bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Samuel 23
2 Samuel 23
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 24 →
1
दाऊदका आखिरी वचन यी नै हुन्: यिशैका छोरा दाऊदको वाणी यही हो, ती मानिसको वाणी, जसलाई परमेश्वरले उच्च पार्नुभयो, याकूबका परमेश्वरद्वारा अभिषिक्त राजा, र इस्राएलका भजनहरू गाउनेको वाणी:
2
“परमप्रभुका आत्मा मद्वारा बोल्नुभयो, र उहाँको वचन मेरो मुखमा थियो।
3
इस्राएलका परमेश्वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्नुभयो: ‘जसले न्यायसित मानिसहरूलाई शासन गर्छ, जसले परमेश्वरको भय राखीकन शासन गर्छ,
4
त्यो सूर्योदय हुँदा बादलरहितका बिहानको ज्योतिजस्तै छ, त्योचाहिँ पानी परेपछि जमिनबाट घाँस उमार्ने उज्यालोजस्तै छ’।
5
“के मेरो घराना परमेश्वरसँग ठीक छैन र? के उहाँले मसँग सबै भागमा सुरक्षित र व्यवस्थित भएको एउटा अनन्त करार बाँध्नुभएको छैन र? के उहाँले मेरो उद्धारलाई फलवन्त बनाउनुहुनेछैन र? अनि मेरो प्रत्येक इच्छा पूरा गर्नुहुनेछैन र?
6
तर दुष्ट मानिसहरू सबैलाई काँढ़ाजस्तै गरी कतै फालिनुपर्छ, जसलाई हातले जम्मा पनि गरिँदैन।
7
फलाम वा काठको हतियारले बाहेक काँढ़ालाई कसैले छुँदैन। काँढ़ाहरू जहाँ थुपारिन्छन् त्यहीँ जलाइन्छन्।”
8
दाऊदका वीर-वीर मानिसहरूका नाउँ यी नै हुन्। पहिलो तहकमोनीबाटका योशब-बश्शेबेत थिए— तीन जना वीरमध्येका मुख्य। तिनले आठ सय जनामाथि भाला चलाएर एकै पटकमा उनीहरू सबैलाई मारे।
9
ती तीन जना वीरमध्ये दोस्रोचाहिँ अहोही दोदैका छोरा एलाजार थिए। तिनी दाऊदसित पास-दम्मीममा थिए, जहाँ पलिश्तीहरू युद्धको निम्ति जम्मा भएका थिए। जब इस्राएलीहरू पछि हटे तब तिनी एकलै रणभूमिमा खड़ा भएर
10
नथाकुञ्जेल तिनले पलिश्तीहरूलाई तरवारले प्रहार गरी नै रहे, यहाँसम्म कि तिनको हातमा तरवार टाँसिएको थियो। यसरी परमप्रभुले त्यस दिन ठूलो विजय दिनुभयो। त्यसपछि इस्राएलका मानिसहरू मारिएकाहरूलाई लुट्न मात्र एलाजारकहाँ फर्केर आए।
11
तिनीपछि हरारी आगीका छोरा शम्मा थिए। पलिश्तीहरू लहरमा भेला भएका थिए, जहाँ दालको खूबै राम्रो एउटा खेत थियो। अनि जब पलिश्तीहरूले इस्राएलीहरूलाई खेदेर धपाए,
12
तब शम्मा त्यस खेतमा अड़िएर बसे, र त्यस खेतको रक्षा गरे, अनि ती पलिश्तीहरूलाई परास्त गरे। यसरी परमप्रभुले फेरि ठूलो विजय दिनुभयो।
13
कटनीको सुरुतिर तीस जना मुख्य मानिसहरूमध्येका ती तीन जना वीरहरू अदुल्लामको ओड़ारमा दाऊदकहाँ आए। पलिश्तीहरूको एक दलचाहिँ रपाईहरूको बेँसीमा छाउनी हालेर बसेका थिए।
14
त्यस बेला दाऊद गढ़ीमा थिए, अनि पलिश्तीको फौज बेथलेहेममा थियो।
15
एक दिन दाऊदलाई साह्रो तिर्खा लाग्यो, र तिनले कराएर भने, “बेथलेहेमको मूल ढोकानेरको पानी खान पाए त हुनेथियो।”
