bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Samuel 17
2 Samuel 17
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 18 →
1
अहीतोपेलले अब्शालोमलाई भने, “बाह्र हजार मानिस छान्नुहोस्, र आज राती दाऊदलाई खेद्नुहोस् भन्ने मेरो सल्लाह छ।
2
तिनी थाकेर हैरान भएको बेलामा तिनलाई हमला गर्नुहोस्। तिनलाई आतङ्कित बनाउनुहोस्, र तिनीसँग भएका सबै मानिस तितरबितर हुनेछन्। राजालाई बाहेक अरू कसैलाई नमार्नुहोस्।
3
सबै मानिसहरूलाई तपाईंकहाँ फर्काइल्याउनुहोस्। तिनको मृत्युले नै सबै जनालाई फर्काइल्याउन सक्छ। अरू सबै मानिसहरूमाथि चाहिँ कुनै हानि हुनेछैन।”
4
अब्शालोम र इस्राएलका सबै धर्म-गुरुहरूले अहीतोपेलको सल्लाह स्वीकार गरे।
5
तर अब्शालोमले भने, “अरकी हूशैलाई बोलाइपठाओ, र तिनले के भन्दारहेछन् सो हामी सुनौं।”
6
हूशै आए, र अहीतोपेलले भनेका सबै कुरा अब्शालोमले तिनलाई भनिदिए, र तिनलाई सोधे, “अहीतोपेलले हामीलाई यस्तो सल्लाह दिएका छन्। के हामी तिनले भनेअनुसार गरौं? होइन भने, तिम्रो के विचार छ भन।”
7
हूशैले अब्शालोमलाई भने, “यस पल्ट अहीतोपेलले दिएका सल्लाह ठीक छैन।”
8
हूशैले अझै भने, तपाईंका पिता र उहाँसँग भएका मानिसहरू अनुभवी लड़ाकाहरू छन्, र बच्चा खोसिएका जङ्गलका क्रोधी भालूहरूजस्ता छन्। तपाईंका पिता युद्ध-कलामा निपुण हुनुहुन्छ, अनि उहाँ राती सेनासँग बस्नुहुनेछैन।
9
अहिले पनि उहाँ कुनै ओड़ारमा वा अरू त्यस्तै ठाउँमा लुकिरहनुभएको छ होला। यदि उहाँले उछिनेर पहिले नै तपाईंको फौजलाई हमला गर्नुभयो भने र यो कुरा थाहा लाग्यो भने सुन्नेले भन्नेछन् ‘अब्शालोमका पछि लाग्ने फौजहरू त नष्ट भएका छन्।’
10
त्यसो हुँदा कस्तै सूरो र सिंहजस्तै मुटु भएको मानिसको साहस पनि हराउनेछ। किनभने सारा इस्राएलले जान्दछ कि तपाईंका पिता एक महावीर हुनुहुन्छ, र उहाँसँग हुनेहरू पनि साहसीहरू छन्।
11
यसैले मेरो सल्लाह यही छ: दानदेखि बेर्शेबासम्मका सारा इस्राएललाई समुद्रका बालुवाका कणजस्तै तपाईंकहाँ जम्मा हुन दिनुहोस्, र तिनीहरूका अगाड़ि तपाईं आफै युद्धमा मानिसहरूलाई लिएर जानुहोस्।
12
तब उहाँ जहाँ हुनुभए तापनि हामी कहीँ न कहीँ उहाँमाथि आक्रमण गर्नेछौं, र भूइँमा शीत परेझैँ उहाँमाथि ओइरिनेछौं, अनि उहाँका घरानाको एउटै पनि अथवा उहाँपछि लाग्नेहरू कुनै पनि जीवित छोड़िनेछैन।
13
उहाँ कुनै सहरभित्र शरण लिनुभए तापनि सारा इस्राएलले त्यस सहरलाई लठारा ल्याएर एउटै ढुङ्गा पनि त्यसको जगमा नपाइने गरी हामी घिस्स्याएर बेँसीमा पुर्याउनेछौं।”
14
अब्शालोम र इस्राएलका सबै मानिसहरूले भने, “अरकी हूशैले अहीतोपेलको भन्दा राम्रो सल्लाह दिएका छन्।” यो त अहीतोपेलको राम्रो सल्लाह विफल बनाउने, अनि यसरी अब्शालोमको विनाश गर्ने परमप्रभुको अभिप्राय मात्र थियो।
15
हूशैले सादोक र अबियाथार पूजाहारीहरूलाई अहीतोपेलले अब्शालोम र इस्राएलका धर्म-गुरुहरूलाई दिएको सल्लाह, अनि आफूले दिएको सल्लाह पनि बताइदिए।
