bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 17
2 Samuel 17
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 18 →
1
केही समयपछि अहीतोपेलले अब्शालोमलाई भने, “मलाई बाह्र हजार मानिसहरू चुन्ने अनुमति दिनुहोस् र म आज राती नै दाऊदलाई खोज्न जानेछु।
2
थाकेर निराश भएको बेलामा म उनलाई हमला गर्नेछु। उनी डराउनेछन् र उनका मानिसहरू भाग्नेछन्। म राजालाई मात्र मार्नेछु
3
र उनीसँग लागेका सबै मानिसहरूलाई दुलही आफ्ना दुलहाकहाँ आएझैँ तिमीकहाँ लिइआउनेछु। तपाईंले एउटा मात्र मानिस मार्नुपर्नेछ। बाँकी मानिसहरूलाई कुशल छोड्नुपर्नेछ, केही डर हुनेछैन।”
4
यो सल्लाह अब्शालोम र सबै इस्राएलीहरूलाई असल लाग्यो।
5
अब्शालोमले भने, “अब हूशैलाई बोलाऊ। उसको के भन्नुछ, हामी सुनौं।”
6
हूशै आइपुगेपछि अब्शालोमले उनलाई भने, “अहीतोपेलले हामीलाई यस्तो सल्लाह दिएका छन्। हामी त्यसो गरौं कि नगरौं? उसले भनेअनुसार नगर्ने हो भने कसो गर्ने त? तिमीले हामीलाई बताऊ।”
7
हूशैले उत्तर दिए, “यसपालि अहीतोपेलले तपाईंलाई दिएको सल्लाह ठीक छैन।
8
तपाईं भन्नुहुन्छ कि तपाईंका बुबा दाऊद र तिनका सैनिकहरू शूरवीर लडाकुहरू छन्। तिनीहरू आफ्ना छाउरा खोसिएकी माउ भालुजस्ता डरलाग्दा भएका छन्। तपाईंको बुबा अनुभवी योद्धा हुन्। राती उनी आफ्ना मानिसहरूसित सुत्दैनन्।
9
यति बेला उनी गुफा वा अन्य कुनै स्थानमा लुकेका होलान्। दाऊदले तपाईंको सेनालाई हमला गर्ने बित्तिकै त्यो कुरा सुन्नेहरूले तपाईंको सेना सखाप भए भन्नेछन्।
10
तब सिंहजस्ता निडर र साहसी पुरुषहरू पनि डराउनेछन् किनभने इस्राएलमा बास गर्ने हरेक व्यक्तिले जान्दछ कि तपाईंका बुबा महान् योद्धा र उनका सैनिकहरू शूरवीर लडाकुहरू हुन्।
11
मेरो त यो सल्लाह छ कि देशको उत्तरमा दानदेखि दक्षिणमा बेर्शेबाको छेउसम्म भएका सबै इस्राएलीहरूलाई एकसाथ भेला गर्नुहोस्। तिनीहरू समुद्रका किनारको बालुवाझैँ असङ्ख्य हुनेछन्, तपाईं आफैंले लडाइँमा तिनीहरूको अगुवाइ गर्नुहोस्।
12
दाऊद जहाँ भए पनि हामी उनलाई भेट्टाई निकाल्नेछौं र त्यहाँ के हुँदै छ, सो थाहा पाउनुअघि नै हामीले उनीमाथि आक्रमण गर्नेछौं। तिनी र तिनका मानिसहरू कोही पनि बाँच्नेछैनन्।
13
उनी बचाउको लागि सहरभित्र पसे भने हाम्रा मानिसहरूले डोरी ल्याउनेछन् र सहरलाई नै बाँधेर तानी तल बेसीमा खसाल्नेछन्। डाँडामाथि एउटै ढुङ्गो पनि रहनेछैन।”
14
अब्शालोम र सबै इस्राएलीहरूले भने, “हूशैको सल्लाह अहीतोपेलको भन्दा असल छ।” अहीतोपेलको असल सल्लाह अस्वीकार गराएर अब्शालोमको विनाश गराउने निर्णय परमप्रभुले गरिसक्नुभएको थियो।
15
तब हूशैले सादोक र अबियाथार पूजाहारीलाई आफूले र अहीतोपेलले के-के सल्लाह अब्शालोम र इस्राएली अगुवाहरूलाई दिएका थिए, सो पनि सुनाए।
16
