bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Samuel 20
2 Samuel 20
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 21 →
1
शेबा नाउँ भएको एउटा दुष्ट मानिस त्यहाँ पनि थियो, जो बेन्यामीनी बिक्रीको छोरो थियो। त्यसले तुरही फुक्यो, र कराएर भन्यो, दाऊदमा हाम्रो के भाग छ? यिशैको छोरामा हाम्रो केही अधिकार छैन। हे इस्राएल, तिमीहरू आ-आफ्ना पालमा जाओ!
2
यसैले बिक्रीको छोरो शेबाको पछि लाग्नलाई इस्राएलका मानिसहरूले दाऊदलाई छोड़े, तर यहूदाका मानिसहरूचाहिँ दाऊदको साथमा लागिरहे, र यर्दनदेखि यरूशलेमसम्म तिनको पछि लागे।
3
जब दाऊद यरूशलेममा आफ्नो महलमा आए, तब तिनले आफ्नो महलको हेरचाह गर्नलाई राखेका ती दश उपपत्नीहरूलाई लिएर नजरबन्दी गरे। तिनले तिनीहरूका भोजनको प्रबन्ध गरिदिए, तर तिनीहरूसित सहवास गरेनन्। यसरी तिनीहरूका मृत्युको दिनसम्मै तिनीहरू नजरबन्द नै रहे, र तिनीहरू विधवासरह बसे।
4
तब राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई भेला गर, र तीन दिनभित्रै यहाँ मकहाँ तिमीसहित हाजिर गर।”
5
तर जब अमासा यहूदाका मानिसहरूलाई भेला गर्नलाई गए, तब राजाले तोकेको समयभन्दा ज्यादै समय तिनलाई लाग्यो।
6
दाऊदले अबीशैलाई भने, “बिक्रीको छोरो शेबाले त हामीलाई अब्शालोमले भन्दा पनि ज्यादा दु:ख दिनेछ। तिम्रा मालिकका मानिसहरूलाई लगेर त्यसलाई पछिपछि खेद, नत्रता त्यसले कुनै पर्खाल भएको सहरलाई पायो भनेता त्यो हाम्रो हातबाट उम्केला।”
7
यसकारण योआबका मानिसहरू, र करेती र पेलेथी अनि सबै लड़ाका मानिसहरू अबीशैको पछि लागे। तिनीहरू बिक्रीको छोरो शेबालाई खेद्न यरूशलेमबाट हिँड़े।
8
जब तिनीहरू गिबोनको ठूलो चट्टान नजिक आइपुगे तब अमासा तिनीहरूलाई भेट्न आए। त्यस बेला योआबले चाहिँ जङ्गी-पोशाक लगाएका थिए, र त्यसमाथि एउटा पटुका थियो, अनि त्यसमा म्यानसमेतको एउटा छुरी भिरिराखेका थिए। जब तिनी अगि बढ़े तब त्यो त्यसको म्यानबाट खस्यो।
9
योआबले अमासालाई भने, “हे मेरा भाइ अमासा, तिमीलाई कुशलै होला।” अनि तिनले अमासालाई चुम्बन गर्नलाई तिनको दाहिने हातले अमासाको दाह्री समाते।
10
अमासाले योआबको हातमा भएको छुरीको ख्यालै गरेनन्। अनि योआबले तिनको भुँड़ीमा त्यो रोपिदिए, र तिनको आन्द्रा-भुँड़ी भूइँमा झर्यो। तिनले दोस्रो पल्ट हिर्काउनैपरेन, किनभने अमासा मरिहाले। तब योआब र तिनका भाइ अबीशै बिक्रीको छोरो शेबालाई खेद्दैगए।
11
योआबका मानिसहरूमध्येको एक जनाले अमासाका लाशको छेउमा उभेर कराई भन्यो, “योआब र दाऊदतर्फ हुनेहरू सबैले योआबलाई पछ्याऊन्।”
12
