bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Samuel 10
2 Samuel 10
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 11 →
1
केही समयपछि अम्मोनीहरूका राजा मरे, र उनका छोरा हानूनले राज्य गर्न लागे।
2
दाऊदले विचार गरे, “नाहाशले मप्रति देखाएझैँ मैले पनि उनका छोरा हानूनप्रति दृढ़ मित्रताको भाव देखाउनुपर्छ।” यसैले तिनले उनका पिताको मृत्युमा संवेदना प्रकट गर्नलाई दूतहरूका हातमा समाचार पठाए। तर जब दाऊदका दूतहरू अम्मोनीहरूको देशमा पसे,
3
तब अम्मोनी भारदारहरूले आफ्ना स्वामी हानूनलाई भने, “दाऊदको आफ्नो संवेदनाको समाचार पठाएर तपाईंका पितालाई सम्मान गरेका हुन् र? यी मानिसहरू त जासूसहरू हुन्, जसलाई तपाईंको सहर कसरी जित्ने हो भनी हेर्नलाई तिनले पठाएका छन्।”
4
यसैले हानूनले दाऊदका दूतहरूलाई समातेर आधा-आधा दाह्री काटिदिए, र जाँघसम्म आधा-आधा लुगा काटिदिए। तब उनले तिनीहरूलाई त्यहाँबाट पठाइदिए।
5
जब तिनीहरूमाथि गरिएको यो व्यवहार दाऊदले सुने, तब तिनीहरूलाई भेट्न दाऊदले मानिसहरू पठाए, किनभने ती मानिसहरू साह्रै अपमानित भएका थिए। तिनीहरूका दाह्री फेरि नबढुञ्जेल यरीहोमा नै बस्नु भनी दाऊदले हुकुम गरे।
6
दाऊदसँग उनीहरूको व्यवहार नराम्रो भएको जब अम्मोनीहरूले थाहा पाए, तब उनीहरूले बेथ-रहोब र सोबाका बीस हजार अरामी पैदल-सिपाहीहरूलाई आफ्नो सहायताको निम्ति ज्यालामा ल्याए। उनीहरूले माकाका राजासहित एक हजार र तोबबाट बाह्र हजार मानिसहरू ज्यालामा ल्याए।
7
दाऊदले यो कुरा सुनेर योआब र सबै योद्धाहरूलाई पठाए।
8
अम्मोनीहरू आएर सहरको मूल ढोकामा युद्धको लागि मोर्चा बाँधे, अनि सोबा र रहोबका अरामी र तोब र माकाका मानिसहरूले चाहिँ खुला मैदानमा युद्धको निम्ति मोर्चा बाँधे।
9
तिनको अगि र पछि दुवैतिर युद्धको निम्ति मोर्चा बाँधेको योआबले देखे। यसैले तिनले इस्राएलका सर्वश्रेष्ठ फौजहरूलाई खटाएर अरामीहरूका सामुन्ने राखे।
10
बाँकी फौजलाई चाहिँ तिनले आफ्ना भाइ अबीशैको जिम्मामा दिए, जसले अम्मोनीहरूका सामुन्ने मोर्चा बाँधे।
11
योआबले तिनलाई भने, “यदि अरामीहरूले मलाई जित्दै ल्याए भने तिमीले मलाई सहायता गर्नू। तर यदि अम्मोनीहरूले तिमीलाई जित्दै ल्याए भने म तिमीलाई सहायता गर्नलाई आउनेछु।
12
साहस गर! हामी आफ्ना मानिसहरू र आफ्ना परमेश्वरका सहरहरूका निम्ति साहससित युद्ध गरौं। परमेश्वरको नजरमा जे ठीक छ उहाँले त्यही गर्नुहुनेछ।”
13
योआब र तिनका फौज अरामीहरूसित भिड़िन अगि बढ़े र तिनको अगि उनीहरू भाग्न लागे।
14
जब अम्मोनीहरूले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि अबीशैको सामुन्नेबाट भागेर सहरभित्र पसे। तब योआब अम्मोनीहरूसित लड़ाइँ गर्न छोड़ेर यरूशलेममा आए।
15
अरामीहरूले आफू इस्राएलीहरूसित हारेका देखेर आफ्नो फौजलाई फेरि जम्मा गरे।
16
हददेजेरले यूफ्रेटिस नदीको पारिबाट अरू अरामीहरूलाई बोलाउन भनी मानिसहरू पठाए, र उनीहरू हददेजेरका सेनापति शोबाकको नेतृत्वमा हेलाममा अगि बढ़े।
17
जब यो कुरा दाऊदले सुने, तब तिनले झट्टै इस्राएलका जम्मै फौजलाई जम्मा गरेर यर्दन पार गरे, अनि हेलामतिर बढ़े। त्यहीँ अरामीहरूले दाऊदको सामुन्ने मोर्चा बाँधे, र लड़ाइँ गरे,
18
तर इस्राएलले उनीहरूलाई भगाए। त्यहाँ दाऊदले सात सय अरामी सारथिहरू र चालीस हजार पैदल-सिपाहीहरूलाई मारे। तिनले शोबाकलाई पनि प्रहार गरे र उनी रणभूमिमा नै मरे।
19
जब हददेजेरका अधीनमा भएका सबै राजाहरूले हामी त इस्राएलद्वारा परास्त भएका छौं भनी देखे, तब उनीहरूले सन्धि गर्न मागे, र इस्राएलीहरूको अधीनता स्वीकार गरे। त्यसपछि अरामीहरूले अम्मोनीहरूलाई फेरि कहिल्यै सहायता दिने आँट गरेनन्।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
2 Samuel Commentaries
→
Devotional
2 Samuel Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→