bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 15
2 Samuel 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 16 →
1
त्यसपछि अब्शालोमले आफ्नो निम्ति एउटा रथ, घोडाहरू र पचास जना मानिसहरूको रक्षा-दल बनाए।
2
तिनी आफैं चाँडै उठ्थे र सहरका ढोकामा गई उभिन्थे। कुनै मानिस आफ्नो मुद्दा लिएर न्याय खोज्न राजाकहाँ जाँदैगरेको भेटे अब्शालोमले त्यसलाई बोलाएर कहाँबाट आएको भनी सोध्थे। म फलानो कुलको हुँ भनी त्यस मानिसले बताएपछि
3
अब्शालोमले यसो भन्थे, “हेर, तिमीले न्याय पाउनुपर्छ; तर तिम्रो मुद्दा सुन्ने राजाको कोही मानिस छैन।”
4
तिनी अझ भन्थे, “म न्यायकर्ता हुन पाए हुन्थ्यो। तब आफ्नो मुद्दा वा दाबी हुने मानिस मकहाँ आउन सक्थ्यो र म न्याय गरिदिन्थें!”
5
त्यो मानिस दण्डवत् गर्न अघि सर्दा अब्शालोमले हात बढाएर त्यसलाई अँगालो हाल्थे र म्वाइँ खान्थे।
6
न्याय खोज्दै राजाकहाँ आउने प्रत्येक इस्राएलीसित अब्शालोमले त्यसो गर्थे र त्यसरी तिनीहरूका विश्वास पात्र बन्थे र भक्ति प्राप्त गर्थे।
7
चार वर्षपछि अब्शालोमले दाऊद राजालाई भने, “हजुर, मलाई हेब्रोनमा गई परमप्रभुसित गरेको आफ्नो भाकल पूरा गर्ने अनुमति दिनुहोस्।
8
अराम देशका गशूरमा छँदा मैले परमेश्वरसित भाकल गरेको थिएँ कि मलाई यरूशलेममा फर्काइलैजानुभयो भने म हेब्रोनमा आई तपाईंको आराधना गर्नेछु।”
9
“शान्तिसित जा,” राजाले भने। यसरी अब्शालोम हेब्रोनमा गए।
10
तर तिनले यस्तो खबर लिएर सारा इस्राएली कुलहरूमा आफ्ना दूतहरू पठाए, “जब तिमीहरू तुरही फुकेको आवाज सुन्छौ, तब उच्च स्वरले भन्नू ‘अब्शालोम हेब्रोनका राजा भए!”
11
अब्शालोमका कुरामा लागेर दुई सय मानिसहरू यरूशलेमबाट तिनका साथमा गएका थिए, तिनीहरूलाई यो षडयन्त्रबारे केही ज्ञान थिएन र अन्जानमा तिनका साथ लागेका थिए।
12
आफूले बलि चढाएको बेला अब्शालोमले गीलोहबाट अहीतोपेललाई बोलाउन पठाए। अहीतोपेल दाऊद राजाका सल्लाहकारमध्ये एक जना थिए। राजाको विरुद्धमा षडयन्त्र बलियो हुँदै गयो र अब्शालोमपट्टि लाग्नेहरूको सङ्ख्या बढ्दै गयो।
13
एउटा दूतले राजालाई खबर दियो, “इस्राएलीहरूले आफ्नो राजभक्ति अब्शालोमलाई दिन लागेका छन्।”
14
आफूसित यरूशलेममा रहेका भारदारहरूलाई दाऊदले भने, “हामी अब्शालोमदेखि भाग्नुपर्ने हो भने अब झट्टै हिँडिहाल्नुपर्नेछ र चाँडो गर! नत्र त्यो चाँडै यहाँ आइपुग्नेछ र सहरका कोही पनि बाँच्नेछैनन्!”
