bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Samuel 8
2 Samuel 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 9 →
1
त्यसपछि दाऊदले पलिश्तीहरूलाई जिते, र उनीहरूमाथि तिनी विजयी भए, अनि उनीहरूका हातबाट मेथेगआमाह कब्जा गरे।
2
दाऊदले मोआबीहरूलाई पनि परास्त गरे, अनि उनीहरूलाई तिनले भूइँमा सुत्न लाए, र एउटा डोरीको नापले नापे। हरेक दुई नापभित्र आएकाहरूचाहिँ मारिनलाई र तेस्रो नापभित्र आएकाहरूचाहिँ छोड़िदिनलाई तिनले नापे। यसरी मोआबीहरू तिनको अधीनमा भए, अनि उनीहरूले तिनलाई राजकर तिर्ने गरे।
3
यसबाहेक यूफ्रेटिस नदीको किनारमा आफ्नो अधीन फेरि राख्नलाई गइरहेको बेलामा सोबाका राजा, रहोबका छोरा हददेजेरलाई पनि दाऊदले जिते।
4
दाऊदले उनीबाट एक हजार रथ, सात हजार सारथि र बीस हजार पैदल-सिपाहीलाई कैद गरे। आफ्नो निम्ति एक सय राखेका बाहेक तिनले सबै रथका घोड़ाहरूका ढोड़नसा काटिदिए।
5
जब दमस्कसमा अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्नलाई आए, तब दाऊदले उनीहरूका बाईस हजारलाई मारे।
6
अनि तिनले यी अरामीहरूका बीचमा छाउनी राखे। उनीहरू तिनका अधीनमा भए, र तिनलाई राजकर तिर्ने गरे। यसरी नै जहाँ दाऊद गए, परमप्रभुले तिनलाई विजयी तुल्याउनुभयो।
7
हददेजेरका अधिकृतहरूका सुनका ढालहरू दाऊदले लिए, र ती यरूशलेममा ल्याए।
8
तिनले हददेजेरका सहरहरू, तेबह र बेरोतैबाट धेरै काँसाहरू ल्याए।
9
जब दाऊदले हददेजेरका सारा सेनालाई परास्त गरेको कुरा हमातका राजा तोऊले सुने,
10
तब उनले आफ्ना छोरा योरामलाई दाऊदकहाँ अभिनन्दन चढ़ाउन र लड़ाइँमा हददेजेरलाई परास्त गरेकामा दाऊदलाई बधाई दिनलाई पठाए। (किनभने हददेजेर र तोऊको बीचमा युद्ध चलिरहेको थियो।) अनि योरामले आफूसँग सुन, चाँदी र काँसाका सामग्रीहरू ल्याए।
11
ती सामग्रीचाहिँ दाऊद राजाले परमप्रभुमा अर्पण गरे, जसरी आफूले परास्त गरेका सबै जातिका सुन र चाँदीलाई तिनले अर्पण गर्ने गर्थे।
12
ती हुन्: एदोम, मोआब, अम्मोनीहरू, पलिश्ती र अमालेकीहरू। सोबाका राजा रहोबका छोरा हददेजेरबाट लिएका लूटका माल पनि अर्पण गरे।
13
नूनको उपत्यकामा अठार हजार एदोमीहरूलाई मारेर दाऊदले ठूलो नाउँ कमाए।
14
अनि फर्कंदा तिनले एदोमभरि छाउनीहरू राखे, र सबै एदोमीहरू तिनका अधीनमा भए। यसरी दाऊद जहाँ-जहाँ गए त्यहाँ-त्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो।
15
दाऊदले सारा इस्राएलमाथि राज्य गरे, र आफ्ना सबै प्रजाका निम्ति जे-जति ठीक थियो, त्यही गरे।
16
सरूयाहका छोरा योआब सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।
17
अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरायाह सचिव थिए।
18
यहोयादाका छोरा बनायाह करेती र पेलेथीमाथि अधिकृत थिए। दाऊदका छोराहरूचाहिँ राजकीय सल्लाहकार थिए।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24