16
हूशैले भने, “यसैले अब चाँड़ो दाऊदकहाँ मानिस पठाओ, र उहाँलाई यसो भन, ‘मरुभूमिका जँघारहरूमा वास नबस्नू तर पारि गइहाल्नू, नत्रता राजा र उहाँका मानिसहरू खतम पारिनेछन्’।”
17
जोनाथन र अहीमासचाहिँ एनरोगेलमा पर्खिबसेका थिए, र एउटी दासी गएर तिनीहरूलाई खबर दिन्थी, अनि तिनीहरूले चाहिँ दाऊदलाई खबर दिन्थे। किनभने सहरभित्र कसैले देख्ने खतरामा पर्न तिनीहरू चाहँदैनथे।
18
तर यस पल्ट त एक जना केटाले तिनीहरूलाई देख्यो, र त्यसले अब्शालोमलाई सुनाइदियो। यसैले ती दुई जना हतार-हतार गरी बहूरीममा एक जना मानिसको घरमा गए। त्यसका घरको आँगनमा एउटा इनार थियो, अनि तिनीहरू त्यसभित्र पसे।
19
त्यस मानिसकी पत्नीले एउटा ढक्कन ल्याएर त्यस इनारको मुखमा फिँजाइदिई, र त्यसमाथि अन्नको बिस्कुन राखिदिई, अनि कसैलाई त्यसको केही थाहा भएन।
20
अब्शालोमका मानिसहरू आएर त्यस स्त्रीलाई सोधे, “अहीमास र जोनाथन कहाँ छन्?” त्यसले भनी “तिनीहरू त खोला पारि गए।” ती मानिसहरूले यताउता खोजे, तर कसैलाई भेट्टाएनन्। यसैले उनीहरू यरूशलेममा फर्के।
21
जब उनीहरू गइसके तब ती दुई मानिसहरू इनारबाट उक्लेर निस्के, र दाऊद राजाकहाँ गएर सबै कुरा बताइदिए। तिनीहरूले भने, “उठ्नुहोस्, र झट्टै खोला तर्नुहोस्।” अनि राजाको विरुद्धमा अहीतोपेलले गरेको युक्ति तिनीहरूले सुनाइदिए।
22
यसैले दाऊद र तिनका सबै दल तुरुन्त यर्दन नदी पार गर्न लागे। मिरमिरे उज्यालोमा पारिपट्टिको किनारमा नपुगेको कोही पनि रहेन।
23
जब आफूले दिएको सल्लाह नमानेको अहीतोपेलले बुझे, तब तिनले आफ्नो गधामा जीन-लगाम कसेर आफ्नो सहरपट्टि आफ्नो घरतिर गए। त्यहाँ तिनले आफ्नो घरलाई ठीकठाक गरी आफैलाई झुण्ड्याएर आत्महत्या गरे। तिनी यसरी मरे, र आफ्नो बुबाको चिहानमा गाड़िए।
24
अब्शालोम र तिनीसँग भएका सबै इस्राएलीहरू यर्दन पार गरे, तर दाऊद अघि नै महनोममा पुगिसकेका थिए।
25
अब्शालोमले योआबको सट्टामा अमासालाई सेनापति बनाएका थिए। तिनीचाहिँ इस्राएली येतेर नाउँ भएका मानिस र योआबकी आमा सरूयाहकी बहिनी अनि नाहाशकी छोरी अबीगेलका छोरा थिए।
26
इस्राएलीहरू र अब्शालोमले गिलादको जिल्लामा छाउनी हाले।
27
जब दाऊद महनोममा आइपुगे, तब अम्मोनीहरूको रब्बामा बस्ने नाहाशका छोरा शोबी, लो-देबारमा बस्ने अम्मीएलका छोरा माकीर र रोगलीममा बस्ने गिलादी बर्जिल्लैले
28
ओढ्ने-ओछ्याउने, भाँड़ा-कुँड़ा र कचौराहरू ल्याएर तिनलाई दिए। तिनीहरूले गहूँ, जौ, आँटा, चिउरा, सिमी, दाल,
29
मह, दही, भेड़ाहरू र गाईका दूधको पनीर दाऊद र तिनीसँग भएका मानिसहरूका निम्ति खानलाई दिए, किनभने मानिसहरू मरुभूमिमा भोकाएका, तिर्खाएका र थाकेका छन् भनी तिनीहरूले सम्झे।
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
2 Samuel Commentaries
→
Devotional
2 Samuel Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→