bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 10
2 Samuel 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 11 →
1
केही दिनपछि अम्मोनका राजा नाहाश मरे र तिनको छोरो हानून राजा भए।
2
दाऊद राजाले भने, “नाहाशले मसँग कुशल सम्बन्ध राखेझैँ मैले पनि हानूनसित त्यस्तै सम्बन्ध राख्नुपर्छ।” यसकारण आफ्नो समवेदना जनाउन दाऊदले हानूनकहाँ दूतहरू पठाए। जब तिनीहरू अम्मोन पुगे,
3
अम्मोनी अगुवाहरूले आफ्ना राजालाई भने, “तपाईंको पिताको सम्मान्मा तपाईंप्रति समवेदना जनाउन दाऊदले तपाईंकहाँ आफ्ना दूत पठाएका हुन् भनी ठान्नुहुन्छ? अवश्य नै होइन! तिनले सहरको चेवा गर्न जासूस पठाएका हुन्। तिनीहरू हामीलाई अधीन गर्न चाहन्छन्!”
4
हानूनले दाऊदका दूतहरूलाई समाते, तिनीहरूका एक-एकपट्टिका दाह्री खौरिदिए, तिनीहरूका कपडा जाँघसम्म काटिदिए र तिनीहरूलाई फर्काए जान लाए।
5
तिनीहरूले घर जान औधी लाज माने। जब दाऊदले तिनीहरूमाथि यस्तो गरिएको खबर पाए, तब तिनीहरूलाई दाह्री फेरि नबढुञ्जेल यरीहोमा बस्न खबर पठाए।
6
हामीले दाऊदलाई शत्रु बनाएका छौं भनी अम्मोनीहरूलाई थाहा भयो र तिनीहरूले बेथ-रहोब र सोबाबाट बीस हजार अरामी सिपाही, तोबबाट बाह्र हजार मानिसहरू र माकाका राजालाई एक हजार मानिसहरूसहित ज्यालामा ल्याए।
7
दाऊदले सो कुरा सुने र तिनको विरुद्धमा योआबलाई आफ्ना सबै सेनाका साथ पठाए।
8
अम्मोनीहरू अघि बढेर गई आफ्नो राजधानी रहोब सहरको मूल-ढोकामा युद्धको लागि मोर्चा बाँधे र अरामीहरू, तोब र माकाका योद्धाहरूले खुला मैदानमा मोर्चा बाँधे।
9
शत्रुका सेनाले अघि र पछि दुवैपट्टिबाट आफूलाई हमला गर्नेछन् भनी योआबले देखे र तिनले इस्राएलका सबैभन्दा असल योद्धाहरूलाई चुनेर अरामीहरूको सामुन्ने राखे।
10
अरू फौजलाई आफ्नो भाइ अबीशैको जिम्मामा दिए र अबीशैले तिनीहरूलाई अम्मोनीहरूको सामना गर्न तिनीहरूको सामुन्ने मोर्चा बाँधे।
11
योआबले अबीशैलाई भने, “अरामीहरूले मलाई जित्दैल्याए भने तिमी मलाई मद्दत गर्न आउनू र यदि अम्मोनीहरूले तिमीलाई जित्दैलगे भने म तिमीलाई मद्दत गर्न आउनेछु।
12
साहसी र बलिया बन! हामी आफ्ना मानिसहरू र परमेश्वरका सहरहरूको निम्ति साहससित लडौं र परमप्रभुको इच्छा पूरा होस्!”
13
योआब र तिनका फौज सिरियालीहरूलाई हमला गर्न अघि बढे; तर सिरियालीहरू भागे।
14
अरामीहरूलाई भागेको देखेर अम्मोनीहरू पनि अबीशैबाट भागे र सहरभित्र पसे। तब योआबले अम्मोनीहरूसित लडाइँ गर्न छोडे र यरूशलेम फर्के।
15
इस्राएलीहरूले हामीलाई जितेछन् भनी अरामीहरूले थाहा गरे र तिनीहरूले आफ्ना फौज एकसाथ जम्मा गरे।
16
हददेजेर राजाले यूफ्रेटिस नदीको पूर्वपट्टि रहेका सिरियालीहरूलाई बोलाउन पठाए र तिनीहरू सोबाका राजा हददेजेरका सेनापति शोबाकको आदेशमा हेलाममा गए।
17
त्यो कुरा दाऊदले सुनेर इस्राएली सेनालाई जम्मा गरे र यर्दन नदी पार गरी हेलाम पुगे। त्यहाँ अरामीहरूले दाऊदको सामना गर्न मोर्चा बाँधे। लडाइँ सुरु भयो
18
र इस्राएलीहरूदेखि अरामी सेनालाई भगाइयो। दाऊद र तिनका सेनाले अरामी रथका सात सय सारथिहरू र चालीस हजार घोड-चढीहरूलाई मारे र शत्रुका सेनापति शोबाकलाई घाइते बनाए र त्यहीँ लडाइँको मैदानमा उनी मरे।
19
जब हददेजेरका अधीनमा रहेका राजाहरूले हामी इस्राएलद्वारा परास्त भयौं भनी थाहा पाए, तब तिनीहरूले इस्राएलीहरूसित सन्धि गरे र तिनीहरूको अधीनमा भए। अम्मोनीहरूलाई अरू मद्दत गर्न अरामीहरू डराए।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24