bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Samuel 12
2 Samuel 12
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 13 →
1
परमप्रभुले नातान अगमवक्तालाई दाऊदकहाँ पठाउनुभयो, र तिनी दाऊदको उपस्थितिमा हाजिर भएर तिनले भने, “एक पल्ट एउटा सहरमा दुई जना मानिस थिए, एक जना धनी र अर्कोचाहिँ गरीब।
2
धनी मानिसका धेरै भेड़ाबाख्राका बगाल र गाई-गोरुका बथान थिए,
3
तर त्यो गरीब मानिसको आफूले किनेको एउटा सानो पाठीबाहेक आफ्नो भन्ने केही थिएन। उसले त्यसलाई आफैले पालनपोषण गर्यो, र आफ्नै घरमा आफ्नै छोराछोरीसँग त्यो हुर्क्यो। त्यसले उसकै थालमा खान्थ्यो, र उसकै कचौरामा पिउँथ्यो, र उसकै काखमा सुत्दथ्यो। त्यसलाई उसले आफ्नो छोरीलाई जस्तै गर्थ्यो।
4
“एक दिन एउटा परदेशी त्यस धनी मानिसको घरमा आयो, अनि त्यस धनी मानिसले पाहुनालाई आफ्नै बगाल र बथानबाट केही दिने मन गरेन, तर त्यस गरीब मानिसको पाठी ल्याएर त्यस पाहुनाको निम्ति भोजन तयार गर्यो।”
5
दाऊदलाई त्यस कुराले साह्रै रीस उठ्यो, र तिनले कराएर भने, “जीवित परमप्रभुको नाउँमा म भन्दछु, कि यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ!
6
त्यसले दयामाया नगरेर यस्तो काम गरेबापत त्यस पाठीको साटो चार गुणा तिर्नुपर्छ।”
7
तब नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें। मैले तँलाई शाऊलको हातबाट छुटाएँ।
8
मैले तँलाई तेरा मालिकको घर र त्यसका पत्नीहरू तेरै हुनलाई दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घरानाहरू दिएँ। अनि यतिले नपुगेको भए म तँलाई अरू धेरै दिनेथिएँ।
9
तर तैंले उहाँको दृष्टिमा जे खराब थियो त्यो गरेर किन परमप्रभुको वचनलाई तुच्छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले मारिस्, र तैंले त्यसकी पत्नीलाई आफ्नी बनाउन लगिस्। तैंले त्यस मानिसलाई अम्मोनीहरूको तरवारले मर्न दिइस्।
10
तैंले मलाई तुच्छ ठानेको हुनाले र हित्ती उरियाहकी पत्नीलाई तैंले आफ्नी पत्नी तुल्याउनलाई लगेको हुनाले, तेरो घरानाले कहिल्यै तरवारबाट विश्राम पाउनेछैन’।
11
“परमप्रभु भन्नुहुन्छ: ‘म तेरो आफ्नै घरानाभित्रबाट तँमाथि विपद् ल्याउनेछु। म तेरा पत्नीहरूलाई लिएर तेरै आँखाको सामुन्ने तेरो नजिकको मानिसलाई दिनेछु, र त्यो दिउँसै तिनीहरूसित सुत्नेछ।
12
तैंले जे गरिस् त्यो गुप्तमा गरिस्, तर म योचाहिँ सारा इस्राएलले देख्ने गरी दिनको उज्यालोमा गर्नेछु’।”
13
तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरें।” नातानले तिनलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पाप लगिदिनुभएको छ। तपाईं मर्नुहुनेछैन।
14
तर यस कामद्वारा तपाईंले परमप्रभुका शत्रुहरूलाई भयङ्कर घृणाको मौका दिनुभयो, यसैले तपाईंबाट जन्मेको छोरोचाहिँ मर्नेछ।”
15
नातान आफ्नो घरमा गएपछि उरियाहकी पत्नीले दाऊदबाट जन्माएको छोरालाई परमप्रभुले प्रहार गर्नुभयो, र त्यो बिरामी पर्यो।
16
दाऊदले त्यस बालकको निम्ति परमप्रभुसित बिन्ती गरे। तिनी उपवास बसे, र आफ्नो घरभित्र गएर भूइँमा लड़ेर रात बिताए।
