bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Samuel 14
2 Samuel 14
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 15 →
1
जब राजाको मन अब्शालोमतिर फर्केछ भनी सरूयाहका छोरा योआबले थाहा पाए,
2
तब तिनले तकोमा मानिसहरू पठाएर एउटी बुद्धिमती स्त्रीलाई बोलाइपठाए। तिनले त्यसलाई भने, “शोक गर्ने स्त्रीझैँ बहाना गर, शोकको लुगा लाऊ, केशमा तेल नलगाऊ, र धेरै दिनदेखि शोकमा बसेकी स्त्रीझैँ बन।
3
त्यसपछि राजाकहाँ गएर मैले तिमीलाई सिकाएको कुरा भन।” तब के भन्नुपर्ने हो सो योआबले त्यसलाई भने।
4
जब तकोकी स्त्री राजाको सामुन्ने हाजिर भई, तब त्यो भूइँसम्मै घोप्टो परी, र राजालाई दण्डवत् गरी रुँदै भनी, “दुहाई, महाराजा!”
5
राजाले त्यसलाई सोधे, “तिमीलाई के दु:ख छ?” त्यसले भनी “हजूर, म एउटी विधवा हुँ। मेरा पति मरे।
6
मेरा दुई छोराहरू थिए, अनि तिनीहरू मैदानमा झगड़ा गरे। त्यहाँ तिनीहरूलाई छुट्ट्याउने कोही थिएन। र एउटाले अर्कालाई हिर्काएर मार्यो।
7
अब हेर्नुहोस्, मेरा सबै आफन्तहरू मेरो विरुद्धमा उठेर यसो भन्छन्, ‘आफ्नो भाइ मार्नेलाई हामीकहाँ सुम्पिदेऊ र त्यसले आफ्नै भाइको हत्या गरेको हुनाले हामी त्यसलाई मार्नेछौं, अनि यसरी उत्तराधिकारीलाई पनि खतम गरिदिनेछौं’। यदि तिनीहरूले त्यसो गरे भने मेरो एउटै बचेको आगोको भुङ्ग्रो पनि निभाइदिनेछन्, र मेरा पतिको नाउँनिशानै मेटाइदिएर संसारमा कोही सन्तान बाँकी रहनेछैन।”
8
राजाले त्यस स्त्रीलाई भने, “जाऊ, म तिम्रो इन्साफ गरिदिनेछु।”
9
तर तकोकी त्यस स्त्रीले अझै भन्न लागी, “हजूर, यसको दोष म र मेरा पिताको घरमाथि परोस्। महाराजा र उहाँको सिंहासनचाहिँ निर्दोष रहून्।”
10
राजाले भने, “यदि कसैले तिमीलाई अझै केही भन्यो भने, त्यसलाई मकहाँ ल्याऊ, र त्यसले तिमीलाई फेरि कहिल्यै दु:ख दिनेछैन।”
11
तब त्यस स्त्रीले फेरि भनी “प्रतिशोधीहरूलाई खराबी गर्न नदिन र मेरो छोरालाई पनि खतम गर्न नदिनलाई हजूरले परमप्रभु आफ्ना परमेश्वरलाई पुकारा गरिदिनुहोस्।” राजाले यसो भनेर शपथ खाए, “तिम्रो छोराको एउटा केश पनि भूइँमा खस्न पाउनेछैन भनी जीवित परमप्रभुको नाउँमा म भन्दछु।”
12
तब त्यस स्त्रीले भनी, “हजूर, म अझै एउटा कुरा भन्न पाउँछु कि?” राजाले भने, “भन।”
13
त्यसले भनी, “परमेश्वरको जनप्रति यस्तै किसिमको खराबी गर्न हजूरको मनमा यस्तो कुरा कसरी पस्न सक्यो? जब राजाले यसो भन्नुहुन्छ, के उहाँले आफैलाई पनि दोषी ठहराउनुहुन्न र? किनकि देश निकालावास गर्नुभएको मानिसलाई हजूरले फेरि फर्काएर ल्याउनलाई इन्कार गर्नुभएको छ।
14
भूइँमा पोखिएर लोप भएको पानीझैँ हामी पनि मर्नु नै पर्छ, तर परमेश्वरले प्राण लिइहाल्नुहुन्न। बरु निकालावास भएको मानिस उहाँबाट अज्ञात नरहोस् भनी उहाँले उपाय पो गरिदिनुहुन्छ।
15
“म यो कुरा हजूरलाई भन्न आएकी हुँ, किनभने मानिसहरूले मलाई धम्की दिएका छन्। मैले विचार गरें, यदि मैले राजासँग कुरा गर्न पाए शायद उहाँले म उहाँकी दासीले भनेकी कुरा गरिदिनुहुनेछ,
16
र मलाई र मेरो छोरालाई परमेश्वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट वञ्चित गराउन खोज्ने मानिसबाट बचाउनुहुनेछ।
17
