bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 12
2 Samuel 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 13 →
1
परमप्रभुले नातान अगमवक्तालाई दाऊदकहाँ पठाउनुभयो। नातान दाऊदकहाँ गएर भने, “एउटा सहरमा दुई जना मानिसहरू बस्थे, एउटा धनी र अर्कोचाहिँ गरीब थियो।
2
धनी मानिसका धेरै गाई-गोरु र भेडाहरू थिए;
3
तर त्यो गरीब मानिससित आफूले किनेको एउटा मात्र भेडाको पाठो थियो। उसले त्यसको स्याहार-सुसार गर्थ्यो र घरमा उसका बाल-बालिकासित त्यो बढ्यो। उसले त्यसलाई आफ्नै भोजनबाट खान दिन्थ्यो, आफ्नो कचौराबाट पिउन दिन्थ्यो र काखमा लिन्थ्यो। उसले त्यस पाठोलाई छोरी बराबर मान्थ्यो।
4
एक दिन धनी मान्छेको घरमा एउटा पाहुना आयो। पाहुनाको भोजन तयार गर्न त्यस धनी मानिसले आफ्नै गोठको भेडा वा गोरु मार्न लाएन; तर त्यसको सट्टामा उसले गरीबको भेडाको पाठो मार्यो र पाहुनाको लागि भोजन तयार गर्यो।”
5
दाऊदलाई त्यस धनी मानिससित साह्रै रिस उठ्यो र उनले नातानलाई भने, “जीवित परमप्रभुलाई साक्षी राखी दृढतासाथ म भन्दछु कि यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ!
6
यस्तो निर्दयी काम गर्नेले आफूले लिएको भन्दा चौगुणा फिर्ता दिनुपर्नेछ।”
7
“त्यो मानिस तपाईं नै हुनुहुन्छ,” नातानले दाऊदलाई भने, “र परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘मैले तँलाई इस्राएलका राजा बनाएँ र शाऊलको हातबाट बचाएँ।
8
त्यसका राज्य र स्वास्नीहरू मैले तँलाई दिएँ, तँलाई इस्राएल र यहूदाका राजा बनाएँ। त्यतिले तँलाई नपुगेको भए म त्यसको दोब्बर पनि दिनेथिएँ।
9
किन तैँले मेरो आज्ञा मानिनस्? किन तैँले यो दुष्ट कर्म गरिस्? तैँले उरियाहलाई लडाइँमा मार्न लगाइस्। अम्मोनीहरूका हातमा त्यसलाई मर्न दिइस् र त्यसकी स्वास्नी लगिस्?
10
मेरो आज्ञापालन नगरेर तैँले उरियाहकी स्वास्नी लगिस्। यसकारण हरेक पुस्तामा तेरा केही सन्तान तरवारले मारिनेछन्।
11
म किरिया खाई भन्छु कि तेरै घरानाको कसैको हातबाट म तँलाई कष्ट दिन लाउनेछु। तेरा स्वास्नीहरू खोसेर अर्को मानिसलाई दिँदा तैँले यी सबै भएको देख्नेछस् र त्यसले दिउँसै तिनीहरूसित सम्भोग गर्नेछ।
12
तैँले गुप्तमा पाप गरिस्; तर म यो कुरा सारा इस्राएलले देख्ने गरी दिउँसो गराउनेछु।”
13
दाऊदले भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरेको छु।” नातानले उत्तर दिए, “परमप्रभुले तपाईंलाई क्षमा दिनुहुन्छ, तपाईं मर्नुहुनेछैन।
14
तर यो दुष्कर्म गरेर तपाईंले परमप्रभुलाई तिरस्कार गर्नुभएको हुनाले तपाईंको बालक बाँच्नेछैन।”
15
त्यसपछि नातान घर गए। उरियाहकी स्वास्नीले दाऊदबाट जन्माएको बालकलाई परमप्रभुले सिकिस्त बिरामी पार्नुभयो।
16
बालक जाति होस् भनी दाऊदले परमेश्वरलाई प्रार्थना गरे। तिनले खान छोडिदिए र हरेक रात भूइँमा लडेर आफ्नो कोठामा रात बिताउँथे।
17
उनका महलका अधिकृतहरू गएर उनलाई उठाउने चेष्टा गरे। तर उनी उठ्न राजी भएनन्, उनले तिनीहरूसित केही कुरा खाएनन्।
18
एक सातापछि बालक मर्यो। दाऊदका अधिकृतहरूले त्यो खबर राजालाई सुनाउन डराए। तिनीहरूले भने, “बालक जिउँदै हुँदा हाम्रो बोली सुनेर पनि राजाले जवाफ दिँदैनथे। अब कसरी बालक मर्यो भनी सुनाउनू? उहाँले आफ्नै कुनै खति गर्लान्!”
