bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 3
2 Samuel 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 4 →
1
शाऊलका परिवारलाई समर्थन गर्ने फौज र दाऊदलाई समर्थन गर्ने फौजबीच लडाइँ धरै दिनसम्म चलिरह्यो। जति दाऊद शक्तिशाली हुँदैगए, त्यति नै तिनका विरोधी दुर्बल हुँदैगए।
2
हेब्रोनमा दाऊदका यी छोराहरू पालैसँग जन्मे; जेठो अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्।
3
माहिलो किलाब, जसकी आमा कर्मेलका नाबालकी विधवा अबीगेल थिइन्, साहिँलो अब्शालोम, जसकी आमा गशूरका राजा तल्मैकी छोरी माका थिइन्,
4
काहिँलो अदोनियाह, जसकी आमा हग्गीत थिइन्, ठाहिँलो शपत्याह, जसकी आमा अबीतल थिइन्
5
र कान्छो यित्राम, जसकी आमा एग्ला थिइन्। यी सबै छोराहरू हेब्रोनमा जन्मेका थिए।
6
जसै दाऊदका पक्षका र शाऊलका पक्षका सेनाहरूबीच लडाइँ चलिरह्यो, शाऊलका समर्थकहरूमध्ये अबनेर झन्-झन् बलियो हुँदैगए।
7
एक दिन शाऊलको छोरो ईश्बोशेतले अबनेरलाई शाऊलकी एउटी रखौटी रिश्पा अय्याकी छोरीसित सुतेको दोष लगाए।
8
यसमा अबनेर साह्रै रिसाए र भने, “के म शाऊलसित विश्वासघात गर्छु भनी तिमी ठान्दछौ? के मैले यहूदाको सेवा गर्दै छु भनेर तिमी साँच्चै सोच्छौ? सुरुदेखि म तिम्रा पिता शाऊल, तिनका दाजुभाइ र मित्रहरूका भक्त रहेको छु र आजसम्म तिमीलाई दाऊदका हातबाट बचाएर राखेको छु; तर आज मलाई एउटी आइमाईसित सुतेको दोष लाउँछौ!
9
[9-10] परमप्रभुले यसरी प्रतिज्ञा गर्नुभएको थियो, म शाऊल र तिनका वंशको हातबाट राज्य खोस्नेछु र दाऊदलाई यहूदा र इस्राएल दुवैका राजा बनाउनेछु र उनले देशको एक कुनादेखि अर्को कुनासम्म राज्य गर्नेछन्। अब यो कुरो पूरा गरिन्छ भने परमप्रभुले मलाई नाश पारून्!”
11
ईश्बोशेत अबनेरसित यति साह्रो डराएका थिए कि तिनले एक शब्द पनि बोल्न सकेनन्।
12
दाऊद हेब्रोनमा भएको बेला अबनेरले यसो भनेर दूतहरू पठाए, “यस देशमा कसले राज्य गर्ने हो? मसित मिलाप गर्नुहोस् र सारा इस्राएललाई तपाईंको अधिकारमा ल्याउन मद्दत गर्नेछु।”
13
दाऊदले जवाफ दिए, “ठीक छ, म तिमीसित एक शर्तमा सम्झौता गर्नेछु। जब तिमी मलाई भेट्न आउँछौ, तिमीले शाऊलकी छोरी मीकललाई लिएर आउनुपर्नेछ।”
14
दाऊदले ईश्बोशेतलाई पनि यस्तो खबर दिनलाई दूतहरू पठाए, “मलाई मेरी स्वास्नी मीकल फर्काइदेऊ। मैले एक सय पलिश्तीहरूका खलडी दामको रूपमा तिरेर उसलाई विवाह गरेको हुँ।”
15
यसकारण ईश्बोशेतले मीकललाई तिनको लोग्ने लेशको छोरो पल्तिएलको घरबाट झिकाए। पल्तिएल लेशका छोरा थिए।
16
पल्तिएल रुँदै मीकललाई पछ्याएर बहूरीम सहरसम्म गए। अबनेरले तिनलाई “अब घर फर्क”, मात्र भने र तिनी घर फर्के।
17
अबनेर इस्राएलका अगुवाहरूकहाँ गए र तिनीहरूलाई भने, “धेरै दिनदेखि तपाईंहरूले दाऊदलाई आफ्ना राजा बनाउन चाहनुभएको हो।
18
अब मौका यही हो। स्मरण गर्नुहोस् कि परमप्रभुले यसरी भन्नुभएको छ, ‘मेरा प्रजा इस्राएललाई पलिश्तीहरू र अन्य शत्रुहरूबाट बचाउन म मेरो सेवक दाऊदलाई चलाउनेछु।”
19
अबनेरले बेन्यामीन कुलका मानिसहरूसित पनि कुरा गरे। त्यसपछि हेब्रोनमा दाऊदकहाँ गएर बेन्यामीन र इस्राएलका मानिसहरू जे गर्न राजी भएका थिए, सो सुनाए।
20
जब अबनेर बीस जना मानिसहरूसाथ लिएर दाऊदकहाँ हेब्रोनमा पुगे, दाऊदले तिनीहरूलाई भोज खुवाए।
21
अबनेरले दाऊदलाई भने, “म अब गएर सारा इस्राएललाई हजुरको पक्षमा ल्याउनेछु। तिनीहरूले हजुरलाई आफ्ना राजा मानिलिनेछन् र हजुरले चाहेको कुरा पूरा हुनेछ र पूरै देशमा राज्य गर्नुहुनेछ।” दाऊदले अबनेरलाई शान्ति-सुरक्षाको वचन दिएर बिदा गरे।
22
त्यसपछि योआब र दाऊदका अन्य अधिकारीहरूले छापा मारेर धेरै लुटका सामान लिई फर्के। त्यस बेला अबनेर दाऊदसित हेब्रोनमा थिएनन् किनकि तिनलाई शान्ति-सुरक्षाको वचन दिई दाऊदले बिदा गरिसकेका थिए।
23
जब योआब र तिनका मानिसहरू आइपुगे, तब अबनेर दाऊद राजाकहाँ आएको र शान्ति-सुरक्षाको वचन पाई फर्किएको कुरा तिनीहरूले सुने।
24
यसर्थ राजाकहाँ गई योआबले भने, “हजुरले के गर्नुभएको? अबनेर हजुरकहाँ आएका रहेछन्, हजुरले किन त्यसरी छोडिदिनुभयो?
