bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 2
2 Samuel 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 3 →
1
त्यसपछि दाऊदले परमप्रभुलाई सोधे, “के म यहूदाको कुनै एक सहरमा गई त्यसलाई कब्जा गरूँ?” परमप्रभुले जवाफ दिनुभयो, “जाऊ।” दाऊदले सोधे, “कुनचाहिँ सहरमा जाऊँ?” परमप्रभुले भन्नुभयो, “हेब्रोनमा।”
2
यसर्थ दाऊद हेब्रोनमा गए। तिनले आफ्ना दुई पत्नीहरू यिजरेलकी अहीनोम र कर्मेलको नाबालकी विधवा अबीगेललाई साथमा लिएर गए।
3
दाऊदले आफ्ना साथमा भएका मानिसहरू र तिनीहरूका परिवारसमेत लिएर गए र तिनीहरू हेब्रोनका छेउछाउका सहरहरूमा बसोबास गर्न थाले।
4
तब यहूदाका मानिसहरू हेब्रोनमा आए र दाऊदलाई यहूदाका राजा अभिषेक गरे। गिलादको याबेश सहरमा बास गर्ने मानिसहरूले शाऊललाई गाडेका खबर सुनेर
5
दाऊदले केही मानिसहरूलाई त्यहाँ यस्तो समाचार दिन पठाए, “आफ्ना राजा शाऊललाई गाडेर तिनीप्रति तिमीहरूले देखाएका भक्तिको निम्ति परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्।
6
परमप्रभु तिमीहरूप्रति दयालु र विश्वासयोग्य बनून्। तिमीहरूको यस कामले गर्दा म पनि तिमीहरूसित असल व्यवहार गर्नेछु।
7
बलिया र साहसी होओ! तिम्रा राजा शाऊल मरे र यहूदाका जनताले मलाई राजा अभिषेक गरेका छन्।”
8
नेरका छोरा अबनेर शाऊलका सेनापति थिए। तिनले शाऊलको छोरो ईश्बोशेतलाई साथमा लिएर भागे र यर्दन नदीको पार गरी महनोममा पुगे।
9
त्यहाँ अबनेरले ईश्बोशेतलाई गिलाद, अशूरी, यिजरेल, एफ्राइम र बेन्यामीन अथवा सारा इस्राएलका राजा बनाए।
10
इस्राएलका राजा हुँदा ईश्बोशेत चालीस वर्षका थिए र तिनले दुई वर्षसम्म राज्य गरे। तर यहूदाका कुल दाऊदका भक्त थिए
11
र दाऊदले तिनीहरूमाथि हेब्रोनमा साँढे सात वर्षसम्म राज्य गरे।
12
अबनेर र ईश्बोशेतका अधिकारीहरू महनोमबाट गिबोन सहरमा गए।
13
योआब, जसकी आमा सरूयाह थिइन् र दाऊदका अरू अधिकारीहरूले तिनीहरूलाई तालनिर भेटे र सबै जना त्यहाँ एक हुल तालवारि र अर्को हुल तालपारि भई बसे।
14
अबनेरले योआबलाई भने, “तिम्रा र हाम्रा तर्फका लडाकुहरू हतियार लिएर लडून्।” योआबले जवाफ दिए, “हुन्छ, त्यसै गरौं।”
15
यसरी, ईश्बोशेत र बेन्यामीनका बाह्र जना र दाऊदका बाह्र जनाबीच लडाइँ भयो।
16
हरेक लडाकुले आफ्नो सामुन्नेको विरोधीको टाउको समातेर कोखामा तरवार रोपिदियो। त्यसरी चौबीसै जना एकसाथ ढलेर मरे। यसैकारण गिबोनको त्यस ठाउँलाई ‘तरवारको मैदान’ भनिन्छ।
17
त्यसपछि एक घमासान युद्ध भयो र दाऊदका सेनाले अबनेर र इस्राएलीहरूलाई हराए।
18
सरूयाहका तीन भाइ छोराहरू योआब अबीशै र असाहेल त्यहाँ थिए। असाहेल जङ्गली मृगझैँ छिटो दगुर्न सक्थ्यो
19
र उसले अबनेरलाई खेद्यो।
20
अबनेरले पछि फर्केर हेरेर सोधे, “के तिमी नै हो, असाहेल?” असाहेलले जवाफ दियो, “हो, म नै हुँ।”
21
अबनेरले भने, “मलाई खेद्न छोडिदेऊ कुनै अर्को सिपाहीलाई खेद र त्योसित जे छ, सो हात पार।” तर असाहेलले तिनलाई खेदिरह्यो।
22
अबनेरले फेरि एकपल्ट उसलाई भने, “मलाई खेद्न छोड। तिमीलाई मार्न किन मलाई कर लगाउँछौ? मैले कसरी तिम्रा दाजु योआबलाई मेरो मुख देखाउनु?”
