bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 11
2 Samuel 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 12 →
1
त्यसको पछि बसन्त ऋतुमा जब राजाहरू लडाइँ गर्नलाई जान्थे, दाऊदले योआबलाई आफ्नो अधिकृत र इस्राएली सेनाका साथ लडाइँ गर्न पठाए। योआब गई अम्मोनीहरूलाई जिते र रब्बा सहरलाई घेरा हाले। तर दाऊद आफैंचाहिँ यरूशलेममा नै बसे।
2
एक दिन बेलुकीपख दाऊद सुतेर उठे र महलको कौसीमा गए। त्यहाँ डुल्दैगर्दा तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे। तिनी अति सुन्दरी थिइन्।
3
तिनी को हुन् भनी बुझ्न दाऊद राजाले एउटा मानिस पठाए र तिनी एलीआमकी छोरी र हित्ती उरियाहकी स्वास्नी बतशेबा हुन् भनी पत्ता लाए।
4
दाऊदले बतशेबालाई ल्याउन मानिसहरू पठाए र तिनीहरूले तिनलाई महलमा ल्याए र राजा तिनीसित सुते। (भर्खरै मात्र तिनको महिनावारीको शुद्धि भएको थियो।) त्यसपछि तिनी घर गइन्।
5
पछिबाट तिनले आफू गर्भवती भएकी थाहा पाइन् र त्यो खबर दाऊदकहाँ पठाइन्।
6
तब दाऊदले योआबलाई यस्तो खबर पठाए, “हित्ती उरियाहलाई यहाँ पठाऊ।” तब योआबले उरियाहलाई दाऊदकहाँ पठाइदिए।
7
जब उरियाह आइपुगे, तब दाऊदले योआब र फौजको हालखबर र लडाइँ कसरी चलिरहेको छ भनी सोधपुछ गरे।
8
तब तिनले उरियाहलाई भने, “घर जाऊ र केही समय विश्राम गर।” उरियाह बिदा भए र दाऊदले उसको घरमा एउटा कोसेली पठाइदिए।
9
तर उरियाह घर गएनन्, त्यसको सट्टा राजमहलको मूल-ढोकामा राजाका पालेहरूसित सुते।
10
उरियाह आफ्नो घर नगएको सुनेपछि दाऊदले तिनलाई सोधे, “तिमी धेरै दिनपछि फर्किआएका छौ, किन घर गएनौ?”
11
उरियाहले जवाफ दिए, “इस्राएल र यहूदाका मानिसहरू लडाइँमा छन्। करारको सन्दुक तिनीहरूसित पालमा छ। मेरा सेनापति योआब र हजुरका अधिकृतहरू खुला मैदानमा छन्। म कसरी घर गएर खानपान गर्नु र स्वास्नीसित सुत्नु? पवित्र परमेश्वरको नाउँमा म भन्दछु, म कहिल्यै पनि त्यस्तो गर्न सक्दिनँ!”
12
यसकारण दाऊदले भने, “त्यसो भए आज पनि यतै विश्राम गर, भोलि म तिमीलाई फर्कन लाउँला।” त्यसरी त्यो दिन र त्यसको भोलिपल्ट पनि उरियाह यरूशलेममा नै रहे।
13
दाऊदले उनलाई साँझको खानामा निम्त्याए र मताए। तर फेरि त्यो रात पनि उरियाह घर गएनन्, महलका पालेहरूको कोठामा कम्मल ओछ्याएर सुते र रात काटे।
14
भोलिपल्ट बिहान दाऊदले योआबलाई एउटा चिठ्ठी लेखेर उरियाहको हातमा पठाए।
15
तिनले चिठ्ठी यसरी लेखेका थिए, “घमासान लडाइँ भइरहेको ठाउँको पहिलो पङ्क्तिमा उरियाहलाई पठाऊ। तिमीहरू पछि हट र त्यो मारियोस्।”
16
योआबले सहरमा घेरा हालेको समय उरियाहलाई त्यस ठाउँमा पठाए, जहाँ शत्रुको अखडा बलियो छ भनी तिनी जान्दथे।
17
शत्रुका फौज सहरबाट निस्केर आई योआबको फौजसित लड्न लागे; दाऊदका कतिपय अधिकृतहरू मारिए र त्यसरी उरियाह पनि मारिए।
18
तब योआबले लडाइँको सबै समाचार दिएर एउटा विवरण दाऊदकहाँ पठाए।
19
अनि सो विवरण लाने मानिसलाई यस्तो आदेश दिए, “तैँले राजालाई लडाइँको सबै खबर सुनाएपछि
20
उनी रिसाउलान् र तँलाई यसो भन्लान्, ‘तिमीहरू लडाइँ गर्न किन सहरको त्यति नजिक गयौ? पर्खालबाट तिनीहरूले तीर हान्नेछन् भनी तिमीहरूले जान्न सकेनौ र?
21
गिदोनको छोरो अबीमेलेकको मृत्यु कसरी भएथ्यो, के तिमीहरूलाई थाहा थिएन? तिनलाई तेबेसमा एउटी आइमाईले पर्खालबाट एउटा जाँतोको पाटा खसालेर मारेकी थिई। किन तिमीहरू पर्खालको त्यति नजिक पुग्यौ?’ राजाले तँलाई त्यसरी प्रश्न गरे भने तैँले भन्नू, ‘हजुरको हित्ती अधिकृत उरियाह पनि मारिए।”
22
त्यो मानिस दाऊदकहाँ गयो र योआबको आदेशअनुसार राजालाई समाचार दियो।
23
त्यसले भन्यो, “हाम्रा शत्रु हामीभन्दा बलिया थिए र तिनीहरू सहरबाट निस्किएर हामीसित मैदानमा लडाइँ गर्न आइपुगे; तर हामीले तिनीहरूलाई धपाएर सहरको मूल-ढोकासम्मै पुर्यायौं।
24
तब तिनीहरूले पर्खालबाट तीर हाने र हजुरका कतिपय अधिकृतहरू मारिए, हजुरको अधिकृत उरियाह पनि मारिए।”
25
दाऊदले त्यसलाई भने, “योआबको साहस बढाइदिनू र नडरा भन्नू किनभने लडाइँमा को मर्छ, त्यो कसैले भन्न सक्दैन। सहरमाथि अझ शक्तिशालीरूपमा हमला गरेर त्यसलाई कब्जा गर्नू भनी उसलाई भन्दिनू।”
26
आफ्ना पति मारिए भनी जब बतशेबाले सुनिन्, तिनले पतिको निम्ति शोक गरिन्।
27
शोकको समय पूरा भएपछि दाऊदले तिनलाई महलमा ल्याए। बतशेबा दाऊदकी पत्नी भइन् र एउटा छोरो जन्माइन्। तर दाऊदले गरेका कामसित परमप्रभु खुसी हुनुभएन।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24