bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 13
2 Samuel 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 14 →
1
दाऊदको छोरा अब्शालोमकी तामार नाम गरेकी एउटी सुन्दरी विवाह नभएकी बहिनी थिई। दाऊदको अर्को एउटा छोरो अमनोन तिनीसित प्रेममा फस्यो।
2
अमनोन तामारको प्रेमले गर्दा रोगाउन थाल्यो किनभने उसले केटीलाई पाउन असम्भवजस्तो देखिन्थ्यो। कन्ये केटी हुनाले त्यसलाई पुरुषहरूसित भेट गर्न दिँइदैनथ्यो।
3
तर उसको योनादाब नाम गरेको अत्यन्त चतुर मित्र थियो। दाऊदका दाजु शिमाहका छोरा योनादाब थिए।
4
योनादाबले अमनोनलाई भने, “तिमी राजाका छोरा हौ र पनि म तिमीलाई सधैँ उदास देख्छु। किन, के भयो?” उनले जवाफ दिए, “म मेरो सौतेलो दाजु अब्शालोमकी बहिनी तामारलाई प्रेम गर्दछु।”
5
योनादाबले भने, “बिरामी छु भनी बहाना गरेर ओछ्यानमा सुत। तिमीलाई हेर्न तिम्रा बुबा आउँदा तिनलाई यसो भन, ‘मेरी बहिनी तामारलाई आएर मलाई खुवाउनलाई दिनुहोस्। त्यसले मेरो सामुन्ने खाना तयार गरेर मलाई पस्किदिएको म खान चाहन्छु।”
6
यसरी बिरामी भएको बहाना गरेर अमनोन ओछ्यानमा सुतिरह्यो। दाऊद राजा तिनलाई हेर्न गए। अमनोनले राजालाई भने, “हजुर, कृपा गरी मेरी बहिनी तामारलाई यहाँ आई मेरो सामुन्ने केही रोटी आफ्नै हातले पकाएर मलाई खुवाउने अनुमति दिनुहोस्।”
7
यसकारण दाऊदले तामारलाई महलमा खबर गरे, “अमनोनको घर गएर त्यसको निम्ति खाना पकाइदे।”
8
त्यहाँ गएर तिनले अमनोनलाई ओछ्यानमा सुतेको देखिन्। केही पिठो मुछेर तिनको सामुन्ने तामारले रोटी पकाइन्
9
र तिनले ताईबाट रोटी निकालिन् तर अमनोनले खाएन। उसले भन्यो, “सबैलाई जान लगाऊ,” र तिनीहरू सबै बिदा भए।
10
तब उसले तामारलाई भन्यो, “रोटी मकहाँ ओछ्यानमा नै ल्याऊ र आफ्नै हातले मलाई खुवाऊ।” रोटी लिएर तिनी अमनोनछेउ गइन्।
11
उनले रोटी अमनोनलाई दिइन्; तर उसले तिनको हात समातेर भन्यो, “आऊ, ओछ्यानमा सुत।”
12
तिनले भनिन्, “अँहँ, हुँदैन। मलाई यस्तो निच काम गर्न जबरजस्ती नगर्नुहोस्। यो डरलाग्दो कुरा हो!
13
त्यसपछि कसरी मैले मानिसको अघि आफ्नो शिर उठाउन सक्छु? र तपाईंको नि? सारा इस्राएलमा तपाईंको बदनाम हुनेछ। राजासँग कुरा गर्नुहोस् र निश्चय उहाँले मलाई तपाईंको निम्ति दिनुहुनेछ।”
14
तर उसले तिनको कुरा सुनेन अनि आफू तामारभन्दा बलियो भएकोले जबरजस्तीसित उसले तामारलाई काबुमा लिएर तिनलाई बलात्कार गर्यो।
15
त्यसपछि अमनोनलाई तामारप्रति ठूलो घृणा भयो। अघिको प्रेमभन्दा अहिलेको घृणा अझ धेरै भयो। उसले तामारलाई भन्यो, “निस्केर जा।”
16
तिनले उत्तर दिइन्, “अँहँ, हुँदैन। मलाई यसरी लखेटी पठाउनु तपाईंले मसित अहिले गरेको कुकर्मभन्दा अझ ठूलो अपराध हो!” तर अमनोनले तिनको कुरा सुनेन।
17
उसले आफ्नो चाकरलाई बोलाएर भन्यो, “यस आइमाईलाई मेरो सामुन्नेबाट हटा! त्यसलाई धकेलेर बाहिर निकालिदे र ढोकामा आग्लो लगा!”
