bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Chronicles 21
2 Chronicles 21
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 22 →
1
त्यसपछि यहोशापात आफ्ना पित्रहरूसित सुते, र तिनीहरूसँग दाऊदको सहरमा गाड़िए।
2
अनि तिनका छोरा यहोराम तिनीपछि राजा भए। यहोरामका भाइहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्याह थिए। यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए।
3
तिनका पिताले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्य थोकहरू अनि यहूदामा सुरक्षित सहरहरू पनि दान दिए। तर राज्यचाहिँ तिनले यहोरामलाई नै दिए, किनभने तिनीचाहिँ जेठा थिए।
4
जब यहोराम आफ्ना पिताको सिंहासनमा सुदृढ़ भए, तब तिनले आफ्ना सबै भाइहरू र इस्राएलका कति जना राजकुमारहरूलाई पनि तरवारले काटेर मारे।
5
तिनी राजगद्दी आरोहण गर्दा बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष राज्य गरे।
6
आहाबको घरानाझैँ तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, किनभने तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए। परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही तिनले गरे।
7
तर दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्छा गर्नुभएन, किनभने दाऊद र तिनका छोराहरूलाई सधैँ प्रकाश दिइरहने एउटा बत्ती दिन्छु भनी उहाँले प्रतिज्ञा गर्नुभएको थियो।
8
यहोरामको समयमा एदोम यहूदाको विरुद्धमा बागी भएर आफ्नै राजा खड़ा गरे।
9
यसैले यहोराम आफ्ना अधिकृतहरू र सबै रथहरूका साथमा एदोमतिर बढ़े। एदोमीहरूले तिनी र तिनका रथका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राती नै भागे।
10
एदोम आजको दिनसम्मै यहूदाको विरुद्धमा बागी भएको छ। त्यसै बेला लिब्नाले पनि विद्रोह गरे, किनभने यहोरामले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए।
11
तिनले यहूदाका पहाड़ी देशमा अल्गा-अल्गा थानहरू बनाए, र तिनले यरूशलेमका बासिन्दाहरूलाई मूर्तिपूजा (वेश्यावृत्ति) गर्न लगाई वेश्यासमानमा पारे र यहूदालाई कुपथतिर ढल्काए।
12
यहोरामले एलिया अगमवक्ताबाट एउटा पत्र पाए। त्यसमा त्यो कुरो लेखिएको थियो: “तपाईंका पुर्खा दाऊदका परमप्रभु यसो भन्नुहुन्छ: ‘तेरा पिता यहोशापात र यहूदाका राजा आसाका चालमा तँ हिँड़िनस्।
13
तर आहाबको घरानाले गरेझैँ इस्राएलका राजाहरूका चालमा हिँड़ेर तैंले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई मूर्तिपूजा (वेश्यावृत्ति) गर्न लगाई वेश्यासमानमा पारिस्। अनि तेरा पिताका परिवारका छोराहरू, अर्थात् आफ्नै भाइहरूलाई तैंले मारिस्। तिनीहरू तँभन्दा असल मानिसहरू थिए।
14
ती सबै गरेकोले गर्दा परमप्रभुले तेरा प्रजा, तेरा छोराहरू, तेरा पत्नीहरू र तेरा सबै धन-सम्पत्तिमाथि प्रहार गर्न लाग्नुभएको छ।
15
तँ आफैचाहिँ निको नहुने आन्द्रा-भुँड़ीको रोगले ग्रस्त हुनेछस्, र त्यस रोगले गर्दा तेरा आन्द्रा-भुँड़ी बाहिर निस्केर आउनेछन्’।”
16
परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूनेर बस्ने पलिश्ती र अरबीहरूलाई उक्साउनुभयो। उनीहरूले यहूदालाई आक्रमण गरेर त्यसको भित्रसम्मै छिरिगए।
17
सबै धन-सम्पत्ति जो उनीहरूले राजाको महलमा फेला पारे, तिनका छोराहरू र पत्नीहरूलाई समेत लगे। कान्छा छोरा अहज्याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन।
18
यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने आन्द्रा-भुँड़ीको रोगले ग्रस्त पार्नुभयो।
19
त्यस रोगले तिनलाई केही समयसम्म सताइरह्यो। अनि दोस्रो वर्षको अन्तमा त्यही रोगले तिनका आन्द्रा-भुँड़ी निस्केर आए, र साह्रै दु:ख सहेर तिनी मरे। तिनका प्रजाले तिनका पुर्खाहरूका निम्ति गरेझैँ तिनको सम्मानमा आगो जलाएनन्।
20
तिनी राजगद्दी आरोहण गर्दा बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। तिनको मृत्युमा कसैले शोक प्रकट गरेन। र तिनी दाऊदको सहरमा गाड़िए, तर राजाहरूका चिहानमा होइन।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36