अमासाको लाश रगतमा लटपटिएर मूलबाटोको बीचमा पड़िरहेको थियो, अनि त्यस मानिसले सबै फौज त्यहाँ अड़िएका देख्यो। जब त्यसले देख्यो कि अमासा भएको ठाउँमा आउने जति त्यहाँ अड़िन्थे, तब त्यसले अमासाको लाशलाई बाटोदेखि परतिर खेतमा घिस्स्याउँदै लगेर त्यहाँ फ्याँकिदियो, र त्यसलाई एउटा लुगाले ढाकिदियो।
13
लाशलाई मूलबाटोदेखि घिस्स्याएर लगेपछि सबै मानिसहरू बिक्रीको छोरो शेबालाई खेद्न योआबको पछि लागे।
14
हाबिल-बेथ-माकामा आई नपुगुञ्जेल शेबा इस्राएलका सबै कुलहरूबाट र बरीहरूको सारा देशबाट भएर गयो। ती बरीहरू भेला भए, र त्यसको पछिपछि लागे।
15
योआबको फौज आएर शेबालाई हाबिल-बेथ-माकामा घेर्यो, अनि एउटा घेरा-मचान बनायो, जो बाहिरी पर्खालको अगाड़ि थियो, र पर्खाल ढाल्नलाई तिनीहरूले त्यसमाथि प्रहार गर्न लागे।
16
तब एउटी बुद्धिमती स्त्री बाहिरको पर्खालमा खड़ा भइन्, र सहरबाट कराएर भनिन्, “सुन्नुहोस्! सुन्नुहोस्! योआबलाई आउनू भनिदिनुहोस्, र म उहाँसित कुरा गर्नेछु।”
17
तब योआब अगि आए, र ती स्त्रीले भनिन्, “के तपाईं योआब हुनुहुन्छ?” तिनले जवाफ दिए, “अँ, म नै हुँ।” तिनले भनिन्, “म तपाईंकी दासीले के कुरा भनिरहेछु सो राम्ररी सुन्नुहोस्।” तिनले भने, “म सुन्दैछु।”
18
तिनले भनिन्, “उहिले त यस्तो भनाइ थियो, ‘जवाफ पाउन हाबिल जानु’। अनि त्यसरी नै कुराको फैसला हुन्थ्यो।
19
हाम्रो सहर इस्राएलका सहरहरूमध्ये एक शान्तिप्रिय र राजभक्त सहर गनिन्छ। त्यो त इस्राएलमा एउटी आमाजस्तै छ, अनि तपाईंचाहिँ त्यसलाई नाश गर्न खोज्नुहुन्छ। तपाईं किन परमप्रभुको सम्पत्ति नष्ट गर्न चाहनुहुन्छ?”
20
योआबले जवाफ दिए, “नष्ट गर्नुचाहिँ मबाट परै रहोस्।
21
त्यो हाम्रो विचार होइन। तर एफ्राइमको पहाड़ी देशको एक जना मानिस, बिक्रीको छोरो शेबा दाऊद राजाको विरुद्धमा विद्रोह गर्नलाई खड़ा भएको छ। त्यही एक जना मानिसलाई हामीकहाँ सुम्पिदेऊ, र हामी सहरबाट हटिजानेछौं।” ती स्त्रीले योआबलाई भनिन्, “त्यसको शिर पर्खालबाट तपाईंकहाँ फ्याँकिनेछ।”
22
तब ती स्त्री गइन्, र भेला भएका सबै मानिसलाई त्यसको बुद्धिपूर्ण सल्लाह सुनाइन्। तिनीहरूले बिक्रीको छोरा शेबाको टाउको काटेर योआबकहाँ फ्याँकिदिए। तब योआबले तुरही बजाए, र सबै सेना सहर छोड़ेर आ-आफ्नो घरतिर लागे, अनि योआबचाहिँ राजाकहाँ यरूशलेममा फर्केर गए।
23
योआब सम्पूर्ण इस्राएली फौजका सेनापति थिए, अनि यहोयादाका छोरा बनायाहचाहिँ करेती र पेलेथीहरूमाथि अधिकृत थिए।
24
बेगार काममा लाउनेहरूको जिम्मा अदोनीरामको हातमा थियो। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।
25
शेभाचाहिँ सचिव थिए, अनि सादोक र अबियाथार पूजाहारीहरू थिए।
26
याईरी ईराचाहिँ दाऊदका पुरोहित थिए।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
2 Samuel Commentaries
→
Devotional
2 Samuel Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→