bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Samuel 3
2 Samuel 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 4 →
1
शाऊल र दाऊदका घरानाहरूका बीचको युद्ध धेरै दिनसम्म चलिरह्यो। दाऊद झन्-झन् शक्तिशाली हुँदैगए, अनि शाऊलको घरानाचाहिँ अझ कमजोर हुँदैगयो।
2
अनि हेब्रोनमा दाऊदका छोराहरू जन्मे: तिनका जेठा छोरा अमनोन थिए, जसकी आमा यिजरेली अहीनोम थिइन्;
3
तिनका माहिला छोरा किलाब थिए, जसकी आमा कर्मेलका नाबालकी विधवा अबीगेल थिइन्; तिनका साहिँला छोरा अब्शालोम थिए, जसकी आमा गशूरका राजा तल्मैकी छोरी माका थिइन्;
4
काहिँलाचाहिँ अदोनियाह थिए, जसकी आमा हग्गीत थिइन्; ठाहिँला शपत्याह थिए, जसकी आमा अबीतल थिइन्;
5
अनि कान्छाचाहिँ यित्राम थिए, जसकी आमा दाऊदकी पत्नी एग्ला थिइन्। यिनीहरू सबै हेब्रोनमा जन्मेका दाऊदका छोराहरू थिए।
6
जब शाऊल र दाऊदका घरानाको बीचमा युद्ध हुँदैगयो, तब अबनेरले बिस्तार-बिस्तार शाऊलको घरानामा आफूलाई प्रबल तुल्याउँदैथिए।
7
अब अय्याकी छोरी रिश्पा नाउँ भएकी शाऊलकी उपपत्नी थिइन्। ईश्बोशेतले अबनेरलाई सोधे, “तिमी मेरा बुबाकी उपपत्नीसँग किन सुत्यौ?”
8
यस कुराले अबनेरले साह्रै रिसाएर भने, “के म यहूदाको चाकरी गर्ने कुकुर हुँ? अहिलेसम्म त म तिम्रा पिता शाऊलको घराना, उनका दाजुभाइहरू र उनका मित्रहरूको भक्त थिएँ, र मैले तपाईंलाई दाऊदको हातमा दिएर विश्वासघात गरेको छैनँ। तापनि यस स्त्रीको विषयमा भक्तिहीनताको आरोप लाउनुहुन्छ!
9
अब यदि दाऊदको निम्ति परमप्रभुले शपथ खाएर ‘गर्छु’ भन्नुभएको कुरालाई पूरा गर्न म सकेसम्म गर्दिनँ भने, परमेश्वरले मप्रति कठोर व्यवहार गरून्।
10
म शाऊलको घरानालाई खसाल्न र दाऊदलाई दानदेखि बेर्शेबासम्मै इस्राएल र यहूदामाथि सिंहासनमा बसाल्ने काम गर्नेछु।”
11
तिनी अबनेरसँग साह्रै डराएका हुनाले ईश्बोशेतले अरू केही पनि भन्न सकेनन्।
12
त्यसपछि अबनेरले हेब्रोनमा दाऊदकहाँ यसो भनेर दूतहरू पठाए, “यो देश कसको हो? हामी मिलाप गरौं, र म सारा इस्राएललाई तपाईंतर्फ ल्याउनलाई सकेसम्म कोशिश गर्नेछु।”
13
तब दाऊदले यस्तो जवाफ पठाए, “बेस्, म तिमीसँग मिलाप गर्नेछु, तर यो एक शर्तमा, कि शाऊलकी छोरी मीकललाई मकहाँ ल्याएपछि मात्र तिमी मेरो सामु आऊ।”
14
दाऊदले शाऊलका छोरा ईश्बोशेतकहाँ पनि यसो भनेर दूतहरू पठाए, “मैले एक सय पलिश्तीका खलड़ीको दाम तिरेर मगनी गरेको मेरी पत्नी मीकल मलाई सुम्पिदेऊ।”
15
यसकारण ईश्बोशेतले मानिसहरू पठाएर मीकललाई आफ्ना पति लेशका छोरा पल्तिएलकहाँबाट झिकाए।
16
अबनेरले तिनलाई घर फर्किजान भनी हुकुम नगरुञ्जेल पल्तिएल रुँदै-रुँदै बहूरीमसम्म मीकलको पछिपछि आए।
17
अब इस्राएलका धर्म-गुरुहरूकहाँ आएर अबनेरले भने, “निकै अघिदेखि नै तपाईंहरूले दाऊदलाई आफ्ना राजा तुल्याउन खोज्नुभएको हो।
18
अब त्यो काम पूरा गर्ने समय यही हो, किनभने दाऊदको विषयमा परमप्रभुको वचन यो छ, ‘मेरो दास दाऊदको हातबाट नै मेरो प्रजा इस्राएललाई पलिश्तीहरूबाट र तिनीहरूका सबै शत्रुहरूबाट बचाउनेछु’।”
19
अबनेरले बेन्यामीनीहरूसँग पनि कुरा गरे र त्यसपछि इस्राएलीहरू र बेन्यामीनीहरू सहमत भएको कुरा सुनाउनलाई अबनेर हेब्रोनमा दाऊदकहाँ गए।
20
जब अबनेर दाऊदको सामुन्ने हाजिर भए, तब उनीसँग बीस जना मानिसहरू थिए, र दाऊदले उनीहरू सबैका निम्ति भोज दिए।
21