25
तिनी त यहाँ हजुरलाई छल्न र हजुरले के-कसो गर्नुहुन्छ र कहाँ जानुहुन्छ, सो बुझ्न आएका थिए। हजुरलाई यो कुरा याद हुनुपर्ने हो!”
26
दाऊदसित बिदा भएपछि योआबले अबनेरलाई बोलाउन दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काएर ल्याए। तर दाऊदलाई यसबारे केही थाहा भएन।
27
जब अबनेर हेब्रोनमा आइपुगे, तिनीसित एकान्तमा केही कुरा गर्ने बहाना गरी योआबले तिनलाई ढोकाको एक छेउमा लगे र त्यहाँ तिनको भुँडीमा तरवार रोपिदिए किनभने अघि तिनले योआबको भाइ असाहेललाई मारेका थिए र त्यसरी बदलामा अबनेर मारिए।
28
दाऊदले त्यो खबर पाए र भने, “परमप्रभु जान्नुहुन्छ कि म र मेरा प्रजा अबनेरको हत्यामा निर्दोष छौं।
29
त्यसको दण्ड योआब र त्यसका परिवारमाथि परोस्! तिनको सन्तानको हरेक पुस्तामा कुष्ठरोग वा घाउ-खटिराले ग्रस्त वा स्त्रीको काम मात्र गर्न लायक, दुर्बल वा लडाइँमा मारिने वा खानाको अभाव भएको केही न केही व्यक्ति भइरहोस्!”
30
यसरी योआब र तिनका भाइ अबीशैले अबनेरको हत्या गरे किनकि तिनीहरूको भाइ असाहेललाई गिबोनको लडाइँमा अबनेरले मारेका थिए।
31
तब दाऊदले योआब र तिनका मानिसहरूलाई अबनेरको निम्ति शोक गरेर आफ्ना लुगा च्यातेर भाङ्ग्रा पहिरिने आज्ञा दिए। मलामीमा दाऊद राजा आफैं लाशको पछिपछि हिँडे।
32
हेब्रोनमा अबनेरलाई गाडे र चिहानमा दाऊद राजा उच्च सोरले रोए र तिनीसँग सबै मानिसहरू पनि रोए।
33
र अबनेरको निम्ति राजाले यो विलापको गीत गाए: “किन अबनेर एक मूर्खझैँ मारिनुपर्यो?
34
तिनका हात बाँधिएका थिएनन्, तिनका पाउ पनि बाँधिएका थिएनन्; तिनी अपराधीका हातबाट मारिए!” फेरि मानिसहरू पनि अबनेरको निम्ति रोए।
35
दिनभरि मानिसहरूले दाऊदलाई केही भोजन गराउने चेष्टा गरे; तर तिनले यस्तो गम्भीर शपथ खाए, “सूर्य अस्ताउनुभन्दा अघि मैले केही कुरा खाएँ भने परमेश्वरले मेरो प्राण लेऊन्!”
36
मानिसहरूले कुरा बुझे र सन्तोष माने। वास्तवमा राजाले गरेका हरेक कुरामा तिनीहरू खुसी हुन्थे।
37
अबनेरको हत्यामा राजाको कुनै हात थिएन भनी दाऊदका प्रजा र इस्राएलका मानिसहरू सबैले बुझे।
38
राजाले आफ्ना भारदारहरूलाई भने, “आज इस्राएलका एक महान् अगुवा मरे भनी के तिमीहरू थाहा पाउँदैनौ?
39
म परमेश्वरले चुन्नुभएको राजा हुँ तापनि आज कमजोर अनुभव गर्दछु। सरूयाहका यी छोराहरू मेरो निम्ति अति नै भएका छन्। परमप्रभुले यी अपराधीहरूलाई उचित दण्ड देऊन्!”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
2 Samuel Commentaries
→
Devotional
2 Samuel Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→