bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Samuel 2
2 Samuel 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 3 →
1
त्यसपछि दाऊदले परमप्रभुलाई यसो भनेर सोधे, “के म यहूदाको कुनै एउटा सहरमा जाऊँ?” परमप्रभुले जवाफ दिनुभयो, “उक्लिजाऊ।” दाऊदले सोधे, “कुनचाहिँ सहरमा?” अनि यस्तो जवाफ आयो, “हेब्रोनमा।”
2
यसैले दाऊद आफ्ना दुई पत्नीहरू, यिजरेली अहीनोम र कर्मेलका नाबालकी विधवा अबीगेलको साथमा त्यहाँ गए।
3
आफूसँग लागेका मानिसहरूलाई पनि तिनीहरूका जहानैसमेत दाऊदले ल्याए, र तिनीहरू हेब्रोन र त्यसका सहरहरूमा बसोबास गरे।
4
अनि यहूदाका मानिसहरू आएर दाऊदलाई त्यहाँ यहूदाका घरानामाथि राजा अभिषेक गरे। याबेश-गिलादका मानिसहरूले शाऊललाई गाड़ेका थिए भनेर दाऊदलाई सुनाइयो।
5
तब तिनले तिनीहरूलाई यो समाचार पठाए, “तिमीहरूले आफ्ना स्वामी शाऊलप्रति देखाएको भक्ति र उहाँलाई गाड़ेकामा परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्।
6
यसको निम्ति परमप्रभुले तिमीहरूप्रति आफ्नो दृढ़ प्रेम र विश्वसनीयता देखाऊन्, अनि तिमीहरूले यो काम गरेका हुनाले म पनि आफ्नो तर्फबाट तिमीहरूमाथि उही निगाह राख्नेछु।
7
बलिया र आँटिला होओ, किनभने तिमीहरूका स्वामी शाऊलको मृत्यु भएको छ, र यहूदाका मानिसहरूले मलाई आफ्ना राजा अभिषेक गरेका छन्।”
8
यसै बीचमा शाऊलका सेनापति नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई यर्दनवारि महनोममा ल्याए,
9
अनि गिलाद, अशुरी, यिजरेल, एफ्राइम र बेन्यामीन र सारा इस्राएलमाथि तिनलाई राजा तुल्याए।
10
इस्राएलका राजा हुँदा ईश्बोशेत चालीस वर्षका थिए, र तिनले दुई वर्षसम्म राज्य गरे। तापनि यहूदाको घरानाचाहिँ दाऊदकै पछि लाग्यो।
11
हेब्रोनमा यहूदाको घरानामाथि दाऊदले साढ़े सात वर्षसम्म राज्य गरे।
12
नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतको फौज लिएर महनोमबाट गिबोनमा धावा गरे।
13
अनि सरूयाहका छोरा योआबले दाऊदका फौजको साथमा हेब्रोनबाट धावा गरे। तिनीहरूले एक-अर्कालाई गिबोनको पोखरीनेर भेटे, र एउटाले पोखरीको वारि र अर्काले पोखरीको पारि हमलाको लागि मोर्चा बाँधे।
14
अबनेरले योआबलाई भने, “तिम्रा र मेरा जवान मानिसहरूमध्येका कोही आएर हाम्रो सामुन्ने एक-एक जना गरी लडून्।” योआबले जवाफ दिए, “हुन्छ, तिनीहरूले त्यसै गरून्।”
15
यसैकारण तिनीहरू आए, र बेन्यामीन र शाऊलका छोरा ईश्बोशेतका तर्फका बाह्र जना र दाऊदतर्फका बाह्र जना एक-एक जना गरी आफ्नो स्थानमा खड़ा भए।
16