17
घरका ठूलाबड़ाहरूले तिनलाई भूइँबाट उठाउने चेष्टा गरे, तर तिनले इन्कार गरे, र तिनीहरूसित केही पनि खाने मन गरेनन्।
18
सातौँ दिनमा बालक मर्यो। दाऊदका नोकरहरूले तिनलाई बालक मरेको कुरा बताउन डराए। तिनीहरूले भने, “बालक जिउँदो हुँदा हामीले उहाँलाई भन्यौं, अनि उहाँले हाम्रो कुरा सुन्नुभएन। अब हामी उहाँलाई कसरी बालक मरेको खबर दिनु? उहाँले आफ्नो केही हानि गर्नुहुन्छ होला।”
19
तर आफ्ना नोकरहरूले साउती गरिरहेका दाऊदले देखे, र बालक मरेछ भनी अनुमान लगाए। तिनले सोधे, “बालक मर्यो?” अनि तिनीहरूले जवाफ दिए, “हो, तिनी मरे।”
20
तब दाऊद भूइँबाट उठे, स्नान गरेर तेल लाए, वस्त्र फेरे। अनि परमप्रभुको भवनमा गएर तिनी घोप्टो परेर दण्डवत् गरे। त्यसपछि तिनी घर गए, भोजन ल्याउने हुकुम गरे र त्यो तयार भएपछि तिनले खाए।
21
तिनका नोकरहरूले तिनलाई सोधे, “यो के हो? जब बालक जिउँदा थिए तब तिनको निम्ति हजूर उपवास बस्नुभयो, र विलाप गर्नुभयो। तर अब तिनी मरे, र हजूर त उठेर भोजन गर्नुहुन्छ।”
22
तिनले जवाफ दिए, “जब बालक जिउँदो थियो तब परमप्रभुले ममाथि अनुग्रह गर्नुहुन्छ र बालक बाँच्छ होला भनी विचार गरेर म उपवास बसें, र रोएँ।
23
तर अब त्यो मरिहाल्यो, त मैले किन उपवास बस्ने? के म त्यसलाई फेरि फर्काई ल्याउन सक्छु र? म त्यसकहाँ जानेछु, तर त्यो मकहाँ फर्की आउनेछैन।”
24
तब दाऊदले आफ्नी पत्नी बतशेबालाई सान्त्वना दिए। दाऊद तिनीकहाँ गए, र तिनीसित सहवास गरे, अनि तिनले एउटा छोरो जन्माइन्, र त्यसको नाउँ सोलोमन राखियो। परमप्रभुले त्यसलाई प्रेम गर्नुभयो,
25
अनि परमप्रभुले त्यसलाई प्रेम गर्नुभएको हुनाले त्यसको नाउँ यददीयाह राखिओस् भनी नातान अगमवक्ताद्वारा उहाँले दाऊदलाई समाचार पठाउनुभयो।
26
त्यसपछि योआबले अम्मोनीहरूको सहर रब्बालाई चढ़ाइ गरेर राजाको किल्ला कब्जा गरे।
27
तिनले यस्तो खबर दिएर मानिसहरू दाऊदकहाँ पठाए, “मैले रब्बालाई चढ़ाइ गरेर त्यसको जलस्रोत लिएँ।
28
तपाईंले बाँकी सेनालाई जम्मा गरेर आफैले सहरलाई घेरा हालेर त्यो लिनुहोस्। नत्रता म त्यस सहरलाई लिनेछु, र मेरै नाउँले त्यो कहलाइनेछ।”
29
त्यसैकारण दाऊदले सारा सेना जम्मा गरे, र रब्बा सहरमा गए, अनि त्यसलाई आक्रमण गरेर लिए।
30
तिनले उनीहरूका राजाको शिरबाट शिरपेच उतारे। त्यो एउटा बहुमूल्य रत्न जड़ेको सुनको थियो, र त्यसको ओजन एक तोड़ा थियो, अनि त्यो दाऊदको शिरमा राखियो। तिनले सहरबाट औधी धेरै लूटका माल ल्याए।
31
तिनले त्यहाँका बासिन्दाहरूलाई लगेर आरा, र फलामका अरू किसिमका हतियारहरू र बन्चराहरूले काम गर्न लगाए, अनि इँटका भट्टीहरूमा पनि इँट बनाउन लाए। दाऊदले अम्मोनीहरूका सबै सहरहरूमा यस्ता काम गर्न लगाए। त्यसपछि दाऊद र तिनका सबै फौज यरूशलेममा फर्के।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
2 Samuel Commentaries
→
Devotional
2 Samuel Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→