bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 7
2 Samuel 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 8 →
1
दाऊद आफ्नो राजदरबारमा बस्न लागे र परमप्रभुले उनलाई उनका सबै शत्रुहरूबाट सुरक्षित राख्नुभयो।
2
तब राजाले नातान अगमवक्तालाई भने, “म त यहाँ देवदारुको काठले बनेको महलमा बसेको छु; तर परमेश्वरको करारको सन्दुक एउटा पालमा राखिएको छ!”
3
नातानले जवाफ दिए, “तपाईंको मनमा जे छ, सोही गर्नुहोस् किनभने परमप्रभु तपाईंसित हुनुहुन्छ।”
4
तर त्यस रात परमप्रभुले नातानलाई भन्नुभयो,
5
“गएर मेरो सेवक दाऊदलाई भन् कि म भन्दै छु, ‘तैँले म बास गर्ने मन्दिर बनाउनेछैनस्।
6
मैले इस्राएलीहरूलाई मिश्रबाट उद्धार गरिल्याएको दिनदेखि आजसम्म मैले कहिल्यै मन्दिरमा बास गरेको छैनँ। मैले पालमा बास गरेर यात्रा गर्दैआएको छु।
7
इस्राएलीहरूसित मैले यात्रा गर्दा तिनीहरूमाथि शासन गर्न म आफैंले नियुक्त गरेका कुनै पनि अगुवालाई मेरो निम्ति किन देवदारुको मन्दिर बनाइनस् भनेर सोधेको छैनँ।’
8
“यसर्थ मेरो सेवक दाऊदलाई यसो भन् कि म सर्वशक्तिमान् परमप्रभुले त्यसलाई भन्दै छु, ‘मैले तँलाई भेडाका खर्कबाट लिएर मेरो प्रजा इस्राएलको राजा बनाएँ।
9
तँ जहाँ गईस्, त्यहाँ म तँसित गएँ र तँ अघि बढिरहेको समयमा तेरा सबै शत्रुहरूलाई हराएँ। म तँलाई पृथ्वीको महान् अगुवासमान प्रसिद्ध बनाउनेछु।
10
[10-11] मैले आफ्नो प्रजा इस्राएलको निम्ति एउटा ठाउँ चुनेको छु र उनीहरूलाई त्यहाँ बसालेको छु र त्यहाँ उनीहरू अब उसो कसैबाट आउने अत्याचारबिना बास गर्नेछन्। उनीहरू यस स्थानमा पसेको दिनदेखि उनीहरूलाई डरलाग्दा जातिले आक्रमण गरेका छन्, तर फेरि त्यस्तो हुनेछैन। म तँलाई तेरा सबै शत्रुहरूबाट सुरक्षित राख्ने र तँलाई सन्तानहरू दिने प्रतिज्ञा गर्दछु।
12
जब तँ मरेर तेरा पुर्खाहरूसित गाडिनेछस्, तेरो एउटा छोरालाई राजा बनाउनेछु र त्यसको राज्यलाई शक्तिशाली बनाउनेछु।
13
त्यसले मेरो निम्ति एउटा मन्दिर बनाउनेछ। त्यसको वंश सदासर्वदा रहिरहनेछ। त्यो म पक्का गर्नेछु।
14
म त्यसका पिता हुनेछु र त्यो मेरो छोरो हुनेछ। जब त्यसले अधर्म गर्दछ, बुबाले छोरालाई दण्ड दिएझैँ म त्यसलाई दण्ड दिनेछु।
15
तर मैले शाऊलबाट मेरो समर्थन फिर्ता लिएझैँ त्यसबाट फिर्ता लिनेछैनँ; मैले शाऊललाई हटाएर तँलाई राजा बनाएँ।
16
तेरो वंश सदैव रहनेछ र तेरो राज्य म सदाकाल सुरक्षित राख्नेछु। तेरो वंशको अन्त्य कहिल्यै हुनेछैन’।”
17
परमेश्वरले नातानलाई भन्नुभएका सबै कुरा तिनले दाऊदलाई सुनाइदिए।
18
तब दाऊद राजा परमप्रभुको उपस्थितिको पालमा गएर बसेर प्रार्थना गरे, “हे सार्वभौम परमप्रभु, तपाईंले मेरो निम्ति जे जति गर्नुभएको छ, म त्यसको योग्यको छैनँ न त मेरो परिवार नै योग्यको छ।
19
तरै पनि तपाईंले अझ बढी आशिष् मलाई दिँदै हुनुहुन्छ। हे सार्वभौम परमप्रभु, तपाईंले मेरो सन्तानको भविष्यको लागि पनि प्रतिज्ञा गर्नुभएको छ र तपाईंले मजस्तोलाई पनि देख्ने सौभाग्य दिनुभयो, हे सार्वभौम परमप्रभु!