तब अबनेरले दाऊदलाई भने, “अब म गएर हजूरको सामुन्ने सारा इस्राएलीहरूलाई ल्याउनेछु, र तिनीहरूले हजूरसँग एउटा करार बाँधून्। त्यसपछि हजूर आफूले इच्छा गर्नुभएजति माथि तपाईंले राज्य गर्नुहोस्।” तब दाऊदले अबनेरलाई बिदा दिए, र उनी शान्तिसँग गए।
22
दाऊदका मानिसहरू र योआबचाहिँ आफूसँग धेरै लूटका माल लिएर लूटपीटबाट फर्के। तर त्यस बेला अबनेरचाहिँ शान्तिसाथ बिदा भइसकेकाले उनी दाऊदसँग हेब्रोनमा थिएनन्।
23
यसैले जब योआब र तिनका लूटपीट गर्ने दल फर्केर आइपुगे, तब नेरका छोरा अबनेर राजाकहाँ आएर शान्तिसाथ फर्किगएको कुरा तिनीहरूले सुने।
24
राजाकहाँ गएर योआबले भने, “हजूरले यो के गर्नुभयो? अबनेर यहाँ हजूरकहाँ आएका थिए। हजूरले कसरी उनलाई त्यसै जान दिनुभयो? उनी त त्यसै उम्केर गइहाले।
25
हजूरले नेरका छोरा अबनेरलाई चिन्नु नै भएको छ। उनी हजूरलाई छल गर्न, हजूरको चाल बुझ्न र हजूर के गर्दैहुनुहुन्छ सो जान्नलाई आएका थिए।”
26
जब योआब दाऊदको सामुन्नेबाट निस्के, तब तिनले अबनेरको पछि समाचारवाहकहरूलाई पठाए, र तिनीहरूले अबनेरलाई सीराको इनारदेखि फर्काएर ल्याए। तर दाऊदलाई यो सब थाहा थिएन।
27
अनि जब अबनेर हेब्रोनमा फर्के, तब योआबले उनीसँग एकान्तमा केही कुरा गर्ने निहुँमा मूल ढोकाको एकातिर गए, र तिनले आफ्ना भाइ असाहेलको बदला लिन अबनेरलाई भुँड़ीमा घोचेर मारे।
28
तब दाऊदले यो खबर पछि पाए र भने, “नेरका छोरा अबनेरका हत्याको विषयमा म र मेरो राज्य परमप्रभुको दृष्टिमा सधैँको लागि निर्दोष छौं।
29
योआब र तिनका पिताका सबै घरानाको शिरमा त्यो दोष परोस्। अनि योआबको घरानामा घाउ-खटिरा हुने वा छालामा सरुवा रोग लाग्ने व्यथाले नछोड़ोस्, लहुरोको सहारामा हिँड्ने अथवा तरवारले मारिने वा रोटीको लागि भीख मागी हिँड्ने सन्तानको अभाव नहोस्।”
30
यसरी गिबोनको लड़ाइँमा अबनेरले तिनीहरूका भाइ असाहेललाई मारेको हुनाले योआब र तिनका भाइ अबीशैले अबनेरलाई मारे।
31
तब दाऊदले योआब र तिनीसँग भएका सबै मानिसहरूलाई आ-आफ्नो लुगा च्यात्न, भाङ्ग्रा ओड्ने र अबनेरको अरथीको अगिअगि विलाप गर्दै हिँड्न भनी हुकुम गरे, र राजा आफैचाहिँ अरथीको पछिपछि हिँड़े।
32
तिनीहरूले अबनेरलाई हेब्रोनमा गाड़े, र अबनेरको चिहानमा राजा साह्रै रोए। अनि सबै मानिसहरू पनि तिनीसँग रोए।
33
राजाले अबनेरको निम्ति यो विलापको गीत गाए: “के अबनेर अपराधी भएझैँ मर्नुपर्यो?
34
तिम्रा हात बाँधिएका थिएनन्, तिम्रा गोड़ामा साङ्ला लागेका थिएनन्, तिमी त दुष्टहरूका हातमा परेझैँ ढल्यौ।” अनि मानिसहरू तिनको निम्ति फेरि रोए।
35
तब तिनीहरूले दाऊदलाई अझै दिन बाँकी रहँदा केही खाऊन् भनेर मनाउनलाई आए, तर दाऊदले शपथ खाएर यसो भने, “सूर्यास्तअघि मैले कुनै किसिमले खानेकुरा छोएँ भने, परमेश्वरले मप्रति कठोर व्यवहार गरून्।”
36
मानिसहरूले यो कुरा बुझे, र तिनीहरू सहमत भए। राजाले गरेका सबै कुरामा तिनीहरू प्रसन्न भए।
37
त्यस दिन इस्राएलका सबैले नेरका छोरा अबनेरको हत्यामा राजाको केही हात थिएन भनी थाहा पाए।
38
राजाले आफ्ना मानिसहरूलाई भने, “इस्राएलमा आजको दिन एक जना योद्धा, एक जना महान् पुरुष मरे भनी तिमीहरू जान्दैनौ?
39
म अभिषिक्त राजा भए तापनि सरूयाहका यी निर्दयी छोराहरूका सामुन्ने म कमजोर र शक्तिहीन भएको छु। तिनीहरू मेरो निम्ति अति नै बलिया भए। परमप्रभुले दुष्ट काम गर्नेलाई त्यसका योग्यको प्रतिफल देऊन्।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24