15
“हो, राजन्!” तिनीहरूले उत्तर दिए, “हामी तपाईंको आज्ञापालन गर्न तयार छौं।”
16
राजा त्यहाँबाट हिँडे। राजमहलको रेख-देखको लागि दश जना रखौटीहरूलाई छोडी उनका परिवारका सबै र भारदारहरू पनि उनका पछि लागे।
17
राजा र उनका मानिसहरू सहर छोडी निस्केर जाँदा अन्तिम घरमा रोकिए।
18
गातबाट राजाका साथ आएका छ सय गित्ती, करेती र पेलेथीसहित सबै मानिसहरू राजाका सामुन्ने हिँडेर गए।
19
अनि तिनीहरूका अगुवा इत्तैलाई राजाले भने, “तिमी किन हाम्रो पछि लाग्दै छौ? फर्किजाऊ र नयाँ राजासित बस। तिमी विदेशी र आफ्नो देशबाट निस्किआएका व्यक्ति हौ।
20
यहाँ तिमी थोरै दिनदेखि मात्र छौ, मैले किन तिमीलाई मसित डुलाउन लैजानु? म कहाँ जाँदै छु, त्यो पनि मलाई थाहा छैन। आफ्ना देशवासीहरूलाई सँगै लिएर फर्किजाऊ। परमप्रभु तिमीहरूप्रति दयालु र विश्वासयोग्य रहून्।”
21
तर इत्तैले राजालाई भने, “जीवित परमप्रभुलाई र तपाईं मेरा प्रभु र राजाको जीवनलाई समेत साक्षी राखी म वचन दिंदछु कि तपाईं मेरा प्रभु र राजा जहाँ हुनुहुन्छ, त्यहीँ यो तपाईंको दास पनि हुनेछ, चाहे म बाँचूँ वा मरूँ।”
22
“ठीक छ!” दाऊदले उत्तर दिए, “हिंड्!” इत्तै आफ्ना सबै मानिस र उनको रेखदेखमा रहेकाहरूलाई सँगै लिई हिँडे।
23
दाऊदका साथ लागेका मानिसहरू बिदा हुँदा सबै मानिसहरू जोडले चिच्च्याए। राजाले किद्रोन खोला पार गरे, उनका मानिसहरू पछि-पछि थिए र तिनीहरू मरु-स्थलतिर लागे।
24
पूजाहारी सादोक त्यहाँ थिए। उनको साथमा लेवीहरू थिए। तिनीहरूले पवित्र करारको सन्दुक बोकेका थिए। तिनीहरूले सन्दुक भूइँमा राखे र सबै मानिसहरू सहरबाट निस्केर नगएसम्म सन्दुक फेरि उठाएनन्। पूजाहारी अबियाथार पनि त्यहाँ थिए।
25
तब राजाले सादोकलाई भने, “करारको सन्दुक सहरमा फर्काई लैजाऊ। परमप्रभु मसित प्रसन्न हुनुहुन्छ भने कुनै दिन त्यो सन्दुक र त्यसलाई राखेका ठाउँको दर्शन गर्न उहाँले मलाई यहाँ फर्किआउन दिनुहुनेछ।
26
तर उहाँ मसित प्रसन्न हुनुहुन्न भने उहाँले आफ्नो इच्छाअनुसार मसँग गरून्।”
27
उनले सादोकलाई यसो पनि भने, “हेर, आफ्नो छोरो अहीमास र अबियाथारको छोरो जोनाथनलाई साथमा लिई शान्तिसित सहरमा फर्किजाऊ।
28
मचाहिँ उजाड-भूमिको नदीबाट घाटनिर तिम्रो खबर नपाएसम्म पर्खनेछु।”
29
यसरी सादोक र अबियाथारले करारको सन्दुक यरूशलेममा फर्काइलगे र त्यहीँ बास बसे।
30
दाऊद रुँदै जैतुन डाँडामा गए। उनी खाली खुट्टा शिर ढाकेर आफ्नो दु:ख प्रकट गर्दै हिंडेर गए। उनको साथमा भएका मानिसहरू पनि शिर ढाकेर रुँदै हिंडेका थिए।
31
अहीतोपेल पनि यस षडयन्त्रमा अब्शालोमपट्टि लागेका छन् भनी सुनेर दाऊदले यस्तो प्रार्थना गरे, “हे परमप्रभु, कृपा गरी अहीतोपेलको सल्लाह व्यर्थ तुल्याइदिनुहोस्!”
32
दाऊद डाँडाको टुप्पोमा पुगे। त्यहाँ एउटा आराधना-स्थल थियो। त्यहाँ उनको विश्वासी मित्र अरकी हूशै च्यातिएको वस्त्र र शिरमा माटो लाएर उनलाई भेट्न आए।
33
दाऊदले उनलाई भने, “तिमी मसित आयौ भने मलाई केही मद्दत हुनेछैन।
34
मलाई मद्दत गर्छौ नै भने तिमी सहरमा फर्केर गई अब्शालोमलाई भेट। तिम्रा बुबालाई झैँ तिमीलाई पनि विश्वाससित सेवा गर्नेछु भनी अब्शालोमलाई भन्न सक्छौ र हरेक प्रकारले अहीतोपेलले दिएका सल्लाहको विरोध गर्ने गर।
35
पूजाहारी सादोक र अबियाथार पनि त्यहाँ हुनेछन्। राजाको महलमा भएका सबै कुरा ती दुईलाई सुनाइदिनू।
36
तिनीहरूका छोराहरू अहीमास र जोनाथन पनि तिनीहरूसँगै छन्। आफूले सुनेका हरेक कुराको खबर दिएर तिनीहरूलाई तिमीले म भएको ठाउँमा पठाउन सक्छौ।”
37
यसरी दाऊदका मित्र हूशै सहरमा फर्किगए। त्यही बेला अब्शालोम सहरमा आइपुग्न लागेका थिए।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24