20
तपाईंलाई अरू म के बिन्ती गरूँ! म तपाईंको दासलाई तपाईं राम्ररी चिन्नुहुन्छ।
21
तपाईंको इच्छा र अभिप्राय यही थियो र मलाई शिक्षा दिन यी सबै महान् कार्य गर्नुभयो।
22
तपाईं कति महान् हुनुहुन्छ, हे सार्वभौम परमप्रभु! तपाईंसमान अरू कोही छैन, तपाईं मात्र परमेश्वर हुनुहुन्छ भनी हामीलाई सदैव थाहा छ।
23
पृथ्वीमा इस्राएलजस्तो अन्य कुनै जाति छैन, जसलाई तपाईंले आफ्नै प्रजा बनाउन दासत्वबाट मुक्त गराउनुभयो। तिनीहरूको निम्ति तपाईंले गर्नुभएका महान् र आश्चर्यका कामहरूले तपाईंको कीर्ति सारा जगतमा फैलिएको छ। तपाईंले इस्राएलीहरूलाई आफ्नो निजी प्रजा बनाउन मिश्रदेशबाट छुटकारा दिनुभयो र तिनीहरू अघि बढी आउँदा अन्य जातिहरू र तिनीहरूका देवी-देवतालाई उनीहरूको सामुन्नेबाट धपाउनुभयो।
24
तपाईंले इस्राएललाई सदाको निम्ति आफ्नो निजी प्रजा बनाउनुभएको छ र तपाईं तिनीहरूका परमेश्वर बन्नुभएको छ, हे परमप्रभु।
25
“अब हे परमप्रभु परमेश्वर, तपाईंले म र मेरा सन्तानलाई गर्नुभएको प्रतिज्ञा सदाको निम्ति पूरा गर्नुहोस् र जे गर्ने वचन दिनुभएको थियो, त्यो पूरा गर्नुहोस्।
26
तपाईंको कीर्ति महान् हुनेछ र जाति-जातिले सदैव भन्नेछन्, ‘सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ।’ र तपाईंले मेरो वंशलाई सदासर्वदा बचाइराख्नुहुनेछ।
27
हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर! म तपाईंलाई यो प्रार्थना गर्ने आँट गर्दछु किनभने तपाईंले यी सबै कुरा म तपाईंको दासलाई देखाउनुभएको छ र मेरा सन्तानलाई राजा बनाउने वचन दिनुभएको छ।
28
“अब हे सार्वभौम परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, आफ्ना प्रतिज्ञा सदा पूरा गर्नुहुन्छ र यो उदेकको प्रतिज्ञा मलाई गर्नुभएको छ।
29
म बिन्ती गर्दछु, मेरो सन्तानलाई आशिष् दिनुहोस् र तिनीहरूले तपाईंको कृपादृष्टि सदैव पाइराखून्। हे सार्वभौम परमप्रभु! तपाईंले यो प्रतिज्ञा गर्नुभएको छ र तपाईंको आशीर्वाद सदासर्वदा मेरा सन्तानमाथि रहनेछ।”
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
2 Samuel Commentaries
→
Devotional
2 Samuel Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→