bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 21
2 Samuel 21
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 22 →
1
दाऊदको राज्यकालमा तीन वर्षसम्म घोर अनिकाल पर्यो। दाऊदले यसबारे परमप्रभुसँग सोधे र परमप्रभुले भन्नुभयो, “शाऊल र त्यसका घरानाले हत्याको अपराध गरेको छ। त्यसले गिबोनका मानिसहरूलाई मार्यो।”
2
(गिबोनका मानिसहरू इस्राएली कुलका थिएनन्। तिनीहरू एमोरीहरूको एउटा सानो दल थिए। इस्राएलीहरूले तिनीहरूको रक्षा गर्ने गरेका थिए। तर शाऊलले तिनीहरूलाई तिनका इस्राएल र यहूदाका मानिसको निम्ति भएको जोशले गर्दा नाश पार्न खोजेका थिए)।
3
यसकारण दाऊदले गिबोनबासीहरूलाई बोलाएर भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? तिमीहरूमाथि गरिएको अन्यायको सट्टामा म तिमीहरूको के भलाइ गर्न सक्छु र तिमीहरूले परमप्रभुको प्रजालाई आशीर्वाद दिन सकौला।”
4
तिनीहरूले उत्तर दिए, “शाऊल र तिनका परिवारसँगको हाम्रो झगडा सुन र चाँदीले मेटिने होइन न त हामी कोही इस्राएलीहरूलाई मार्न नै चाहन्छौं।” दाऊदले सोधे, “त्यसो भए, मैले तिमीहरूको निम्ति के गर्नुपर्ने हो? तिमीहरूको के विचार छ?”
5
तिनीहरूले उत्तर दिए, “शाऊलले हामीलाई मार्न चाहन्थे र इस्राएलमा हामी कसैलाई कहीँ पनि जिउँदो राख्न चाहँदैनथे।
6
यसकारण तिनका सन्तानबाट सात जना पुरुषहरू हाम्रा हातमा दिनुहोस् र तिनीहरूलाई हामी परमप्रभुको सामु गिबामा, जुन परमप्रभुले चुन्नुभएको राजा शाऊलको सहर हो, त्यहाँ झुन्डाउनेछौं।” “म तिनीहरूलाई तिम्रा हातमा सुम्पिदिनेछु,” राजाले उत्तर दिए।
7
तर आफू र जोनाथनले आपसमा गरेको पवित्र प्रतिज्ञाको कारणले गर्दा दाऊदले जोनाथनको छोरो अथवा शाऊलको नाति मपीबोशेतलाई बचाए।
8
तिनले अय्याकी छोरी रिश्पाले शाऊलबाट जन्माएका दुई छोरा, आरमोनी र मपीबोशेत र शाऊलकी छोरी मेराबले महोलातीबासी बर्जिल्लैको छोरो अद्रीएलबाट जन्माएका पाँच छोराहरू लिए।
9
ती सात जनालाई दाऊदले गिबोनका मानिसहरूकहाँ सुम्पिदिए र तिनीहरूलाई गिबोनीहरूले परमप्रभुको अघि पहाडमा झुन्डाए। ती सातै जना एकसाथ मरे। तिनीहरू मारिँदा बसन्त ऋतुको प्राय: अन्त भएको र जौको कटनी गर्ने समय भएको थियो।
10
तब अय्याकी छोरी अथवा शाऊलकी रखौटी रिश्पाले तिनीहरूका लाश राखिएको चट्टानमाथि भाङ्ग्राको कपडाले एउटा ओत लाग्ने ठाउँ बनाई र कटनी सुरु भएदेखि शरद् ऋतुको वर्षा सुरु नभएसम्म त्यहाँ बसिरही। दिउँसो त्यसले लाशबाट चराहरू भगाइदिन्थी र राती जङ्गली जन्तुहरूबाट लाशको रक्षा गर्थी।
11
रिश्पाले त्यसो गरेकी थाहा पाएर
12
दाऊदले गिलादका याबेशमा बास गर्ने मानिसहरूबाट शाऊल र तिनका छोरा जोनाथनका हाडहरू लिएर आए। गिल्बो पर्वतमा शाऊललाई मारेको दिन पलिश्तीहरूले तिनीहरूलाई बेथ-शानको चोकमा झुन्डाएका थिए, जहाँबाट तिनीहरूले ती हड्डी चोरेर लगेका थिए।
13
शाऊल र जोनाथनका हड्डी साथै दाऊदले ती झुन्ड्याइएका सात जनाका हाडहरू पनि बटुले।
14
त्यसपछि तिनीहरूले शाऊलका बुबा कीशका चिहानमा शाऊल र जोनाथनका हाडहरू गाडे। कीशको चिहान बेन्यामीनको देशको सला भन्ने ठाउँमा थियो र त्यहाँ राजाका सम्पूर्ण आज्ञा पूरा गरेर तिनीहरूले ती हाडहरू गाडे। त्यसपछि आफ्नो देशको निम्ति तिनीहरूले चढाएका प्रार्थनाको उत्तर परमेश्वरले दिनुभयो।
15
पलिश्ती र इस्राएलीहरूका माझ अर्को एउटा लडाइँ भयो र दाऊद आफ्ना सैनिकहरूसित गएर पलिश्तीहरूसित लडे। त्यो लडाइँमा दाऊद साह्रै थाकेका थिए।
16
इश्बीबनोब नाम गरेका हातमा साँढे तीन किलोग्राम वजन भएको काँसाको भाला लिएको र कम्मरमा नयाँ तरवार भिरेको रफाको एउटा सन्तान त्यहाँ थियो। त्यसले दाऊदलाई मार्ने विचार गर्यो।
17
तर सरूयाहको छोरो अबीशै दाऊदलाई सहायता गर्न आए र त्यस पलिश्तीलाई हिर्काएर मारे। त्यसपछि दाऊदका मानिसहरूले “तपाईं नै इस्राएलको आशा हुनुहुन्छ” भनेर डराए र दाऊद तिनीहरूसँग लडाइँमा अब कहिल्यै जानेछैनन् भनी उनको सामु प्रतिज्ञा गरे।
18
त्यसपछि पलिश्तीहरूसित गोबमा एउटा लडाइँ भयो। त्यस लडाइँमा हशातीका सिब्बकैले एक जना सफ नाम गरेको दैत्यजस्तोलाई मारे।
19
गोबमा पलिश्तीहरूसित अर्को पनि एउटा लडाइँ भयो। त्यसमा बेथलेहेमका यारे-ओरगिमका छोरो एल्हानानले गातका गोल्यतलाई मारे। गोल्यतको भालाको डन्डा लुगा बुन्ने तानको डन्डा जत्तिकै मोटो थियो।
20
त्यसपछि गातमा एउटा लडाइँ भयो। त्यसमा लडाइँ गर्न खुबै रुचाउने एउटा दैत्यजस्तो मानिस थियो। त्यसका दुई हात र दुई खुट्टामा छ-छ वटा औंलाहरू थिए।
21
त्यसले इस्राएलीहरूलाई धम्की दियो र दाऊदका दाजु शिमाहको छोरो जोनाथनले त्यसलाई मारे।
22
यी चार जना गातका दैत्यहरू जस्ताका सन्तान थिए अनि दाऊद र तिनका मानिसहरूले तिनीहरूलाई मारे।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24