bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Chronicles 35
2 Chronicles 35
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 34
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 36 →
1
योशियाहले परमप्रभुको निम्ति यरूशलेममा निस्तार-चाड़ मनाए। पहिलो महिनाको चौधौँ दिनमा निस्तार-चाड़को थुमा मारियो।
2
तिनले पूजाहारीहरूलाई आ-आफ्नो काममा नियुक्त गरिदिए, अनि परमप्रभुका मन्दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्साहन दिए।
3
तिनले परमप्रभुमा समर्पित भएका सारा इस्राएललाई सिकाउने लेवीहरूलाई भने, “इस्राएलका राजा दाऊदका छोरा सोलोमनले निर्माण गरेको मन्दिरमा पवित्र सन्दूक राख। त्यो तिमीहरूले बोकिहिँड्नुहुँदैन।
4
अब त परमप्रभु तिमीहरूका परमेश्वर र उहाँको प्रजा इस्राएलको सेवा गर। इस्राएलका राजा दाऊद र तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै तिमीहरूका दल-दलअनुसार परिवार-परिवार गरी तयार होओ।
5
“लेवीहरूको एक भाग तिमीहरूका दाजुभाइहरू, अर्थात् साधारण मानिसका परिवारहरूका दल-दलका प्रतिनिधि भई पवित्र स्थानमा खड़ा होओ।
6
निस्तार-चाड़को थुमा मार। तिमीहरू आफू-आफूलाई शुद्ध गर, र मोशाद्वारा परमप्रभुले दिनुभएको वचन पालन गरेर तिमीहरूका दाजुभाइहरूका निम्ति थुमाहरू तयार पार।
7
योशियाहले निस्तार-चाड़को निम्ति त्यहाँ उपस्थित भएका सर्वसाधारणका लागि तीन हजार साँढ़े र तीस हजार भेड़ाबाख्रा दान दिए। यी सबै राजाले आफ्नै आमदानीबाट दिए।
8
तिनका अधिकारीहरूले पनि मानिसहरू, पूजाहारीहरू र लेवीहरूका निम्ति राजीखुशी दान दिए। परमप्रभुको मन्दिरका प्रशासन गर्ने, हिल्कियाह, जकरिया र यहीएलले पूजाहारीहरूलाई निस्तार-चाड़को निम्ति दुई हजार छ सय ससाना पशुहरू र तीन सय साँढ़े दिए।
9
अनि लेवीहरूलाई चाहिँ कोनन्याह र तिनका भाइहरू शमायाह र नतनेल, अनि लेवीहरूका नायकहरू हशब्याह, यहीएल र योजाबादले पाँच हजार ससाना पशुहरू र पाँच सय साँढ़ेहरू दिए।
10
सेवाको बन्दोबस्त भइसकिएपछि पूजाहारीहरू आ-आफ्नो स्थानमा अनि लेवीहरूचाहिँ आ-आफ्नो दलअनुसार राजाको हुकुमबमोजिम खड़ा भए।
11
तब तिनीहरूले निस्तार-चाड़का थुमाहरू मारे, अनि पूजाहारीहरूले वेदीमा रगत छर्के, र लेवीहरूले चाहिँ ती पशुहरूका छाला काढ़े।
12
तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम मानिसका परिवारहरूका दल-दललाई परमप्रभुमा चढ़ाउन होमबलिहरूचाहिँ अलग गरेर दिए, अनि साँढ़ेहरूलाई पनि त्यसै गरे।
13
तिनीहरूले विधिअनुसार निस्तारका पशुको मासु आगोमा पोले, र पवित्र भेटीचाहिँ खड्कुँला, तसला र कराहीमा उसिने, अनि ती सबै मानिसहरूलाई चाँड़ो-चाँड़ो गरी बाँड़े।
14
त्यसपछि हारूनका वंशका पूजाहारीहरू साँझसम्मै होमबलि र बोसो चढ़ाउनमा व्यस्त हुनाले तिनीहरूले आफ्ना निम्ति र पूजाहारीहरूका निम्ति यथोचित तयारी गरे। यसरी लेवीहरूले आफ्ना लागि र हारूनको वंशका पूजाहारीहरूका निम्ति यथोचित तयारी गरे।
