bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Samuel 6
2 Samuel 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 7 →
1
त्यसपछि दाऊदले इस्राएलका तीस हजार चुनिएका मानिसहरूलाई बोलाए,
2
र यी सबै मानिसहरूका साथमा परमेश्वरको सन्दूक ल्याउनलाई यहूदाको बालाबाट दाऊद निस्केर गए, त्यो सन्दूक जसलाई करूबहरूका बीचमा विराजमान हुनुभएका सर्वशक्तिमान् परमप्रभुको नाउँद्वारा डाकिएको थियो।
3
तिनीहरूले परमेश्वरको सन्दूक एउटा नयाँ गाड़ामा राखे, र डाँड़ामा भएको अबीनादाबको घरबाट ल्याए, र अबीनादाबका छोराहरू उज्जाह र अहियोले गाड़ालाई हाँक्दै लगे।
4
तिनीहरूले परमेश्वरको सन्दूक गाड़ामा राखेर लगे, अनि अहियोचाहिँ त्यसको अगिअगि हिँड़े।
5
दाऊद र सबै इस्राएलीहरूका घराना बड़ो जोशसाथ आनन्दले गाना, वीणा, सारङ्गी, खैँजड़ी, मृदङ्ग र झ्यालीको सुरमा रमाहट गर्दैथिए।
6
जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्जाहले आफ्नो हात बढ़ाएर परमेश्वरको सन्दूकलाई थामे।
7
तर परमप्रभु उज्जाहसँग क्रोधित हुनुभयो, र तिनको यस्तो लापरवाहीको निम्ति उहाँले तिनलाई त्यहाँ मार्नुभयो। यसरी तिनी परमेश्वरका सन्दूकको छेउमा मरे।
8
परमप्रभु यसरी उज्जाहमाथि क्रोधित हुनुभएकोमा दाऊद रिसाए, र तिनले त्यस ठाउँको नाउँ फारेस-उज्जाह राखे। त्यसको नाउँ आजसम्म त्यही छ।
9
त्यस दिन दाऊद परमप्रभुसँग डराए, र भने, “अब परमप्रभुको सन्दूक म आफूसँग कसरी राख्न सकुँला?”
10
परमप्रभुको सन्दूक आफूसँग दाऊदको सहरमा तिनले लैजान चाहेनन्। बरु तिनले गित्ती ओबेद-एदोमको घरमा सन्दूक पुर्याए।
11
यसरी परमप्रभुको सन्दूक ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्यो, अनि परमप्रभुले ओबेद-एदोम र तिनका सबै घरानालाई आशिष् दिनुभयो।
12
परमप्रभुका सन्दूकको कारण परमप्रभुले ओबेद-एदोमको घराना र तिनका सबै थोकलाई आशिष् दिनुभयो भनी जब दाऊदलाई सुनाइयो, तब तिनी गएर ओबेद-एदोमको घरबाट परमप्रभुको सन्दूक धूमधाम आनन्दको साथ दाऊदको सहरमा ल्याए।
13
परमप्रभुको सन्दूक बोक्ने मानिस छ कदम पुगेपछि तिनले एउटा साँढ़े र एउटा मोटो बाछो बलिदान गरे।
14
दाऊद सूती कपड़ाको एपोद लगाएर परमप्रभुको सामुन्ने पूरा शक्तिको साथ नाचे।
15
तिनी र सबै इस्राएलीहरूले कराउँदै र तुरही बजाउँदै परमप्रभुको सन्दूक ल्याए।
16
जब परमप्रभुको सन्दूक दाऊदको सहरमा प्रवेश गर्दैथियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्, र दाऊद राजालाई परमप्रभुको सामुन्ने उफ्रँदै र नाच्दैगरेका देखिन्, र तिनले मनमनै दाऊदलाई घृणा गरिन्।
17
तिनीहरूले परमप्रभुको सन्दूक भित्र ल्याए, र दाऊदले सन्दूकको लागि टाँगेको पालभित्र राख्नका निम्ति तोकिएको स्थानमा त्यो राखे। अनि दाऊदले परमप्रभुको सामुन्ने होमबलि र मेलबलि चढ़ाए।
18
दाऊदले यी बलिदानहरू चढ़ाइसकेपछि तिनले सर्वशक्तिमान् परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए।
19
अनि तिनले सबै मानिसहरूलाई, अर्थात् इस्राएलीहरूका जम्मै जमघटको हरेक पुरुष र स्त्रीलाई एक-एक वटा रोटी, खजूरको एक-एक डल्लो र किसमिसको एक-एक झुप्पो दिए। तब सबै मानिसहरू घर गए।
20
दाऊद आफ्ना घरानालाई आशीर्वाद दिन आउँदा शाऊलकी छोरी मीकल तिनलाई भेट्न बाहिर निस्केर आइन्, र भनिन्, “इस्राएलका राजाको निम्ति आज कस्तो गौरवको दिन! तिनले आफ्ना दासीहरूका दृष्टिमा नाङ्गो बनेर आफैलाई ढँटुवारेजस्तै बनाए।”
21
दाऊदले मीकललाई जवाफ दिए, “तिम्रा पिता र उनका घरानाको कसैको सट्टामा मलाई उहाँको प्रजा इस्राएलका राजा चुन्नुहुने परमप्रभुको सामुन्ने त्यो गरिएको थियो। परमप्रभुको सामुन्ने म उत्सव मनाउनेछु।
22
म आफ्नो दृष्टिमा अझै बढ़ी अपमानित बन्नेछु। तर ती दासीहरू, जसका विषयमा तिमीले मलाई भन्यौ, तिनीहरूले यसको निम्ति मलाई मान गर्नेछन्।”
23
शाऊलकी छोरी मीकलको मर्ने दिनसम्मै छोराछोरी भएनन्।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24