bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 24
2 Samuel 24
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
1
फेरि एकचोटि परमप्रभु इस्राएलीहरूसित रिसाउनुभयो र दाऊदलाई इस्राएलीहरूमाथि कष्ट ल्याउन लाउनुभयो। परमप्रभुले दाऊदलाई भन्नुभयो, “गएर इस्राएल र यहूदाका प्रजाको गन्ती गर।”
2
यसैकारण तिनले योआब र तिनीसँग भएका सेनाका अधिकृतहरूलाई दानदेखि बेर्शेबासम्म इस्राएलका सबै कुलहरूका चारैतिर गएर मानिसहरूका गणना गरेर तिनका सङ्ख्या तिनीकहाँ ल्याउन हुकुम गरे।
3
योआबले राजालाई उत्तर दिए, “राजा! परमप्रभु हाम्रा परमेश्वरले इस्राएलीहरूको सङ्ख्या आजको भन्दा सय गुणा बढी गराऊन् र हजुरले त्यो दिन देखुञ्जेलसम्म जीवित रहनुहोस्। तर किन यो जनगणना लिन चाहनुहुन्छ?”
4
तर राजाले योआब र तिनका अधिकृतहरूलाई आफ्नो आज्ञापालन गर्न लाए। तिनीहरू राजाका सामुन्नेबाट इस्राएलका मानिसहरूको गन्ती लिन हिंडे।
5
तिनीहरूले यर्दन पार गरी गादको इलाकामा बेसीको माझमा भएको अरोएर सहरको दक्षिणमा गएर पाल टाँगे। त्यहाँबाट तिनीहरू उत्तरपट्टि याजेरतिर लागे
6
र हित्तीहरूका इलाकामा गिलाद र कादेशसम्म पुगे। त्यहाँबाट तिनीहरू दान र दानबाट पश्चिममा सीदोनसम्म गए।
7
त्यसपछि तिनीहरू दक्षिणपट्टि पर्खाल हालेको टुरोस सहरमा गए र त्यहाँबाट हिव्वी र कनानी सहरहरू हुँदै अन्तमा यहूदाका दक्षिणपट्टि बेर्शेबामा पुगे।
8
यसरी नौ महिना र बीस दिनपछि सारा देश घुमेर तिनीहरू यरूशलेम फर्किआए।
9
तिनीहरूले राजालाई सैनिक काम गर्ने लायक पुरुषहरूको सङ्ख्या यस प्रकारले दिए— इस्राएलमा ८,००,००० र यहूदामा ५,००,०००।
10
तर जनगणना लिइसकेपछि दाऊदको विवेकले तिनलाई सताउन थाल्यो र तिनले परमप्रभुलाई भने, “मैले यो काम गरेर डरलाग्दो पाप गरेको छु! मलाई कृपा गरी क्षमा गर्नुहोस्। मैले मूर्ख काम गरेको छु।”
11
[11-12] परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्नुभयो, “जा, गएर दाऊदलाई भन् कि म त्यसलाई तीन कुरामा एक कुरा रोज्ने मौका दिँदछु। त्यसले जे रोज्छ, त्यही म गर्नेछु।” भोलिपल्ट बिहान दाऊद उठेपछि
13
गाद तिनीकहाँ गए र परमप्रभुले आफूलाई भन्नुभएको कुरा राजालाई सुनाए। तिनले सोधे, “हजुर कुनचाहिँ रोज्न चाहनुहुन्छ? देशमा तीन वर्षसम्म अनिकाल वा तीन महिनासम्म आफ्ना शत्रुहरूदेखि भागिहिँड्नुपर्ने वा देशभरि तीन दिनको महामारी? अब राम्ररी सोच्नुहोस् र मैले परमप्रभुकहाँ लैजानुपर्ने जवाफ दिनुहोस्।”
14
दाऊदले उत्तर दिए, “म सङ्कटमा छु! तर म मानिसहरूबाट दण्ड पाउन चाहन्नँ। परमप्रभु आफैंले मलाई दण्ड देऊन् किनभने उहाँ कृपालु हुनुहुन्छ।”
15
यसकारण परमप्रभुले इस्राएलमा एउटा महामारी पठाउनुभयो। महामारी त्यो बिहानदेखि त्यसको तोकिएका समयभरि चल्यो। देशको उत्तरमा दानदेखि दक्षिणमा बेर्शेबासम्म सत्तरी हजार इस्राएलीहरू रुढीले मरे।
16
परमप्रभुका दूतले यरूशलेम नाश गर्न लाग्दा परमप्रभुले मानिसहरूलाई दण्ड दिने विषयमा आफ्नो विचार बदल्नुभयो। मानिसहरू नाश गर्दैगरेको दूतलाई परमप्रभुले भन्नुभयो, “बस्, भयो! बन्द गर्!” त्यस बेला दूत यबूसी अरौनाको अन्न चुट्ने खलाको छेउनेर पुगेका थिए।
17
मानिसहरू नाश गर्दैगरेको दूतलाई दाऊदले देखे र परमप्रभुलाई भने, “दोषी म हुँ। दोष गर्ने मानिस म हुँ। यी बिचरा मानिसहरूले के दोष गरेका छन् र? तपाईंले म र मेरो परिवारलाई दण्ड दिनुपर्ने हो।”
18
त्यही दिन गादले दाऊदकहाँ आएर भने, “हजुर, यबूसी अरौनाको खलानेर जानुहोस् र त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाउनुहोस्।”
19
दाऊदले परमप्रभुको आज्ञापालन गरे र गादले भनेअनुसार त्यस ठाउँमा गए।
20
अरौनाले तलतिर हेर्दा राजा र उनका भारदारहरू उकालो आफू भएको ठाउँतिर आउँदैगरेका देखे। उनले राजाको अघि भूइँमा घोप्टो परी दण्डवत् गरे
21
र भने, “हजुर, तपाईं किन यहाँ आउनुभएको?” दाऊदले जवाफ दिए, “मानिसहरूमाथि चलेको यो रुढी बन्द होस् भनी परमप्रभुको निम्ति एउटा वेदी बनाउन तिम्रो खला किन्न म आएको हुँ।”
22
अरौनाले भने, “महाराज, लिनुहोस्! जे हजुरलाई इच्छा लाग्छ, त्यो परमप्रभुलाई चढाउनुहोस्। वेदीमा बलिदानस्वरूप होमबलि गर्नलाई यी गोरुहरू छन्, आगो बाल्नको निम्ति यी जुवा र खलाका काठपात छन्।”
23
अरौनाले ती सबै थोक राजालाई टक्र्याएर भने, “परमप्रभु हजुरका परमेश्वरले हजुरले चढाएका बलि ग्रहण गरून्!”
24
तर राजाले जवाफ दिए, “होइन, म यी सबैको दाम तिमीलाई दिनेछु। मैले सित्तैमा पाएका बलिका सामग्रीहरू परमप्रभु मेरा परमेश्वरलाई म चढाउनेछैनँ।” र राजाले ती खला र गोरुहरू चाँदीका पचास टुक्रा दिएर किने।
25
त्यसपछि तिनले परमप्रभुको निम्ति एउटा वेदी बनाए र होमबलि र मेलबलिहरू चढाए। परमप्रभुले राजाको प्रार्थना सुन्नुभयो र इस्राएलमा महामारी रोकियो।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24