bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Samuel 1
2 Samuel 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 2 →
1
अमालेकीहरूमाथिको विजयपछि दाऊद फर्के र तिनले दुई दिन सिक्लगमा बिताए।
2
शाऊलका मृत्युको तेस्रो दिन आफ्नो लुगा च्यातेको र टाउकोमा धूलो हालेको एक जना मान्छे शाऊलको शिविरबाट आयो। जब त्यो दाऊदको सामु आइपुग्यो, त्यसले भूइँमा घोप्टो परेर दाऊदलाई दण्डवत् गर्यो।
3
दाऊदले त्यसलाई सोधे, “तँ कहाँबाट आएको होस्?” त्यसले भन्यो, “म इस्राएलको शिविरबाट उम्केर आएको हुँ।”
4
अनि दाऊदले त्यसलाई फेरि सोधे, “समाचार के छ त?” “मलाई भन्।” त्यसले भन्यो, “सेना रणभूमिबाट खेदियो, र लड़ाइँमा धेरै जना मारिए। शाऊल र उनका छोरा जोनाथन पनि मारिए।”
5
दाऊदले समाचार ल्याउने त्यस जवान मानिसलाई सोधे, “शाऊल र जोनाथन मारिए भनी तैंले कसरी जानिस्?”
6
त्यस मानिसले भन्यो, “म गिल्बो डाँड़ामा थिएँ, अनि शाऊल आफ्नो भालामाथि झुकेका मैले देखें। अनि रथहरू र घोड़चढ़ीहरू उनको ठीक पछि मात्र थिए।
7
पछि फर्केर हेर्दा उनले मलाई देखे, र मलाई बोलाए। मैले भनें, ‘हजूर, के हो?’
8
“उनले मलाई ‘तँ को होस्?’ भनी सोधे। मैले ‘म एक अमालेकी हुँ’ भनें।
9
“तब उनले मलाई भने, ‘मेरो छेउमा आएर मलाई खतम गर्। म जिउँदै छु, तरै पनि मृत्युको मुखैमा पुगिसकेको छु’।
10
“यसैले म उनको छेउमा गएँ, र मैले उनलाई मारें। किनकि उनी यति साह्रो गलिसकेका थिए कि उनी बाँच्दैनन् भनी मलाई थाहा थियो। तब मैले उनको शिरबाट शिरपेच र पाखुराबाट बाजू लिएँ, र ती यहाँ हजूरकहाँ ल्याएको छु।”
11
यो कुरा सुनेर दाऊदले आफ्नो लुगा च्याते, अनि तिनीसँग भएका सबै मानिसहरूले पनि त्यसै गरे।
12
अनि शाऊल, उनका छोरा जोनाथन, र परमप्रभुको सेना र इस्राएलका घराना लड़ाइँमा मारिएका हुनाले तिनीहरू छाती पिटी पिटीकन रोए, र साँझसम्मै उपवास बसे।
13
तब दाऊदले समाचार ल्याउने त्यस जवान मानिसलाई भने, “तँ कहाँबाट आएको होस्?” त्यसले जवाफ दियो, “म एक विदेशीको छोरो, एक अमालेकी हुँ।”
14
दाऊदले भने, “परमप्रभुका अभिषिक्त जनलाई मार्न भनी हात उठाउनु के तँलाई डर लागेन?”
15
तब तिनले आफ्ना मानिसहरूमध्येको एक जनालाई त्यस मानिसलाई प्रहार गर्ने हुकुम गरे। यसैले त्यस मानिसले त्यसलाई हिर्काएर मार्यो।
16
किनकि दाऊदले त्यसलाई यसो भनेका थिए, “तेरो रगत तेरै शिरमाथि परोस्। जब तैंले भनिस्, ‘मैले परमप्रभुका अभिषिक्त जनलाई मारें,’ तब आफ्नै मुखले तैंले आफैलाई दोषी ठहराइस्।”
17
त्यसपछि शाऊल र उनका छोरा जोनाथनका निम्ति दाऊदले यसरी विलाप गरे,
18
अनि यो विलापको गीत यहूदाका मानिसहरूलाई सिकाउनू भनी हुकुम गरे। याशारको पुस्तकमा यो गीत लेखिएको छ:
19
“हे इस्राएल, तिम्रो महिमा डाँड़ाहरूमा मरी ढलेको छ। महावीरहरू कसरी ढले!
20
“गातमा यो कुरा नसुनाऊ, अश्कलोनका सड़कहरूमा यो कुरा प्रचार नगर, नत्रता पलिश्तीका छोरीहरू रमाउनेछन्, नत्रता खतना नभएकाहरूका छोरीहरू हर्षित हुनेछन्।
21
“हे गिल्बोका डाँड़ाहरू हो, तिमीहरूमाथि शीत कि पानी नपरोस्, न त तिमीहरूमा अन्न दिने खेत नै होऊन्। किनभने योद्धाको ढाल त्यहाँ अशुद्ध भयो, शाऊलको ढाल तेलविनै निस्तेज भयो।
22
शत्रुको छातीबाट, मारिएकाहरूको रगतबाट जोनाथनको धनु कहिल्यै पछि फर्केन। शाऊलको तरवार म्यानमा कहिल्यै रित्तै फर्केन।
23
“शाऊल र जोनाथन जीवित हुँदा मनपर्दा र मयालु थिए। मृत्युमा पनि उनीहरू अलग भएनन्। उनीहरू गरुडहरूभन्दा पनि तीव्र थिए, सिंहहरूभन्दा पनि बलिया थिए।
24
“हे इस्राएलका छोरी हो, शाऊलको निम्ति रोओ। जसले तिमीहरूलाई राता-राता दामी बुट्टादार लुगाहरूले पहिराउँथे, जसले तिमीहरूका लुगाहरू सुनका गहनाहरूले चहकिला पार्थे।
25
“महावीरहरू रणभूमिमा कसरी ढले! जोनाथन तिमीहरूका डाँड़ामा मरी ढलेका छन्।
26
हे जोनाथन, मेरा भाइ, तिम्रो निम्ति म विलाप गर्दछु। तिमी मेरो निम्ति प्रिय र मनपर्दा थियौ। मप्रतिको तिम्रो प्रेम अचम्मको थियो, स्त्रीको प्रेमलाई जित्ने।
27
“महावीरहरू कसरी ढले! युद्धका हतियारहरू नष्ट भए।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24