bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 19
2 Samuel 19
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 20 →
1
राजाले अब्शालोमको निम्ति रुँदै विलाप गर्दै छन् भनी योआबले सुने।
2
त्यसले गर्दा दाऊदका सारा सेनाको निम्ति त्यस दिन विजयको आनन्द शोकमा बदलियो किनभने राजाले आफ्नो छोराको निम्ति शोक गरेका तिनीहरूले सुने।
3
लडाइँबाट भागेर लाजमा परेका सिपाहीहरूजस्ता भएर चुपचाप तिनीहरू सहरभित्र पसे।
4
मुख छोपेर जोडले रुँदै राजाले बिलौना गरे, “हाय, मेरो छोरो! मेरो छोरो! अब्शालोम! मेरो छोरो अब्शालोम!”
5
राजाको महलमा गएर योआबले भने, “आज हजुरले आफ्ना सेवकहरूलाई होच्याउनुभयो, हजुर र हजुरका छोरा-छोरी, स्वास्नी, रखौटीहरूका प्राण जोगाउने आफ्ना सेवकहरूलाई लज्जित पार्नुभयो।
6
आफूलाई प्रेम गर्नेहरूलाई विरोध गर्नुहुन्छ र हजुरलाई घृणा गर्नेहरूलाई प्रेम गर्नुहुन्छ। हामी अधिकृत र सिपाहीहरू हजुरको निम्ति केही होइनौं भनेर प्रष्ट गरी देखाइदिनुभयो। म यो स्पष्ट देख्दछु कि हामी सबै मरेर अब्शालोम बाँचेका भए हजुर खुसी हुनुहुनेथियो।
7
अब गएर आफ्ना प्रजालाई आश्वासन दिनुहोस्। म परमप्रभुको नाउँमा किरिया खाएर भन्छु कि त्यसो गर्नुभएन भने भोलि बिहानसम्ममा तिनीहरूमध्ये एक जना पनि हजुरसित रहनेछैनन्। त्योचाहिँ हजुरको जीवनमा आइपरेको सबैभन्दा ठूलो विपत्ति हुनेछ।”
8
तब राजा उठेर गए र सहरको ढोकानेर बसे। उनी त्यहाँ आएर बसेका छन् भनी मानिसहरूले सुने र तिनीहरू उनको चारैपट्टि भेला भए। त्यस बीचमा सबै इस्राएलीहरू भागेर आ-आफ्ना घर गएका थिए।
9
सारा देशभरि नै तिनीहरू आपसमा झगडा गर्न थाले। तिनीहरू आपसमा कुरा गर्दै यसो भन्दै थिए, “दाऊद राजाले हामीलाई हाम्रा शत्रुहरूदेखि बचाउनुभयो। उनले हामीलाई पलिश्तीहरूका हातबाट बचाउनुभयो; तर त्यस बेला उनले देश छोडेर अब्शालोमबाट बाँच्नलाई भाग्नुपर्यो।
10
हामीले अब्शालोमलाई राजा अभिषेक गर्यौं; तर उनी लडाइँमा मारिए। त अब किन कसैले दाऊद राजालाई फर्काइल्याउने उपाय गर्दैनन्?”
11
इस्राएलीहरूले के भन्दै थिए, त्यो दाऊद राजाका कानमा पुग्यो। यसकारण उनले सादोक र अबियाथार पूजाहारीहरूलाई यहूदाका अगुवाहरूसित यो प्रश्न गर्न पठाए, “राजालाई राजमहलमा फर्काइल्याउने काममा मद्दत गर्न किन तिमीहरू पछाडि पर्छौ?
12
तिमीहरू मेरा कुटुम्ब हौ, मेरै हाड र मासु हौ। मलाई फर्काई ल्याउनमा किन तिमीहरू सबैभन्दा पछिल्ला हुन्छौ?”
13
र अमासालाई यसो पनि भन्नु भनी दाऊदले भने, “तिमी मेरा नातेदार हौ। अब उसो म तिमीलाई यो योआबको सट्टामा मेरा सेनाको सेनापति खटाउँदै छु। मैले त्यो भार तिमीलाई दिइनँ भने परमेश्वरले मेरो प्राण लेऊन्!”
