bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Samuel 11
2 Samuel 11
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 12 →
1
बसन्त ऋतुमा जब राजाहरू लड़ाइँ गर्नलाई निस्कन्छन्, दाऊदले योआब र आफ्ना अरू अधिकृतहरू र सबै इस्राएलका फौजलाई पठाए, र तिनीहरूले अम्मोनीहरूलाई ध्वंस पारे, र रब्बालाई घेरे। तर दाऊदचाहिँ यरूशलेममा नै रहे।
2
एक बेलुकी दाऊद पलङ्गबाट उठेर महलको कौसीमाथि घुमिरहेका बेलामा तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे, अनि तिनी अति सुन्दरी थिइन्।
3
तिनी को हुन् भनी सोधपूछ गर्नलाई तिनले मानिस पठाए, र यस्तो खबर आयो, “के तिनी एलीआमकी छोरी हित्ती उरियाहकी पत्नी बतशेबा होइनन् र?”
4
दाऊदले तिनलाई ल्याउन मानिसहरू पठाए, अनि तिनी आइन्, र दाऊदले तिनीसित सहवास गरे। (तिनले आफ्नो रजस्वलाको बेलापछि आफैलाई शुद्ध पारेकी थिइन्।) त्यसपछि तिनी आफ्नो घरमा गइन्।
5
तिनी गर्भवती भइन्, र तिनले “गर्भवती भएँ” भनेर दाऊदकहाँ समाचार पठाइन्।
6
दाऊदले “हित्ती उरियाहलाई मकहाँ पठाइदिनू” भनेर योआबलाई हुकुम गरे। तब योआबले त्यसलाई दाऊदकहाँ पठाइदिए।
7
अनि जब उरियाह आइपुग्यो तब दाऊदले योआब र फौजको समाचार र लड़ाइँ कस्तो चलिरहेको छ भनी सोधे।
8
त्यसपछि दाऊदले उरियाहलाई भने, “तिम्रो घर गएर आफ्ना खुट्टा धोऊ।” त्यो महलबाट निस्केपछि राजाले त्यसको पछिपछि उपहार पठाइदिए।
9
तर उरियाह आफ्नो घरमा गएन, तर राजाका दासहरूसँग महलको मूल ढोकामै सुत्यो।
10
“उरियाह त आफ्नो घरमा गएको छैन” भनी दाऊदले सुनेपछि त्यसलाई भने, “तिमी त लामो यात्राबाट आएका होइनौ र? तिमी किन आफ्नो घरमा गएनौ?”
11
उरियाहले उत्तर दियो, “इस्राएल र यहूदा र सन्दूक पनि पालमा छन्, अनि मेरा स्वामी योआब र हजूरका अधिकृतहरू खुला मैदानमा पालमा छन्। म त कसरी खान र पिउन र मेरी पत्नीसित सुत्नलाई घरमा जाऊँ? हजूरको जीवनको शपथ खाएर भन्दछु, कि म त्यसो गर्न सक्दिनँ।”
12
तब दाऊदले उरियाहलाई भने, “त्यसो भए अरू एक दिन यहीँ बस र भोलि म तिमीलाई जान दिनेछु।” यसैले उरियाह त्यस दिन र भोलिपल्ट यरूशलेममा नै बस्यो।
13
दाऊदले त्यसलाई खानपान गर्नलाई निम्तो दिए, र त्यसलाई मत्त्याए। तर बेलुकी त्यो बाहिर गयो र राजाका दासहरूसितै आफ्नो ओछ्यानमा त्यसले रात बितायो, र घरमा गएन।
14
भोलिपल्ट बिहान दाऊदले योआबलाई एउटा चिट्ठी लेखेर उरियाहको हातमा पठाए।
15
तिनले चिट्ठीमा लेखे, “शत्रुकै मुखमा, जहाँ लड़ाइँ खूब मच्चिएको छ, त्यहाँ उरियाहलाई पठाएर तिमीहरूचाहिँ पछि हट, र त्यो मरोस्।”
16
यसैकारण जब योआबले सहरलाई घेरा हालेका थिए, तब तिनले उरियाहलाई यस्तो ठाउँमा खटाइदिए, जुन ठाउँमा कड़ा मुकाबिला हुनेछ भनी तिनलाई थाहा थियो।
17
सहरका मानिसहरूले एक्कासि निस्केर योआबसँग लड़ाइँ गर्न लागे, र दाऊदका केही सिपाहीहरू मारिए। हित्ती उरियाह पनि मारियो।
18
तब योआबले दाऊदकहाँ लड़ाइँका सबै समाचारसाथ एक जना मानिसलाई पठाए।
19
त्यो समाचार लाने मानिसलाई योआबले यस्तो आदेश दिए, “तैंले लड़ाइँको सबै हाल राजालाई बताइसकेपछि,
20
राजाले रिसाएर यसो भन्नुभयो भने, ‘लड़ाइँ गर्दा तिमीहरू सहरको त्यति नजिक किन गयौ त? पर्खालबाट काँड़ हान्नेछ भनेर तिमीहरूले जान्नुपर्नेथियो।
21
यरूबबेसेतका छोरा अबीमेलेकलाई कसले मार्यो? तिनलाई एउटी स्त्रीले जाँतोको पाटा पर्खालबाट खसाइदिएर मारेकी थिइन् र? अनि तिनी तेबेसमा मरे, होइन र? तिमीहरू पर्खालको त्यति नजिक किन गयौ?’— उहाँले यसरी सोध्नुभयो भने उहाँलाई यसो भन्नू, ‘हजूरको दास हित्ती उरियाह पनि मर्यो’।”
22
त्यो समाचार लाने मानिस हिड़्यो, र दाऊदकहाँ आयो, र योआबको आज्ञाअनुसार सबै समाचार दियो।
23
त्यसले दाऊदलाई भन्यो, “शत्रुहरू हाम्रा विरुद्धमा खुला फाँटमा जम्मा भए, र हामीलाई मिच्न लागे। तर हामीले उनीहरूलाई सहरको मूल ढोकासम्मै ठेल्दै लग्यौं?
24
त्यहाँ काँड़ चलाउनेहरूले तपाईंका दासहरूलाई पर्खालबाट काँड़ चलाए, र राजाका कति मानिसहरू मरे। साथै हजूरको दास हित्ती उरियाह पनि मारियो।”
25
दाऊदले त्यस मानिसलाई भने, “योआबलाई यो समाचार लैजा, ‘तिमी नघबराऊ, तरवारले जसरी एक जनालाई मार्छ, अर्कालाई पनि मार्छ। सहरलाई आक्रमण जारी राख, र त्यस सहरलाई ध्वंस-विध्वंस गरिदेऊ’। योआबलाई साहस होस् भनी यो कुरा भन्।”
26
जब उरियाहकी पत्नीले आफ्ना पति मरेको समाचार सुनिन्, तब त्यसको निम्ति तिनले शोक गरिन्।
27
अनि जब शोकको समय पूरा भयो तब दाऊदले मानिसहरू पठाएर तिनलाई आफ्नो घरमा ल्याए। तिनी दाऊदकी पत्नी भइन्, र एक जना छोरो जन्माइन्। तर जे दाऊदले गरेका थिए त्यसमा परमप्रभु अप्रसन्न हुनुहुन्थ्यो।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
2 Samuel Commentaries
→
Devotional
2 Samuel Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→