bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Samuel 5
2 Samuel 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 6 →
1
तब इस्राएलका सबै कुल हेब्रोनमा दाऊदकहाँ आएर तिनलाई भने, “हामी तपाईंकै हाड़ र मासु हौं।”
2
अघि शाऊल हाम्रा राजा हुँदा पनि तपाईंले नै इस्राएलको सेनालाई लड़ाइँमा लाने र फर्काएर ल्याउने गर्नुहुन्थ्यो। अनि परमप्रभुले तपाईंलाई भन्नुभयो, तँ नै मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्। तँ तिनीहरूको राजा हुनेछस्’।”
3
तब इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा राजाकहाँ आए। त्यहाँ दाऊदले तिनीहरूसँग परमप्रभुको सामुन्ने करार बाँधे, र तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे।
4
दाऊद तीस वर्षको उमेरमा राजा बने, र तिनले चालीस वर्षसम्म राज्य गरे।
5
तिनले हेब्रोनमा यहूदामाथि साढ़े सात वर्ष अनि यहूदा र इस्राएल दुवैमाथि यरूशलेममा तेत्तीस वर्ष राज्य गरे।
6
त्यसपछि दाऊद राजा र तिनका मानिसहरू यरूशलेममा बस्ने यबूसीहरूलाई आक्रमण गर्न गए। यबूसीहरूले दाऊदलाई भने, “तपाईं यहाँ आउन सक्नुहुन्न, अन्धा र लङ्गड़ाहरूले पनि तपाईंलाई भगाउन सक्नेछन्।” उनीहरूको विचार यही थियो कि दाऊद कहिल्यै भित्र आउन सक्नेछैनन्।
7
तापनि दाऊदले सियोनको गढ़ी, दाऊदको सहर लिइहाले।
8
त्यस दिन दाऊदले भने, “हरेक जसले यबूसीहरूलाई जित्छ, त्यसले दाऊदका शत्रु ‘अन्धा र लङ्गड़ाहरूलाई’ पानीको नालबाट पसेर भेट्टाउनुपर्नेछ।” त्यसैकारण तिनीहरू भन्छन्, “कुनै ‘अन्धा र लङ्गड़ा’ महलमा आउनेछैनन्।”
9
दाऊद त्यही गढ़ीमा बस्न लागे, र त्यसको नाउँ दाऊदको सहर राखे। दाऊदले टेवा दिने गाराहरूका भित्रपट्टि गढ़ीका चारैतिर सहर बनाए।
10
अनि दाऊद झन्-झन् शक्तिशाली हुँदैगए, किनभने सर्वशक्तिमान् परमप्रभु परमेश्वर तिनीसँग हुनुहुन्थ्यो।
11
टुरोसका राजा हीरामले दाऊदकहाँ राजदूतहरू पठाए। हीरामले तिनीहरूका साथमा देवदारुका काठ र सिकर्मी र डकर्मीहरू पनि पठाए, अनि तिनीहरूले दाऊदको निम्ति एउटा महल बनाए।
12
परमप्रभुले तिनलाई इस्राएलमाथि राजा हुनलाई स्थिर गर्नुभयो, अनि तिनको राज्य आफ्नो प्रजा इस्राएलको निम्ति उच्च पार्नुभयो भनी दाऊदले अब थाहा पाए।
13
हेब्रोनबाट सरेपछि दाऊदले यरूशलेममा अझै धेरै उपपत्नीहरू र पत्नीहरू लिए। अनि तिनका अरू छोराछोरी जन्मे।
14
यरूशलेममा जन्मेका तिनका सन्तानहरूका नाउँ यी नै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन,
15
यिभार, एलीशूअ, नेपेग, यापी,
16
एलीशामा, एल्यादा र एलीपेलेत।
17
दाऊद इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्तीहरूले सुने, तब उनीहरू सेना लिएर दाऊदलाई खोज्न निस्के, तर यो कुरा सुनेर दाऊद गढ़ीमा ओर्लेर गए।
18
पलिश्तीहरू आएर रपाईहरूको बेँसीमा फैलिएर बसे।
19
तब दाऊदले परमप्रभुलाई सोधे, “म पलिश्तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “जा, म पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।”
20
तब तिनी उक्लेर गए, र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर त्यहाँ उनीहरूलाई जिते। दाऊदले भने, “नदीले आफ्नो किनार भत्काएझैँ परमप्रभुले मेरा शत्रुहरूका पङ्क्तिलाई भत्काइदिनुभयो।” त्यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम राखियो।
21
पलिश्तीहरूले आफ्ना मूर्तिहरू त्यहीँ छोड़े, अनि दाऊद र तिनका मानिसहरूले ती लगे।
22
पलिश्तीहरू फेरि आएर रपाईहरूको बेँसीमा फैलिएर बसे।
23
दाऊदले परमप्रभुलाई सोधे, र परमप्रभुले भन्नुभयो, “यस पल्ट सोझै आक्रमण नगर्, तर घुमेर लहरे-पीपलहरूका सामुन्ने पछिल्तिरबाट उनीहरूलाई आक्रमण गर्।
24
लहरे-पीपलहरूका टुप्पामा हुरुरुरु आवाज सुन्ने बित्तिकै झट्टै आक्रमण गरिहाल्, किनभने त्यस बेला परमप्रभु पलिश्तीहरूको सेनालाई परास्त गर्न तेरो अगिअगि जानुहुनेछ।”
25
दाऊदले परमप्रभुको आज्ञाबमोजिम गरे, अनि पलिश्तीहरूलाई गिबोनदेखि गेजेरसम्म खेदेर धपाए।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24