्कनुहुनेछैन।”
10
तब ती समाचारवाहकहरू एफ्राइम र मनश्शेका देशभरि नै सहर-सहरमा भएर जबूलूनसम्मै गए। तर मानिसहरूले तिनीहरूको गिल्ला र हाँसो गरे।
11
तापनि आशेर, मनश्शे र जबूलूनका कुनै-कुनै मानिसहरू आफैलाई नम्र तुल्याएर यरूशलेममा गए।
12
यसबाहेक राजा र तिनका अधिकारीहरूले परमप्रभुको वचनअनुसार दिएको हुकुम एकमत भई पालन गर्न परमेश्वरको हातले यहूदाका मानिसहरूलाई उक्साए।
13
धेरै मानिसहरू, अर्थात् एउटा साह्रै ठूलो समुदाय दोस्रो महिनामा अखमिरी रोटीको चाड़ मान्न यरूशलेममा भेला भए।
14
तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाए, अनि धूप बाल्ने वेदीहरू पनि हटाइदिए, र तिनलाई किद्रोनको खोल्सामा फ्याँकिदिए।
15
तिनीहरूले दोस्रो महिनाको चौथो दिनमा निस्तार-चाड़को थुमा मारे। पूजाहारीहरू र लेवीहरू साह्रै लज्जित भए। तिनीहरूले आफू-आफूलाई शुद्ध गरे, र परमप्रभुको मन्दिरमा होमबलि ल्याए।
16
तब परमेश्वरका जन मोशाले दिएको व्यवस्थाअनुसार तिनीहरू आ-आफ्नो नियत स्थानमा बसे। लेवीहरूबाट लिएको रगत पूजाहारीहरूले वेदीमा छर्के।
17
तर समुदायका धेरै जनाले आफू-आफूलाई शुद्ध गरेका थिएनन्। यसैकारण परमप्रभुको सामुन्ने आ-आफ्नो थुमा पवित्र गर्न नसक्ने यी अशुद्ध भएका सबैका निम्ति लेवीहरूले निस्तार-चाड़का थुमाहरू मार्नुपर्यो।
18
एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएकाहरूमध्ये धेरै जना विधिपूर्वक शुद्ध भएका थिएनन्। तापनि तिनीहरूले अनियमित रीतिले निस्तार-चाड़ माने। तर हिजकियाले यसो भनेर तिनीहरूका निम्ति प्रार्थना गरे,
19
“पवित्रस्थानका शुद्धीकरणको नियम त्यसले पालन गरेको छैन भने पनि परमप्रभु त्यसका पुर्खाहरूका परमेश्वरलाई खोज्न सङ्कल्प गर्ने हरेकलाई परमप्रभुले क्षमा गरून्।”
20
अनि परमप्रभुले हिजकियाको प्रार्थना सुन्नुभयो, र मानिसहरूलाई निको पार्नुभयो।
21
यरूशलेममा उपस्थित भएका इस्राएलीहरूले सात दिनसम्म ठूलो रमाहटको साथ अखमिरी रोटीको चाड़ मनाए। अनि लेवीहरू र पूजाहारीहरूले नथामीकनै परमप्रभुका बाजाहरूका साथ दिनहुँ खूब जोशसँग परमप्रभुको प्रशंसा गरे।
22
परमप्रभुका सेवाको विषयमा साँचो ज्ञान भएका लेवीहरूलाई हिजकियाले उत्साहको वचनले बोले। यसरी तिनीहरूले चाड़का सात दिन मेलबलिहरू चढ़ाउँदै, परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरको प्रशंसा गर्दै र आ-आफ्नो तोकिएको भाग खाँदै बिताए।
23
सारा समुदाय अरू सात दिनसम्म चाड़ मान्न सहमत भए। यसकारण तिनीहरूले रमाहटसित अरू सात दिन चाड़ मनाए।
24
यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार साँढ़े र सात हजार भेड़ाबाख्रा, अनि अधिकारीहरूले समुदायको निम्ति एक हजार साँढ़े र दश हजार भेड़ाबाख्रा अलग राखिदिएका थिए। पूजाहारीहरूले धेरै संख्यामा आफू-आफूलाई शुद्ध पारे।
25
यहूदाका सारा समुदाय, पूजाहारीहरू र लेवीहरूसमेत, अनि इस्राएलबाट आएका सबै समुदायसाथ इस्राएल र यहूदामा बसोबास गर्ने विदेशीहरूले पनि रमाहट गरे।
26
यरूशलेममा ठूलो रमाहट भयो, किनभने त्यस्तो त इस्राएलका राजा दाऊदका छोरा सोलोमनको पालोदेखि यसो त्यहाँ भएको थिएन।
27
पूजाहारीहरू र लेवीहरू मानिसहरूलाई आशीर्वाद दिन खड़ा भए, अनि परमेश्वरले पुकारा सुन्नुभयो, किनकि तिनीहरूको प्रार्थना स्वर्गमा परमेश्वरको पवित्र वासस्थानसम्मै पुग्यो।
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 31 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36