19
दाऊदले तिनीहरूलाई आपसमा कानेखुसी गरेका देखे र बालक मरेको थाहा पाए। उनले तिनीहरूलाई सोधे, “बालक मर्यो?” “हजुर, बालक मरे,” तिनीहरूले जवाफ दिए।
20
दाऊद भूइँबाट उठे, नुहाए, तेल लगाए र लुगा फेरे। त्यसपछि उनी परमप्रभुको भवनमा गएर फर्केपछि उनले खाना मागे र पस्केपछि खाए।
21
उनका अधिकृतहरूले भने, “हजुर, हामीले यो कुरा बुझ्न सकेनौं। बालक जिउँदो रहुञ्जेल हजुरले उसको निम्ति आँसु बगाउनुभयो र खाना छोडिदिनुभयो; तर ऊ मर्ने बित्तिकै उठेर खान लाग्नुभयो!”
22
दाऊदले उत्तर दिए, “ठीक हो, त्यो बाँचुञ्जेल म रोएँ र उपवास बसें। कतै परमप्रभुले अनुग्रह गरेर बालकलाई बाँच्न दिनुहुन्छ कि भनी मैले सोचेको थिएँ।
23
तर अब त्यो मरिसकेपछि म किन उपवास बस्नू? के म बालकको प्राण फर्काइल्याउन सक्छु र? कुनै दिन म त्यो भएको ठाउँमा पुग्नेछु तर त्यो कहिल्यै मकहाँ आउन सक्नेछैन।”
24
तब दाऊदले आफ्नी स्वास्नी बतशेबालाई सान्त्वना दिए। तिनी उनीसित सुते र बतशेबाले एउटा छोरो जन्माइन्। दाऊदले बालकको नाउँ सोलोमन राखे।
25
परमप्रभुले बालकलाई प्रेम गर्नुहुन्थ्यो र नातान अगमवक्तालाई बालकको नाउँ यददीयाह राख्ने आज्ञा गर्नुभयो, जसको अर्थ हो; ‘परमप्रभुको प्रिय।’
26
त्यति बेला योआबले अम्मोनको राजधानी रब्बामाथि आफ्नो आक्रमण जारी नै राखेका थिए र त्यसलाई कब्जा गर्न आँटेका थिए।
27
तिनले यस्तो खबर गरेर दूतहरू दाऊदकहाँ पठाए, “रब्बामाथि आक्रमण गरेर मैले त्यसका पानीका मुहान लिएको छु।
28
अब बाँकी सेना लिएर सहरमाथि हमला गरिहाल्नुहोस् र त्यो आफ्ना हातमा लिनुहोस्। त्यो कब्जा गरेर म आफ्नो नाम कमाउन चाहन्नँ।”
29
तब दाऊदले सेना भेला गरे, रब्बामा गएर त्यसमाथि हमला गरे र त्यो कब्जामा लिए।
30
अम्मोनी देवता मिल्कमको शिरबाट एउटा पैँतीस किलोग्राम वजन भएको र त्यसमा एउटा (बहुमूल्य) रत्न जडेको सुनको मुकुट लिएर दाऊदले आफ्ना शिरमा लाए। तिनले सहरबाट लुटका धेरै सामान पनि लिए।
31
उनले त्यहाँका मानिसहरूलाई आरा, फलामका कोदालो र बन्चरो लिएर काम गर्न लाए र इँटा बनाउने काम गर्न कर लाए। अम्मोनका अरू सहरका बासिन्दाहरूसित पनि उनले त्यसै गरे। त्यसपछि उनी आफ्ना सेनासित यरूशलेममा फर्किहाले।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24