bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Samuel 21
2 Samuel 21
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 22 →
1
दाऊदको राजकालमा तीन वर्षसम्म लगालग अनिकाल पर्यो। तब दाऊदले परमप्रभुको खोजी गरे। अनि परमप्रभुले भन्नुभयो, “शाऊल र त्यसको घरानामाथि रगतको दोष परेको छ, किनभने त्यसले गिबोनीहरूलाई मार्यो।” यसैकारण अनिकाल परेको छ।
2
(गिबोनीहरू इस्राएलका कुलका थिएनन्। उनीहरू एमोरी वंशका बचेकाहरू थिए, जसलाई इस्राएलीहरूले बचाइराख्ने शपथ खाएका थिए। तापनि शाऊलले इस्राएल र यहूदाका निम्ति आफ्नो जोशमा तिनीहरूलाई खतम गर्ने कोशिश गरेका थिए।) यसैकारण दाऊद राजाले गिबोनीहरूलाई बोलाएर भने,
3
“म तिमीहरूका निम्ति के गरूँ? परमप्रभुका आफ्नै निज प्रजालाई तिमीहरूले आशीर्वाद दिनलाई म कसरी प्रायश्चित गर्न सक्छु?”
4
गिबोनीहरूले जवाफ दिए, “शाऊल र उनको घरानासँगको हाम्रो झगड़ा सुन र चाँदीले मिलाउने हाम्रो अधिकार छैन, अनि इस्राएलमा कसैको मृत्युको माग गर्ने पनि हामीलाई अधिकार छैन।” तब दाऊदले सोधे, “त्यसो भए मैले तिमीहरूका निम्ति के गर्ने त?”
5
उनीहरूले राजालाई जवाफ दिए, “जुन मानिसले हाम्रो बरबादी गर्यो र हाम्रो विरुद्ध षड्यन्त्र गर्यो, यहाँसम्म कि हामी खतम भयौं र इस्राएलमा हाम्रो एउटै ठाउँ पनि रहेन,
6
त्यस मानिसका सात जना छोराहरूलाई हामीकहाँ सुम्पिदिनुहोस्, र परमप्रभुका चुनिएका राजा शाऊलको गिबामा परमप्रभुकै सामुन्ने हामी तिनीहरूलाई मारेर खुलस्त गराउनेछौं।” राजाले भने, “म तिमीहरूलाई त्यो दिनेछु।”
7
दाऊदले परमप्रभुको सामु शाऊलका छोरा जोनाथनको खातिर शपथ खाएका हुनाले शाऊलका नाति, जोनाथनका छोरा मपीबोशेतलाई बचाइराखे।
8
तर राजाले अय्याकी छोरी रिश्पाले शाऊलबाट जन्माएका दुई छोरा आरमोनी र मपीबोशेत, र शाऊलकी छोरी मेराबले महोलाती बर्जिल्लैका छोरा अद्रीएलबाट जन्माएका पाँच जना छोराहरूलाई लिए।
9
दाऊदले तिनीहरूलाई गिबोनीहरूका हातमा सुम्पिदिए, र उनीहरूले तिनीहरूलाई परमप्रभुको सामुन्ने पहाड़मा मारेर खुलस्त गराइदिए। ती सातै जना एकसाथ तल खसे। तिनीहरू जौका कटनीको सुरुमा फसलको पहिलो दिनमा मारिए।
10
अय्याकी छोरी रिश्पाले भाङ्ग्रा लिएर कटनीको सुरुदेखि जबसम्म आकाशबाट पानी तिनीहरूका मृत-शरीरमा परेन, तबसम्म आफ्नो निम्ति त्यस चट्टानमा ओछ्यानजस्तै बनाई। त्यसले दिनमा आकाशका पक्षीहरूलाई र राती जङ्गलका पशुहरूलाई ती लाशहरू खान दिइन।
11
जब शाऊलकी उपपत्नी अय्याकी छोरी रिश्पाले गरेको कुरा दाऊदलाई सुनाइयो,
12
तब तिनी गएर शाऊल र उनका छोरा जोनाथनका हड्डीहरू याबेश-गिलादका मानिसहरूबाट ल्याए। (यी मानिसहरूले ती हड्डीहरू पलिश्तीहरूले शाऊललाई गिल्बोमा जितेको दिन झुण्ड्याएको ठाउँ, अर्थात् बेथ-शानको चोकबाट चोरेर लगेका थिए।)
13
तिनले त्यहाँबाट शाऊल र जोनाथनका हड्डीहरू ल्याए, अनि मारेर खसालिदिएका मानिसहरूका हड्डीहरू जम्मा गर्न लगाए।
14
तिनीहरूले शाऊल र उनका छोरा जोनाथनका हड्डीहरू बेन्यामीनको देशमा सला भन्ने ठाउँमा शाऊलका पिता कीशको चिहानमा गाड़े। राजाले तिनीहरूलाई जे-जे गर्नू भनी हुकुम गरेका थिए, ती सबै तिनीहरूले गरे। त्यसपछि देशको निम्ति चढ़ाएको प्रार्थना ग्रहण गर्नलाई परमप्रभु राजी हुनुभयो।
15
फेरि पलिश्ती र इस्राएलीहरूका बीचमा लड़ाइँ चम्कियो। दाऊद र तिनका मानिसहरू लड़ाइँ गर्नलाई झरे, तर जब तिनी पलिश्तीहरूसँग लड़ाइँ गरिरहेका थिए, तब तिनी साह्रै थाके।
16
तब रफाका सन्तानहरूमध्येको एक जना, इश्बी-बनोबले, जसको काँसाका भालाको ओजन साँढ़े तीन किलोग्राम थियो, र जसले नयाँ तरवार भिरेको थियो, त्यसले दाऊदलाई मार्छु भनेको थियो।
17
यसै बेला सरूयाहका छोरा अबीशै दाऊदलाई सहायता गर्नलाई आए। तिनले त्यस पलिश्तीलाई हिर्काएर मारे। तब दाऊदका मानिसहरूले इस्राएलको प्रकाश नै निभ्नेछ भन्ने डरले दाऊद तिनीहरूसँग लड़ाइँमा अब कहिल्यै जानेछैनन् भनी तिनको सामु शपथ खाए।
18
केही समयपछि फेरि गोबमा पलिश्तीहरूसँग लड़ाइँ चम्कियो। त्यस बेला हूशाती सिब्बकैले रफाको सन्तान सफ भन्नेलाई मारे।
19
गोबमा पलिश्तीहरूसँगको अर्को लड़ाइँमा बेथलेहेमका यारे-ओरगिमका छोरा एल्हानानले गित्ती गोल्यतलाई मारे, जसको भालाका बिँड़ जुलाहाको लुगा बनाउने डन्डाजत्रो ठूलो थियो।
20
गातमा भएको अर्को एउटा लड़ाइँमा हात र खुट्टामा छ-छ वटा औँला, जम्मा चौबीस औँला भएको एउटा दैत्यजत्रो मानिस देखा पर्यो। त्यो पनि रफाकै सन्तान थियो।
21
जब त्यसले इस्राएललाई धम्की दियो तब दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मारे।
22
गातमा बस्ने यी चार जना मानिसहरू रफाका सन्तान थिए, र यी सबै दाऊद र तिनका मानिसहरूका हातबाट मारिए।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
2 Samuel Commentaries
→
Devotional
2 Samuel Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→