23
तर असाहेलले तिनलाई खेद्न छोडेन। त्यसो हुँदा अबनेरले आफ्नो भाला पछिल्तिर असाहेलको भुँडीमा हानेर वारपार गरिदिए। असाहेल त्यहीँ भूइँमा ढल्यो र मर्यो। जति जना उसको लाश लडिरहेको ठाउँमा आइपुगे, तिनीहरू त्यहीँ अडिए।
24
तर योआब र अबीशैले अबनेरलाई खेदे र सूर्य अस्ताउँदा तिनीहरू अम्मा डाँडामा पुगे। अम्मा गिबोनको उजाड-स्थानमा पुग्ने बाटोमा भएको गीहको पूर्वमा पर्छ।
25
बेन्यामीन कुलका मानिसहरू फेरि अबनेरको चारैपट्टि जम्मा भए र डाँडाको टाकुरामा युद्धको निम्ति आफ्नो मोर्चा बाँधे।
26
अबनेरले उच्च स्वरले योआबलाई भने, “के हामीले सधैँभरि लडाइँ गरिरहनुपर्ने हो? के तिमी यो देख्न सक्दैनौ कि अन्तमा त्यसको परिणाम तीतो मात्र हुनेछ। हामी तिम्रा स्वदेशी बन्धु हौं। तिम्रा मानिसहरूले हामीलाई खेद्नबाट रोक्न कति ढिलो गर्दछौ?”
27
योआबले जवाफ दिए, “म जिउँदो परमेश्वरको नाउँमा शपथ खाई भन्दछु, “यदि तिमी नबोलेको भए, मेरा मानिसले भोलि बिहानसम्मै तिमीहरूलाई खेद्नेथिए।”
28
तब इस्राएलीहरूलाई नखेद्नू भनी योआबले आफ्ना मानिसहरूलाई सङ्केत दिँदै तुरही फुके। त्यसरी लडाइँ थामियो।
29
अबनेर र तिनका मानिसले त्यो रातभरि हिँडेर यर्दनको बेसी पार गरे र यर्दन नदी तरी बिहानभरि हिँडेर महनोममा फर्के।
30
योआबले इस्राएलीहरूलाई खेद्न छोडेपछि आफ्ना सबै सैनिकहरूलाई एकसाथ भेला गरे र असाहेलबाहेक अरू उन्नाईस जना मानिसहरू कम भेट्टाए।
31
दाऊदका मानिसहरूले बेन्यामीन कुलका ३६० जना अबनेरका मानिसहरू मारेका थिए।
32
योआब र तिनका मानिसले असाहेलको लाश लगेर बेथलेहेममा आफ्नो परिवारको चिहानमा गाडे। त्यसपछि रातभरि हिँडी भोलिपल्ट बिहान सबेरै तिनीहरू हेब्रोनमा फर्के।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
2 Samuel Commentaries
→
Devotional
2 Samuel Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→