15
आसापका सन्तानहरू, अर्थात् गवैयाहरूचाहिँ दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतूनले तोकेको नियमबमोजिम आ-आफ्नो स्थान लिए। आफ्ना कुटुम्ब लेवीहरूले तिनीहरूका निम्ति तयारी गरेका हुनाले हरेक मूल ढोकाका द्वारपालहरूले आ-आफ्नो काम छोड्नुपरेन।
16
यस किसिमले योशियाह राजाको हुकुमअनुसार निस्तार-चाड़ मान्न र परमप्रभुको वेदीमा होमबलि चढ़ाउनका निम्ति परमप्रभुको पूरा सेवा त्यस बेला गरियो।
17
उपस्थित भएका इस्राएलीहरूले त्यस बेला निस्तार-चाड़ मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड़ मनाए।
18
शमूएल अगमवक्ताको समयदेखि यसो यस प्रकारले निस्तार-चाड़ इस्राएलमा कहिल्यै मनाइएको थिएन। पूजाहारीहरू, लेवीहरू र यरूशलेमका बासिन्दाहरूसँग उपस्थित भएका सबै यहूदा र इस्राएलका साथमा योशियाहले मानेझैँ इस्राएलका अरू कुनै राजाहरूले कहिल्यै यस्तो किसिमले निस्तार-चाड़ मानेका थिएनन्।
19
योशियाहका राजकालको अठारौँ वर्षमा यो निस्तार-चाड़ मनाइएको थियो।
20
योशियाहले यसरी मन्दिरका सबै कामहरू मिलाइसकेपछि मिश्रदेशका राजा नेको यूफ्रेटिस नदीको किनारको कर्कमीश सहरमाथि आक्रमण गर्न निस्के, र योशियाह उनको सामना गर्न गए।
21
तर नेकोले यसो भनेर तिनीकहाँ राजदूतहरू पठाए, “हे यहूदाका राजा, तपाईं र मेरो बीचमा के झगड़ा छ? आज मेरो तपाईंसित केही झगड़ा छैन, तर तिनीहरूसित मात्र छ जोसँग म युद्ध गरिरहेछु। मलाई चाँड़ो जानू भनी परमेश्वरको आज्ञा छ। यसकारण परमेश्वरको विरुद्धमा खड़ा नहुनुहोस्, जो मतर्फ हुनुहुन्छ, नत्रता उहाँले तपाईंलाई नाश गर्नुहुनेछ।”
22
तापनि योशियाह आफ्नो अभिप्रायबाट हट्न मानेनन्, तर नेकोसँग लड़ाइँ गर्न तिनले भेष धारण गरे। परमेश्वरको आज्ञाद्वारा नेकोको वचन सुन्न तिनले इन्कार गरे, र मगिद्दोको बेँसीमा लड़ाइँ गर्न तिनी झट्टै गए।
23
तब धनुर्धारीहरूले योशियाह राजालाई हाने, अनि तिनले आफ्ना अङ्गरक्षकहरूलाई भने, “मलाई रणभूमिबाट बाहिर लग, किनकि मलाई साह्रै चोट लाग्यो।”
24
यसैले तिनीहरूले तिनलाई आफ्नो रथबाट उठाएर तिनको दोस्रो रथमा चढ़ाएर यरूशलेममा ल्याए। अनि तिनी त्यहीँ नै मरे, र तिनका पित्रहरूका चिहानहरूमा तिनी गाड़िए। अनि सारा यहूदा र यरूशलेमले तिनको निम्ति शोक मनाए।
25
यर्मियाले पनि योशियाहको निम्ति विलापका गीतहरू रचे। गवैयाहरू, पुरुष र स्त्री दुवैले आजको दिनसम्म यी विलापका गीतहरूमा योशियाहको स्मरण गर्दछन्। यी विलापका गीतहरू इस्राएलमा एउटा परम्परा भएका छन्, अनि विलापको पुस्तकमा यी पाइन्छन्।
26
योशियाहको राजकालका अरू घटनाहरू, अनि परमप्रभुको व्यवस्थामा लेखिएअनुसार
27
तिनले गरेका भक्तिका कामहरू सुरुदेखि अन्त्यसम्मै इस्राएल र यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
← Chapter 34
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 36 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36