“अब हजूरकी दासी यो भन्छे, ‘मेरा हजूर राजाका वचनले मलाई विश्राम देऊन्, किनभने खराब र असल छुट्ट्याउनमा हजूर त परमेश्वरका एक स्वर्गदूतजस्तै हुनुहुन्छ। परमप्रभु हजूरका परमेश्वर हजूरसँग रहून्’।”
18
तब राजाले त्यस स्त्रीलाई भने, “मलाई केही कुरा नलुकाऊ। म तिमीलाई एउटा प्रश्न सोध्छु।” त्यसले भनी, “हुकुम होस्, हजूर।”
19
तब राजाले त्यसलाई सोधे, “के यी सबैमा योआबको हात छ?” त्यसले जवाफ दिई, “हजूरका जीवनको शपथ खाएर म भन्दछु, जब हजूरले कुनै प्रश्न सोध्नुहुन्छ, तब बोल्नेको दाहिने-देब्रे फर्कने बाटै हुँदैन। ज्यू, हजूरका दास योआबले मलाई यो कुरो सिकाएका हुन्, र तिनैले मेरो मुखमा यी सब वचन हालिदिएका हुन्।
20
अहिलेको स्थितिलाई अर्कोतिर ढल्काउनलाई हजूरका दास योआबले यो गरेका हुन्। हजूर परमेश्वरका दूतझैँ बुद्धिमान् हुनुहुन्छ, अनि देशमा के भइरहेछ सबै जान्नुहुन्छ।”
21
राजाले योआबलाई भने, “यस कुरामा मैले तिमीलाई मेरो सम्मति दिएँ। गएर त्यस जवान मानिस अब्शालोमलाई फर्काएर ल्याऊ।”
22
तब योआबले नम्रसित साष्टाङ्ग-दण्डवत् गरे, अनि राजालाई आदर प्रकट गरेर बिदा हुँदै भने, “मेरो विनम्र बिन्ती हजूरले स्वीकार गर्नुभएको कारण मैले हजूरको निगाह प्राप्त गरें भनी मलाई थाहा भयो।”
23
तब योआब झट्टै गशूरमा गएर अब्शालोमलाई यरूशलेममा फर्काएर ल्याए।
24
तर राजाले भने, “त्यो आफ्नै घरमा बसोस्। त्यो मेरो उपस्थितिमा नआओस्।” यसैले अब्शालोम आफ्नै घरमा गए, र राजाको सामुन्ने देखा परेनन्।
25
सुन्दरतामा सारा इस्राएलमा अब्शालोम जत्तिकै प्रशंसाको योग्य कोही थिएन। शिरदेखि पैतालासम्म तिनमा कुनै खोट थिएन।
26
जब तिनले आफ्नो कपाल काट्थे (किनभने गह्रौँ भएकोले समय-समयमा तिनले आफ्नो कपाल काट्थे), तब राजकीय तौलबमोजिम तिनको केश दुई सय शेकेल हुन्थ्यो।
27
अब्शालोमका तीन छोरा र तामार नाउँ भएकी एउटी छोरी जन्मेका थिए। तामार एक अत्यन्त सुन्दरी स्त्री बनिन्।
28
अब्शालोम पूरा दुई वर्ष यरूशलेममा राजाको सामुन्ने देखा नपरी बसे।
29
तब तिनले राजाकहाँ समाचार पठाइदिन योआबलाई बोलाइपठाए, तर योआब आउन मानेनन्। अब्शालोमले तिनलाई दोस्रो पल्ट पनि बोलाइपठाए, तर तिनी अझै पनि आउन मानेनन्।
30
तब अब्शालोमले आफ्ना नोकरहरूलाई भने, “योआबको एउटा बारी मेरै बारीको छेउमा छ, अनि त्यसमा जौ उम्रिरहेको छ भनी तिमीहरूलाई थाहै छ। जाओ, गएर त्यसमा आगो लगाइदेओ।” यसैले अब्शालोमका नोकरहरूले त्यसमा आगो लगाइदिए।
31
त्यसपछि योआब अब्शालोमको घरमा गएर तिनलाई भने, “तपाईंका नोकरहरूले किन मेरो बारीमा आगो लगाइदिए?”
32
अब्शालोमले भने, “मैले तिमीद्वारा राजालाई यो समाचार दिन सक्छु कि भनेर तिमीलाई यहाँ आउन भनी बोलाइपठाएँ, ‘मलाई किन गशूरबाट आउनुपर्यो? म त त्यहीँ नै बसिरहेको भए असल हुनेथियो’। यसकारण म राजाको सामुन्ने हाजिर हुन पाऊँ। अनि मैले केही दोष गरेको भए उहाँले मलाई मारून्।”
33
यसैले योआब राजाकहाँ गएर राजालाई यो कुरा सुनाइदिए। तब राजाले अब्शालोमलाई बोलाइपठाए। तिनी आए, र राजालाई नम्रतापूर्वक साष्टाङ्ग-दण्डवत् गरे। अनि राजाले अब्शालोमलाई म्वाइँ खाए।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
2 Samuel Commentaries
→
Devotional
2 Samuel Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→