bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 20
2 Samuel 20
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 21 →
1
गिलगालमा शेबा नाम गरेको एक जना बेकामको मानिस थियो। त्यो बेन्यामीन कुलका बिक्रीको छोरो थियो। त्यसले तुरही फुकेर जोडले भन्यो, “दाऊदले के दिन सक्छ र? हामी उनको पछि नलागौं। हे इस्राएलका मानिसहरू हो, हामी आ-आफ्ना घर फर्कौं!”
2
यसैले इस्राएलीहरूले दाऊदलाई छोडी शेबाको पछि लागे; तर यहूदाका मानिसहरू दाऊदप्रति वफादार रहे र उनीसित यर्दनदेखि यरूशलेमसम्म गए।
3
जब दाऊद यरूशलेममा आफ्ना राजमहलमा आइपुगे, तब महलको हेरचाहा गर्न छोडिराखेका दश जना रखौटीहरूलाई उनले निकालेर अलग्गै राखे। तिनीहरूमाथि पहरादार राखिदिए। उनले तिनीहरूको खानपान आदि चाहिँदो कुराको प्रबन्ध गरिदिए; तर तिनीहरूसित सम्भोग गरेनन्। तिनीहरूको बाँकी जीवनमा तिनीहरू नजरबन्दी रहे र विधवाहरूझैँ जीवन बिताए।
4
राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई लिएर पर्सिसम्ममा यहाँ आइपुग।”
5
अमासा यहूदीहरूलाई बोलाउन गए; तर राजाले भनेका समयमा फर्केर आएनन्।
6
यसकारण राजाले अबीशैलाई भने, “शेबाले हामीलाई अब्शालोमले भन्दा ज्यादा दु:ख दिनेछ। मेरा मानिसहरू लगेर त्यसको पछि लाग नत्र त्यसले कुनै पर्खाल हालेको सहर लियो भने त्यो हाम्रो हातबाट उम्कनेछ।”
7
यसकारण योआबका सैनिकहरू, राजाका अङ्गरक्षक र अरू सिपाहीहरू यरूशलेमबाट शेबालाई खेद्न अबीशैसित निस्के।
8
गिबोनको ठूलो चट्टाननेर आइपुग्दा तिनीहरूलाई अमासाले भेटे। योआबले लडाइँ गर्ने पोशाक लाएका थिए र कम्मरमा म्यानभित्र एउटा तरवार अनि पटुका कसेका थिए। योआब अघि बढेर आउँदा म्यानबाट उनको तरवार झर्यो।
9
योआबले अमासालाई भने, “मेरो मित्र! तिम्रो के हाल छ त?” त्यसो भनी अमासालाई म्वाइँ खान भनी योआबले आफ्नो दाहिने हातले उनको दाह्री समाते।
10
अर्को हातमा योआबले आफ्नो तरवार समातेका थिए; तर अमासाले त्यसको ख्यालै गरेनन्। योआबले उनको पेटमा तरवार रोपिदिए र उनको आन्द्रा-भुँडी बाहिर निस्केर भूइँमा झर्यो। अमासा तुरुन्तै मरिहाले र योआबले दोस्रोपल्ट तरवार चलाउनै परेन। त्यसपछि योआब र उनका भाइ अबीशै शेबाको पछि लागे।
11
योआबको एक जना मानिसले अमासाको लाशछेउ उभिएर जोडले भन्यो, “जो-जो योआब र दाऊदपट्टि छन्, तिनीहरू योआबको पछि आऊन्!”
12
रगतमा लतपत भएका अमासाको शरीर बाटोका बीचमा लडिरहेको थियो। सबै जना लाशको छेउ अडिँदै थिए र त्यस मानिसले लाश बाटोबाट तानेर लगी मैदानमा फालीदियो र त्यसलाई एउटा लुगाले छोपिदियो।
13
लाश बाटोबाट हटाएपछि सबै जना शेबालाई खेद्दै योआबको पछि लागे।
14
इस्राएलका सारा कुलहरूका इलाका पार गरी शेबा हाबिल-बेथ-माका भन्ने सहरमा आइपुग्यो र बिक्रीका गोत्रका सबै मानिसहरू एकसाथ भई त्यसको पछि-पछि सहरमा पसे।
15
शेबा त्यहाँ छ भनी योआबका मानिसहरूले सुने र तिनीहरू गएर सहरलाई घेरे। तिनीहरूले पर्खालबाहिर माटाका मचान बनाएर घेरे र पर्खाल ढाल्न भूइँ खन्न थाले।
16
सहरमा एउटी बुद्धिमती स्त्री थिइन् र तिनी पर्खालमा उभिएर जोडसित भन्न लागिन्, “सुन्नुहोस्! सुन्नुहोस्! योआबलाई यहाँ अघि आउन भनिदिनुहोस्। म तिनीसित कुरा गर्न चाहन्छु।”
17
योआब अघि आए। तिनले सोधिन्, “के तपाईं योआब हुनुहुन्छ?” “हो, म योआब हुँ,” उनले जवाफ दिए। “हजुर, मेरो कुरा सुन्नुहोस्,” तिनले भनिन्। “मैले सुन्दै छु,” उनले उत्तर दिए।
18
त्यस स्त्रीले भनिन्, “उहिले नै यसरी भन्नेगर्थे, ‘हाबिल सहरमा गई जवाफ लिएर आइज’ र सबैले त्यसै गर्थे।
19
हाम्रो सहर एउटा मुख्य सहर हो। इस्राएल देशमा यो एउटा शान्तिप्रिय र राजभक्त सहर हो। किन तपाईं यसलाई ध्वंस पार्न चाहनुहुन्छ? जुन सहर परमप्रभुको हो, के तपाईं त्यसलाई नाश गर्न चाहनुहुन्छ?”
20
योआबले जवाफ दिए, “अँहँ, त्यसो होइन! म कहिल्यै तिम्रो सहर ध्वंस वा नष्ट गर्नेछैनँ!
21
त्यो हाम्रो उद्देश्य होइन। शेबा नाम गरेको बिक्रीका छोराले दाऊद राजाको विरुद्धमा विद्रोह सुरु गरेको छ। त्यो एफ्राइमको पहाडी देशमा बस्ने मानिस हो। त्यस मानिसलाई हाम्रा हातमा देऊ र म सहर छोडी जानेछु।” “हामी त्यसको टाउको काटी पर्खाल कटाएर तपाईंलाई फ्याँकिदिनेछौं,” तिनले भनिन्।
22
त्यसपछि तिनी सहरका मानिसहरूका बीचमा गइन् र आफ्नो विचार बताइन्। तिनीहरूले शेबाको टाउको ठुन्क्याए र पर्खाल माथिबाट योआबलाई फ्याँकिदिए। आफ्ना मानिसहरूलाई सहर छोड्ने सङ्केत दिँदै योआबले तुरही फुके। तिनीहरू सबै घर फर्के। योआब यरूशलेममा राजाकहाँ फर्किगए।
23
योआब इस्राएली सेनाका सेनापति थिए। दाऊदका अङ्गरक्षकहरूका सेनापति यहोयादाका छोरा बनायाह थिए।
24
बलपूर्वक ज्यालामा काम लाइएका मानिसहरूको जिम्मा अदोनीरामका हातमा दिइएको थियो। कागजपत्रका निम्ति अहीलूदका छोरा यहोशापात जिम्मेवार थिए।
25
शेभा महलका सचिव थिए। सादोक र अबियाथार पूजाहारीहरू थिए।
26
याईर सहरबाट आएका ईरा दाऊदका पूजाहारी थिए।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24