हूशैले भने, “अब चाँडो गर्नुहोस्! राती उजाड-स्थानको नदीको घाटीनिर तपाईंले रात नकाटी झट्टै नदी पार गरी जानुहोस् नत्र तपाईं र तपाईंका मानिसहरू शत्रुका हातमा फेला पर्ने वा मारिने डर छ भनी राजालाई खबर दिनुहोस्।”
17
अबियाथारको छोरो जोनाथन र सादोकको छोरो अहीमास यरूशलेमदेखि बाहिर एन-रोगेलको मुहाननिर फर्केर बसेका थिए किनभने कसैले देख्दा-देख्दै सहरभित्र पसिजाने आँट तिनीहरूले गर्न सकेनन्। घरीघरी एउटी दासी आएर सहरभित्र के-कसो हुँदैछ, तिनीहरूलाई खबर दिन्थी र तिनीहरूले गएर दाऊद राजालाई खबर दिन्थे।
18
तर एक दिन एउटा ठिटोले तिनीहरूलाई देखेछ र त्यसले अब्शालोमलाई सुनाइदियो। यसकारण बहूरीममा बास गर्ने एउटा मानिसको घरमा लुक्न तिनीहरू हतारिंदै गए। त्यसको घरको छेउमा एउटा इनार थियो र तिनीहरू त्यसभित्र पसे।
19
त्यसकी स्वास्नीले एउटा इनार ढाक्ने कुरा ल्याएर इनारको मुख ढाकिदिई र त्यसमाथि अन्न फैलाएर राखिदिई र कसैले केही देख्न सकेन।
20
अब्शालोमका भारदारहरू त्यस घरमा गए र त्यस स्त्रीलाई सोधे, “अहीमास र जोनाथन खोई?” “तिनीहरू खोला पार गरेर गए” त्यसले उत्तर दिई। ती मानिसहरूले ती दुईलाई खोजे तर भेट्टाएनन् र तिनीहरू यरूशलेम फर्के।
21
तिनीहरू हिंडेपछि अहीमास र जोनाथन इनारबाट निस्के र दाऊद राजाकहाँ गई उनलाई सबै कुरा सुनाए। अहीतोपेलले राजाको विरुद्धमा के युक्ति गरेको थियो, त्यो तिनीहरूले उनलाई सुनाएर यसो भने, “चाँडो गरी नदी पार गर्नुहोस्।”
22
दाऊद आफ्ना मानिसहरूसहित यर्दन नदी पार गर्न थाले र घाम झुल्किँदा तिनीहरू पार भइसकेका थिए।
23
आफूले दिएको सल्लाह पालन नभएको देखेर अहीतोपेलले आफ्नो गधा कसे र आफ्नो सहरमा फर्के। उनले आफ्नो घरको कुरा ठीकठाक गरे र झुण्डिएर मरे। उनलाई आफ्नो बुबाको चिहानमा गाडियो।
24
अब्शालोम र इस्राएलीहरूले यर्दन पार गर्दा दाऊद महनोम सहरमा पुगिसकेका थिए।
25
योआबको सट्टामा दाऊदले अमासालाई सेनापति खटाएका थिए। अमासा इश्माएली येतेरका छोरा थिए, अबीगेल तिनकी आमा थिइन्। अबीगेल नाहाशकी छोरी अनि योआबकी आमा सरूयाहकी बहिनी थिइन्।
26
अब्शालोम र उनका मानिसहरूले गिलादको इलाकामा छाउनी हाले।
27
दाऊद महनोममा आइपुगेर शोबी, माकीर र गिलादी सहर रोगलीममा बास बसे। उनलाई (रोगलीमका बासिन्दा) बर्जिल्लैले भेटे। शोबी अम्मोनी सहर रब्बाको बासिन्दा नाहाशको छोरो र माकीर लो-देबारवासी अम्मीएलको छोरो थियो।
28
[28-29] तिनीहरूले दाऊद र तिनका मानिसहरूको निम्ति कचौराहरू, माटाका भाँडाकुँडा, ओढ्ने-ओछ्याउने लुगा र खानेकुरा ल्याए। तिनीहरूले गहुँ, जौको पिठो, भुटेका अन्न, चिउरा, सिमी, केराउ, मह, पनीर, दूधको तर र केही भेडाहरू ल्याए। दाऊद र उनका मानिसहरू उजाड-स्थानमा भोकाएका, तिर्खाएका र थाकेका छन् भनी तिनीहरूले जान्दथे।
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24