bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Samuel 7
2 Samuel 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 8 →
1
दाऊदले आफैलाई आफ्नो महलमा सुरक्षित पारेपछि, र तिनका चारैतिरका शत्रुहरूबाट परमप्रभुले तिनलाई विश्राम दिनुभएपछि,
2
तिनले नातान अगमवक्तालाई भने, “म त देवदारुले बनाएको महलमा बस्दैछु, तर परमप्रभुको सन्दूक भने पालमा राखिएको छ।”
3
नातानले राजालाई जवाफ दिए, “ठीक छ, तपाईंको मनमा जे छ सोही गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्छ।”
4
त्यही रात परमप्रभुको यो वचन नातानकहाँ आयो:
5
“गएर मेरो दास दाऊदलाई भन्, ‘परमप्रभु भन्नुहुन्छ: के मेरो निम्ति तैंले नै एउटा घर बनाउनेछस् र?
6
इस्राएललाई मिश्रदेशबाट ल्याएको दिनदेखि आजको दिनसम्म म कहिल्यै कुनै घरमा बसेको छैनँ। जहाँ-जहाँ बसे पनि म पालमा नै बस्दैआएको छु।
7
म इस्राएलसँग जहाँ पनि यात्रा गरें, के मैले मेरो प्रजा इस्राएलका गोठालाहरूमध्ये कुनै शासकलाई “मेरो निम्ति देवदारुको घर किन बनाइनस्?” भनेर सोधें र?’
8
“यसैले मेरो दास दाऊदलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ: मैले तँलाई मेरो प्रजा इस्राएलको गोठालो हुनलाई खर्कबाट र भेड़ाहरूका पछिपछि लाग्नबाट बोलाएँ।
9
जहाँ-जहाँ तँ गइस् म तँसँग रहें, र तेरा सबै शत्रुलाई तेरो बाटोदेखि नाश गरिदिएँ। अब पृथ्वीका प्रतिष्ठित व्यक्तिहरूका बीचमा म तेरो नाउँ महान् बनाउनेछु।
10
म मेरो प्रजा इस्राएलको निम्ति एउटा स्थान नियुक्त गर्नेछु, र तिनीहरूका आफ्नै एउटा वासस्थान हुनेछ र तिनीहरूलाई कसैले फेरि कहिल्यै सताउनेछैन। सुरु-सुरुमा गरेझैँ,
11
अनि मेरो प्रजा इस्राएलमाथि न्यायकर्ताहरू नियुक्त गरेको समयदेखि यसो, तिनीहरूलाई दुष्ट मानिसहरूले अत्याचार गर्नेछैनन्। म तँलाई तेरा सबै शत्रुहरूदेखि विश्राम पनि दिनेछु। “‘परमप्रभुले तेरो राजघराना स्थापना गर्नुहुनेछ भनी परमप्रभुले तँलाई भन्नुभएको छ।
12
जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पित्रहरूसँग विश्राम गर्नेछस्, तब म तेरै सन्तानमध्येबाट, तेरै शरीरबाट एक जना, तेरो उत्तराधिकारी हुनलाई उठाउनेछु, र त्यसको राज्य स्थिर गराउनेछु।
13
त्यसले नै मेरो नाउँको निम्ति एउटा भवन बनाउनेछ, र म त्यसको राजकीय सिंहासन सधैँको निम्ति स्थिर गर्नेछु।
14
म त्यसका पिता हुनेछु, र त्यो मेरो छोरो हुनेछ। त्यसले अधर्म गर्यो भने, मानिसको लट्ठीले म त्यसलाई सजाय दिनेछु, र मानिसहरूद्वारा त्यसलाई कोर्राबाजीको प्रहार गर्नेछु।
15
तर मैले मेरो प्रेम शाऊलबाट हटाएझैँ, जसलाई मैले तेरो बाटोदेखि पन्छाएँ, म मेरो प्रेम त्यसदेखि कहिल्यै हटाउनेछैनँ।
16
तेरो घराना र तेरो राज्य मेरो सामुन्ने सधैँभरि रहिरहनेछ, र तेरो सिंहासन सदासर्वदाको लागि स्थिर हुनेछ’।”
17
आफूलाई दर्शनमा भनिएका सबै कुरा नातानले दाऊदलाई सुनाइदिए।
18
तब दाऊद राजा परमप्रभुको उपस्थितिमा हाजिर भए, र त्यहाँ बसेर भने: “हे परमप्रभु परमेश्वर, म को हुँ, मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्म ल्याउनुभयो?