तब तिनीहरू हरेकले आ-आफ्नो विरोधीको टाउको समातेर कोखामा छुरी रोपिदियो। यसरी तिनीहरू एकसाथ ढले। यसैकारण गिबोनको त्यस ठाउँलाई हेल्कत-हज्जुरीम भनियो।
17
त्यस दिन घमासान युद्ध भयो, अनि अबनेर र इस्राएलका मानिसहरू दाऊदका फौजको सामु हारे।
18
सरूयाहका तीनै भाइ छोराहरू, योआब, अबीशै र असाहेल त्यहाँ थिए। असाहेल मैदानमा कुद्ने हरिण जत्तिकै छिटा थिए,
19
र तिनी दाहिने-देब्रे कतै पनि नफर्की सीधै अबनेरको पछि खेद्दैगए।
20
तब अबनेरले पछि फर्केर सोधे, “हे असाहेल, के तिमी नै हौ?” “हो” भनी तिनले जवाफ दिए।
21
अबनेरले भने, “दाहिने कि देब्रेतिर लागेर जवानहरूमध्येका एक जनालाई पक्रेर त्यसलाई लुट।” तर असाहेलले उनलाई खेद्न छोड़ेनन्।
22
अबनेरले फेरि “मलाई खेद्न छोड़िदेऊ” भनी चेताउनी दिए। उनले भने, “मैले तिमीलाई कसरी मार्नु? तिम्रा दाजु योआबलाई मैले कसरी मुख देखाउनु?”
23
तर जब असाहेल अन्यत्र लाग्न मानेनन्, तब अबनेरले आफ्नो भाला पछिल्तिर हानेर तिनको भुँड़ीमा रोपिदिए, र भाला तिनको पछिल्तिर निस्क्यो, र तिनी बाटैमा ढलेर मरे। असाहेल मरेर लोटेको ठाउँमा आइपुग्ने सबै जना त्यहीँ नै अड़िए।
24
तर सूर्य अस्ताउँदा तिनीहरू गिबोनका खर्कको बाटोमा गीहनेरको अम्मा डाँड़ामा नआइपुगुञ्जेल योआब र अबीशैले चाहिँ अबनेरलाई खेदी नै रहे।
25
बेन्यामीनीहरू अबनेरतर्फ जम्मा भए, र एउटै दल भएर एउटा डाँड़ाको टाकुरामा युद्धको लागि तयार भए।
26
अबनेरले कराएर योआबलाई भने, “के मारकाट गरिरहने? त्यसको परिणाम आखिरमा तीतो हुन्छ भनी तिमी देख्न सक्दैनौ? आफ्ना भाइबन्धुहरूलाई खेद्न छोड़िदिनू भनी के तिमी आफ्ना मानिसहरूलाई फर्काउँदैनौ?”
27
योआबले जवाफ दिए, “जीवित परमेश्वरको नाउँमा म भन्दछु, कि तिमीले नभनेका भए मानिसहरूले बिहानसम्म पनि आफ्ना भाइबन्धुहरूलाई खेद्न छोड्नेथिएनन्।”
28
तब योआबले तुरही फुके, र सबै मानिसहरूले इस्राएलीहरूलाई खेद्न छोड़िदिए, अनि युद्ध थामियो।
29
अबनेर र उनका मानिसहरू रातभरि अराबाबाट हिँड़ेर यर्दन पार गरे, र बिहानभरि हिँड़ेर महनोममा आइपुगे।
30
जब योआब अबनेरलाई खेद्न छोड़ेर आए, तब तिनले आफ्नो फौजलाई भेला गरे, र असाहेलबाहेक दाऊदका उन्नाईस जना मानिसहरू कम भेट्टाइए।
31
तर दाऊदका फौजले अबनेरका पछि लाग्ने बेन्यामीनीहरूका तीन सय साठी जनालाई मारेका थिए।
32
तिनीहरूले असाहेललाई बोकेर लगे, र बेथलेहेममा तिनका बुबाको चिहानमा गाड़े। त्यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँड़ेर मिरमिरे उज्यालोमा हेब्रोनमा पुगे।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24