14
दाऊदका यी समाचारले यहूदाका सबै मानिसहरूको मन जित्यो र उनलाई आफ्ना सबै भारदारहरूसित फर्किआउन तिनीहरूले खबर पठाए।
15
राजा फर्किजाँदा यहूदाका मानिसहरूले उनलाई यर्दन नदीमा भेटे। राजालाई नदी पार गर्दा रक्षा गर्न तिनीहरू गिलगालमा आएका थिए।
16
यति खेरै बेन्यामीन र शिमी दाऊद राजालाई भेट्न हतार-हतार यर्दनमा आए। उनी बहूरीमका गेराका छोरा थिए।
17
उनीसित बेन्यामीन कुलका एक हजार मानिस आएका थिए। शाऊलको घरको चाकर सीबा पनि आफ्ना पन्ध्र छोरा र बीस जना नोकरसहित आयो र तिनीहरू राजाभन्दा अघि यर्दनमा आइपुगे।
18
राजाका दलले नदी पार गर्दा तिनीहरूलाई साथ दिन र राजाले चाहेका काम-कुरा गर्न तिनीहरू नदी तरेर पारिपट्टि गए। राजाले नदी तर्ने तर्खर गर्न लाग्दा शिमी उनका सामुन्ने घोप्टो परे
19
र भने, “राजन्! हजुरले यरूशलेम छोडेको दिन मैले गरेको अपराध भुलिदिनुहोला। त्यसलाई मेरो दोष नमान्नुहोला र मनमा नराख्नुहोला।
20
हजुर, म जान्दछु कि मैले पाप गरेको छु त्यसैकारण उत्तरका कुलहरूबाट हजुरलाई भेट्न आज म सबैभन्दा पहिलो व्यक्ति आएको हुँ।”
21
सरूयाहको छोरो अबीशैले भने, “शिमीलाई प्राणदण्ड हुनुपर्छ, होइन र? जुन व्यक्तिलाई परमप्रभुले राजा चुन्नुभएको थियो, उनलाई त्यसले सरापेको थियो, होइन?”
22
तर अबीशै र उनका भाइ योआबलाई दाऊदले भने, “कसैले तिमीहरूलाई सोधेको छ र? के तिमीहरू मेरो विरुद्धमा जान्छौ? अब म इस्राएलको राजा भएको छु र आज कुनै इस्राएली मारिनेछैन।”
23
तब उनले शिमीलाई भने, “म तँलाई वचन दिँदछु कि तँ मारिनेछैनस्।”
24
तब शाऊलका नाति मपीबोशेत राजालाई भेट्न आए। राजाले यरूशलेम छोडेका दिनदेखि फेरि विजयी भएर फर्किनआएसम्म मपीबोशेतले न त खुट्टा धोएका थिए न दाह्री काटेका वा न त आफूले लाएका लुगा धोएका थिए।
25
राजालाई भेट्न यरूशलेमबाट मपीबोशेत आइपुग्दा दाऊदले उनलाई भने, “मपीबोशेत, तिमी मसित आएनौ, किन?”