19
यो सबैचाहिँ तपाईंको दृष्टिमा एउटा सानो विषयजस्तो ठानेर तपाईंले त आफ्नो दासलाई त्यसको घरानाको भविष्य नै बताइदिनुभयो। हे परमप्रभु परमेश्वर, के यो सब तपाईंले सधैँ नै गर्ने व्यवहार हो र?
20
“अनि अब दाऊद अरू बढ्ता के भन्न सक्छ र? किनभने तपाईंले आफ्नो दासलाई राम्ररी चिन्नुहुन्छ, हे परमप्रभु परमेश्वर!
21
तपाईंका वचनको खातिर र आफ्नो इच्छाअनुसार नै तपाईंले यो महान् काम गर्नुभएको छ र आफ्नो दासलाई यो बताउनुभएको छ।
22
“हे परमप्रभु परमेश्वर, तपाईं साँच्चै महान् हुनुहुन्छ। तपाईंजस्तै अरू कसैको विषयमा हामीले कहिल्यै सुनेका छैनौं। तपाईंबाहेक अरू ईश्वर छैन।
23
अनि तपाईंको आफ्नै जाति इस्राएलजस्तो अरू को छ? पृथ्वीको एउटा त्यस जातिलाई परमेश्वरले नै आफ्नो निम्ति छुटकारा दिनुभयो, जसद्वारा तपाईंले आफ्नो नाउँ फैलाउनुभयो र मिश्रबाट छुट्ट्याउनुभएको आफ्नो प्रजाको बाटोदेखि अरू जातिहरू र उनीहरूका देवदेवताहरूलाई धपाइदिनुभई महान् डरलाग्दा र उदेकका कार्यहरू गर्नुभयो।
24
तपाईंले आफ्नै प्रजा इस्राएललाई सदासर्वदाको निम्ति आफ्नै तुल्याउनलाई स्थिर गर्नुभएको छ, अनि हे परमप्रभु, तपाईं तिनीहरूका परमेश्वर हुनुभएको छ।
25
अब हे परमप्रभु परमेश्वर, आफ्नो दास र त्यसको घरानासित गर्नुभएको प्रतिज्ञाअनुसार सधैँभरि गर्नुहोस्। तपाईंले भन्नुभएजस्तै गर्नुहोस्,
26
ताकि तपाईंको ख्याति सदासर्वदै महान् होस्, र मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु इस्राएलमाथि परमेश्वर हुनुहुन्छ।’ अनि आफ्नो दास दाऊदको घराना तपाईंको सामु स्थिर भइरहनेछ।
27
“हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर, तपाईंले आफ्नो दासलाई, मलाई, यसो भनेर आफ्नो अभिप्राय देखाउनुभयो, ‘म तेरो निम्ति एउटा घरानाको निर्माण गर्नेछु’। यसैकारण साहससँग म तपाईंकहाँ यो प्रार्थना चढ़ाइरहेछु।
28
हे परमप्रभु परमेश्वर, तपाईं परमेश्वर हुनुहुन्छ। तपाईंका वचन विश्वासयोग्य छन्, अनि तपाईंले आफ्नो दाससँग यी उत्तम प्रतिज्ञाहरू गर्नुभएको छ।
29
यसैले अब आफ्नो दासको घरानालाई आशिष् दिनुहोस्, र त्यो तपाईंको नजर अगि रहिरहोस्। किनकि हे परमप्रभु परमेश्वर, तपाईंले बोल्नुभएको छ, र तपाईंका आशिष्द्वारा नै तपाईंको दासको घरानाले सदासर्वदाको आशिष् पाउनेछ।”
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24