16
यसैले ती तीन जना वीरहरू पलिश्तीहरूका पङ्क्तिका बीचबाट छिरिगएर बेथलेहेमको मूल ढोकामा भएको इनारको पानी ल्याएर दाऊदलाई दिए। तर दाऊदले त्यो पानी पिउनलाई इन्कार गरे। तिनले त्यो पानी परमप्रभुको सामुन्ने खन्याइदिए,
17
र भने, “हे परमप्रभु, मैले यो पानी पिउनु नपरोस्। के म यी मानिसहरूको रगत पिऊँ, जसले यसको निम्ति आफ्नो प्राण खतरामा हाले?” यसैले तिनले त्यो पानी पिएनन्। ती तीन जनाका वीरताको काम यस्तै थियो।
18
सरूयाहका छोरा योआबका भाइ अबीशै ती तीन जनामाथिका प्रमुख थिए। तिनले तीन सय जनाका विरुद्धमा आफ्नो भाला चलाएर उनीहरूलाई मारे। यसैले ती तीन जनाजस्तै तिनी प्रसिद्ध भए।
19
के तिनलाई ती तीन जनालाई भन्दा ठूलो आदरले हेरिँदैनथ्यो र? तिनी तिनीहरूका कप्तान भए, तर ती तीन जनामध्ये तिनी गनिएनन्।
20
यहोयादाका छोरा कब्सेलका बनायाह पनि एक वीर थिए। तिनले धेरै वीरताका काम गरेका थिए। तिनले मोआबका दुई उत्तम पुरुषहरूलाई मारेका थिए, अनि तिनले हिउँ परेको बेलामा खाड़लमा झरेर एउटा सिंहलाई मारेका थिए।
21
तिनले नै एक जना ठूलो आकारको एक जना मिश्रीलाई मारे, जसको हातमा एउटा भाला थियो। बनायाह एउटा लाठो लिएर त्यसकहाँ गए, र त्यस मिश्रीको हातबाट भाला खोसेर त्यसकै भालाले त्यसलाई मारे।
22
यहोयादाका छोरा बनायाहका वीरताका काम यस्तै थिए। ती तीन जना वीरहरूजस्तै तिनी प्रसिद्ध थिए।
23
तिनी ती तीस जनाभन्दा अझ बढ़ी प्रसिद्ध थिए, तर तिनी ती तीन जनामा गनिएनन्। दाऊदले तिनलाई आफ्नो अङ्गरक्षकको जिम्मा दिए।
24
योआबका भाइ असाहेल, ती तीस जनामध्येका यी नै हुन्: बेथलेहेमका दोदैका छोरा एल्हानान,
25
हरोदी शम्मा, हरोदी एलीका,
26
पल्ती हेलेस, तकोका इक्केशका छोरा ईरा,
27
अनातोतका अबीएजेर, हूशाती मबुन्ने,
28
अहोही सल्मोन, नतोपाती महरै,
29
नतोपाती बानाहका छोरा हेलेद, र बेन्यामीनको गिबाका रीबैका छोरा ईथै,
30
पिरातोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै,
31
अर्बाती अब्बी-अल्बोन, बरहूमी अज्मावेत,
32
शाल्बोनी एल्याहबा, याशेनका छोराहरू,
33
हरारी शम्माका छोरा जोनाथन, हरारी शरारका छोरा अहीआम,
34
माकाती आहसबैका छोरा एलीपेलेत, गीलोनी अहीतोपेलका छोरा एलीआम,
35
कर्मेलका हेस्रो, अर्बी पारै,
36
सोबाका नातानका छोरा यिगाल, हग्रीका छोरा,
37
अम्मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्ने थिए,
38
यित्री ईरा, यित्री गारेब,
39
र हित्ती उरियाह। सबै जम्मा सैँतीस जना थिए।
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
2 Samuel Commentaries
→
Devotional
2 Samuel Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→