bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Samuel 9
2 Samuel 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 10 →
1
दाऊदले सोधे, “के शाऊलका घरानाको कोही बाँचेको छ, जसलाई म जोनाथनको खातिर दया देखाउन सक्छु?”
2
शाऊलको घरानामा सीबा नाउँ भएको एक जना नोकर थियो। त्यसलाई दाऊदले बोलाइपठाए। राजाले सोधे, “के तँ सीबा होस्?” त्यसले जवाफ दियो, “हजूरको दास सीबा म नै हुँ।”
3
तब राजाले भने, “के शाऊलका घरानाको कोही जीवित छ, जसप्रति परमेश्वरको दया म देखाउन सक्छु?” सीबाले भन्यो, “हजूर, जोनाथनका एक जना छोरा जीवित छन्। उनी दुवै खुट्टाका लङ्गड़ा छन्।”
4
राजाले सोधे, “उनी कहाँ छन्?” अनि सीबाले जवाफ दियो, “उनी लो-देबारमा अम्मीएलका छोरा माकीरका घरमा छन्।”
5
तब राजाले मानिसहरू पठाएर लो-देबारदेखि अम्मीएलका छोरा माकीरको घरबाट उनलाई झिकाए।
6
जब जोनाथनका छोरा, शाऊलका नाति मपीबोशेत दाऊदकहाँ हाजिर भए, तब उनले घोप्टो परेर राजालाई दण्डवत् गरे। दाऊदले उनलाई भने, “मपीबोशेत!” उनले जवाफ दिए, “हजूर, म तपाईंको दास।”
7
दाऊदले भने, “नडराऊ। म तिमीलाई तिम्रा पिता जोनाथनको खातिर दया देखाउन चाहन्छु। म तिमीलाई तिम्रा बाजे शाऊलका सबै जग्गाजमिन फर्काइदिनेछु। तिमी मेरा टेबिलमा बसेर मसँगै खानेछौ।”
8
मपीबोशेतले फेरि घोप्टो परेर दण्डवत् गरी भने, “म को हुँ, र हजूरले म एउटा मरेको कुकुरलाई पनि ख्याल गर्नुहुन्छ?”
9
तब दाऊदले शाऊलको नोकर सीबालाई आफूकहाँ बोलाउने हुकुम गरेर त्यसलाई भने, “म तेरा मालिकका नातिलाई शाऊल र उनको घरानाका सबै सम्पत्ति दिँदैछु।
10
तैंले, तेरा छोराहरू र तेरा चाकरहरूले उनको जग्गाजमिनमा खेतीपाती गरेर त्यसको फसल तेरा मालिकको घरानालाई जुटाउनुपर्छ। अनि मपीबोशेत, तेरा मालिकका नातिले मेरो टेबिलमा बसेर खानेछन्।” (सीबाका पन्ध्र छोरा र बीस चाकरहरू थिए।)
11
तब सीबाले राजालाई भन्यो, “हजूरले हुकुम गर्नुभएबमोजिम म सबै गर्नेछु।” यसैले राजाका छोराहरूमध्ये एक जना भएझैँ मपीबोशेतले दाऊदको टेबिलमा खान लागे।
12
मपीबोशेतको मीका नाउँ भएको एक जना सानो छोरो थियो। सीबाको घरानाका सबै जना मपीबोशेतका नोकर भए।
13
अनि मपीबोशेतचाहिँ यरूशलेममा बस्न लागे, र राजाकै टेबिलमा नित्य राजासँगै उनले खाने गर्थे। उनी दुवै खुट्टाका लङ्गड़ा थिए।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24