26
उनले जवाफ दिए, “राजन्! हजुरलाई थाहा छ कि म लङ्गडो छु। मैले त हजुरसित नै जाऊँ भनी गधामा जीन लगाम कस्न आफ्नो चाकरलाई आज्ञा दिएको थिएँ। तर त्यसले मलाई धोका दियो।
27
त्यसले मेरो बारेमा हजुरलाई झूटा कुरा सुनायो। तर हजुर परमेश्वरको दूतझैँ हुनुहुन्छ र हजुरको नजरमा जे उचित ठहर्दछ, त्यही गर्नुहोस्।
28
मेरा बुबाका सम्पूर्ण परिवार हजुरका हातबाट मारिनुपर्थ्यो, तर हजुरले मलाई आफ्नो साथ भोजन गर्ने अधिकार दिनुभयो। राजाबाट अरू बढी निगाह पाऊँ भनी बिन्ती गर्ने हक अब मेरो छैन।”
29
राजाले जवाफ दिए, “तिमीले अरू धेरै केही भन्नुपर्दैन। तिमी र सीबाले शाऊलको सर-सम्पत्ति बाँडेर लिनू भन्ने मैले फैसला गरिसकेको छु।”
30
मपीबोशेतले उत्तर दिए, “सीबाले नै सबै कुरा लैजाओस्। हजुर कुशलसित घर आइपुग्नुभयो। त्यति भए मलाई पुग्यो।”
31
गिलादी बर्जिल्लै पनि राजालाई यर्दन पार गराउन, रोगलीमबाट आएका थिए।
32
बर्जिल्लै असी वर्ष पुगिसकेका साह्रै बुढा मानिस थिए। उनी औधी धनी थिए र राजा महनोममा बसेका बेलामा राजालाई खानेकुरा पुर्याइदिने गरेका थिए।
33
राजाले उनलाई भने, “मसित यरूशलेम जाऊँ। म तिमीलाई हेरचाह गरी राख्नेछु।”
34
तर बर्जिल्लैले उत्तर दिए, “अब म धेरै दिन बाँच्दिनँ। हजुरसित म किन यरूशलेम जाऊँ?
35
म असी वर्ष पुगिसकें। म केही कुरामा अब आनन्द पाउँदिनँ। खाएको, पिएको पनि म केही स्वाद पाउँदिनँ। गीत गाएको पनि म सुन्न सक्दिनँ। म हजुरमाथि भार मात्र हुनेछु।
36
यत्रो ठूलो इनामको योग्य म छैनँ। यर्दनपारि केही परसम्म म हजुरसित जानेछु।
37
त्यसपछि म घर फर्कन पाऊँ र मेरा आमा-बुबाका चिहानको नजिकै म पनि मर्न पाऊँ। छोरो किमहाम यहाँ छ। त्यसले राजाको सेवा गर्नेछ। त्यसलाई आफूसित लैजानुहोस्, राजा र हजुरलाई जे उचित लाग्नेछ, त्यही त्योसित गर्नुहोस्।”
38
राजाले जवाफ दिए, “म त्यसलाई आफूसित लैजाउँला र तिमी जे चाहन्छौ, त्यही त्योसित गरूँला। तिमी जे माग्छौ, त्यही म तिम्रो निम्ति गर्नेछु।”
39
त्यसपछि दाऊद आफ्ना सबै मानिसहरूसहित यर्दन पार भए। उनले बर्जिल्लैलाई म्वाइँ खाएर आशीर्वाद दिए र बर्जिल्लै आफ्नो घर फर्के।
40
सारा यहूदाबासी र आधा इस्राएलबासीहरूका साथमा राजाले यर्दन नदी पार गरे। उनी गिलगालमा आए र किमहाम उनीसित थिए।
41
तब सबै इस्राएलीहरूले राजाकहाँ गएर भने, “राजन्, हाम्रा दाजुभाइ यहूदाका बासिन्दाहरूले किन यस्तो सोच्दछन् कि हजुरलाई हजुरका परिवार र मानिसहरूसहित लिएर यर्दन पार गर्ने हक तिमीहरूको मात्रै छ?”
42
यहूदाका मानिसहरूले उत्तर दिए, “राजन्, हामी यहूदाबासीहरू बीचकै एक जना हुन्, यसैले हामीले त्यसो गरेका हौं। किन तिमीहरू रिस गर्छौ? राजाको न त हामीले केही खाएका छौं न त केही लिएका छौं।”
43
इस्राएलीहरूले जवाफ दिए, “उनी तिमीहरूबीचकै एक जना भए पनि दाऊद राजामाथि हाम्रो अधिकार तिमीहरूको भन्दा दश गुणा धेरै छ। किन तिमीहरू हामीलाई हेला गर्छौ। यो कुरा नभुल कि राजालाई फर्काइल्याउने कुरा हामीले सबैभन्दा पहिले उठाएका थियौं!” तर यहूदाका मानिसहरूले आफ्नो दाबी जनाउन इस्राएलका मानिसहरूले भन्दा धेरै झोक देखाएर कुरा गरे।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24