18
चाकरले तिनलाई घरबाट निकालेर ढोका बन्द गरिदियो। तामारले कन्ये-राजकुमारीले लाउने त्यस बेलाको पूरा बाहुला भएको लबेदा लाएकी थिइन्।
19
तिनले आफ्नो कपालमा खरानी हालिन्, आफ्नो लबेदा च्यातिन् र हातले मुख छोपेर रुँदै गइन्।
20
तिनका दाजु अब्शालोमले तिनलाई देखेर सोधे, “के अमनोनले तँलाई बलात्कार गर्यो? बहिनी, साह्रै विचलित नहोओ। त्यो तेरो सौतेलो दाजु हो र यो कुरा कसैलाई नभन्।” तामार अब्शालोमको घरमा बस्न लागिन्, तिनी एक्लै र उदास थिइन्।
21
यो कुरा सुनेर दाऊद औधी रिसाए।
22
अमनोनले आफ्नी बहिनी तामारलाई गरेको बेइज्जतीका कारणले अब्शालोमले अमनोनलाई यति घृणा गर्थे कि उनले त्योसित बोल्न पनि छोडिदिए।
23
त्यसको दुई वर्षपछि अब्शालोमले एफ्राइम सहरको छेउ बाल-हासोरमा आफ्ना भेडाका ऊन कत्रने उत्सव मनाउँदा राजाका सबै छोराहरूलाई निम्तो पठाए।
24
दाऊद राजाकहाँ गएर उनले भने, “राजन्, म आफ्ना भेडाका ऊन कत्रने काम गराउँदै छु। के तपाईं आफ्ना भारदारहरूसित आएर उत्सव मनाइदिनुहुन्छ कि?”
25
राजाले उत्तर दिए, “अँहँ, मेरो छोरो, हामी सबै आयौं भने तँलाई धेरै भार हुनेछ।” अब्शालोमले ढिपी गरे; तर राजा जान मानेनन् र अब्शालोमलाई आशिष् दिएर बिदा दिए।
26
तर अब्शालोमले भने, “त्यसो भए, कमसेकम मेरा भाइ अमनोनलाई पठाइदिनुहोस्।” “त्यो पनि किन जाने?” राजाले सोधे।
27
तैपनि अब्शालोमले आफ्नो ढिपी छोडेनन् र अन्तमा राजाले अमनोन र अरू छोराहरूलाई अब्शालोमसित जान दिए। अब्शालोमले राजालाई सुहाउँदो भोज तयार गरे।
28
तिनले आफ्ना चाकरहरूलाई यस्तो आदेश दिए, “जब अमनोन पूरा मातेको देख्छौ र म आज्ञा गर्छु, तब तिमीहरूले त्यसलाई मार्नू। नडराओ। म आफैं सबै कुराको जिम्मेवार हुनेछु। साहस गर, दृढ बस!”
29
चाकरहरूले अब्शालोमको आदेशअनुसार गरे र अमनोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे।
30
तिनीहरू घर फर्किरहेको बेलामा दाऊदलाई यस्तो खबर पुग्यो, “अब्शालोमले तपाईंका सबै छोराहरूलाई मारे, कोही पनि बाँचेका छैनन्!”
31
दाऊद खडा भए, मनको दु:खले आफ्नो वस्त्र च्याते र भूइँमा लडे। त्यहाँ उनीसित भएका चाकरहरूले पनि आ-आफ्ना लुगा च्याते।
32
दाऊदका भाइ शिमाहको छोरो योनादाबले भने, “राजन्! तपाईंका सबै छोराहरू मारिएका छैनन्। अमनोन मात्र मारिए। अब्शालोमको चेहरा हेरेर नै तपाईं थाहा लाउन सक्नुहुन्थ्यो कि जहिले अमनोनले तामारलाई बलात्कार गरे, यो काम गर्ने सुर गरेका थिए।
33
यसैले तपाईंका सबै छोराहरू मारिए भन्ने खबर नपत्याउनुहोस्, अमनोन मात्र मारिएका छन्।”
34
यही बीच अब्शालोम भागिसकेका थिए। ठीक त्यही बेला पहरादार सिपाहीले एउटा ठूलो भीड होरोनैमदेखि आउने बाटोमा डाँडै-डाँडा झर्दैगरेको देख्यो। त्यसले राजाको सामुन्ने गई त्यो कुरा सुनायो।
35
योनादाबले दाऊदलाई भने, “ती हजुरका छोराहरू हुन्, मैले भनेझैँ तिनीहरू आइरहेका छन्।”
36
तिनले त्यसो भनिसकेका मात्र थिए, दाऊदका छोराहरू त्यहाँ आइपुगे। तिनीहरू रुन थाले। दाऊद र तिनका भारदारहरू पनि मुटु छेड्ने प्रकारले धुरुधुरु रोए।
37
[37-38] अब्शालोम भागेर गेशूरको राजा अम्मीहूदको छोरो तल्मैकहाँ गए र त्यहाँ तीन वर्षसम्म बास गरे। दाऊदले धेरै दिनसम्म आफ्नो छोरो अमनोनको निम्ति विलाप गरे।
39
अमनोनको मृत्यु बिर्सेपछि उनको मनमा अब्शालोमलाई भेट्ने इच्छा भयो।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24