bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 14
2 Samuel 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 15 →
1
दाऊद राजाले अब्शालोमको खुबै याद गर्छन् भनी योआबले जान्दथे।
2
उनले तकोमा बास गर्ने एउटी चतुर आइमाईलाई बोलाउन पठाए। त्यो आइपुगेपछि त्यसलाई उनले भने, “तैँले शोक गरेको बहाना गर्नू। विलापका कपडा लगा र केश कोरी-बाटी नगर्। धेरै दिन शोक गर्ने आइमाईजस्ती हो।
3
त्यसपछि राजाकहाँ गएर मैले भनेजस्तो भन्नू।” त्यसपछि राजालाई के भन्नुपर्ने, सो योआबले बताइदिए।
4
त्यो स्त्री राजाकहाँ गएर दण्डवत् गरेर भूइँमा घोप्टो परी र भनी, “महाराज! मेरो सहायता गर्नुहोस्!”
5
“के भयो?” राजाले त्यसलाई सोधे। त्यसले उत्तर दिई, “हजुर, म एउटी गरीब विधवा हुँ। मेरा लोग्ने मरे।
6
मेरा दुई छोराहरू थिए, हजुर! एक दिन ती दुईले मैदानमा झगडा गरेछन्। तिनीहरूलाई छुट्ट्याउने त्यहाँ कोही थिएन र एउटाले अर्कोलाई मार्यो।
7
हजुर, अहिले मेरा सबै आफन्तहरू मेरा विरुद्ध भएका छन् र मेरो बाँचेको छोरोलाई तिनीहरूका हातमा सुम्पिदिनू भन्छन् र त्यसका दाजुको हत्याको लागि त्यसलाई मार्न चाहन्छन्। मैले त्यसलाई सुम्पिदिएँ भने म निस्सन्तान हुनेछु। मेरा आखिरी आशा नाश हुनेछ र मेरो लोग्नेको नाम जिउँदो राख्न एउटै पनि रहनेछैन।”
8
राजाले उत्तर दिए, “घर फर्किजाऊ। म तिम्रो कुराको फैसला गर्नेछु।”
9
“राजन्!” त्यसले भनी, “हजुरले जस्तो फैसला दिनुहुन्छ, त्यसको दोष म र मेरा सन्तानमाथि पर्नेछ। राजा र राज-परिवार निर्दोष हुनुहुनेछ।”
10
राजाले उत्तर दिए, “कसैले तिमीलाई धम्कायो भने उसलाई मकहाँ ल्याउनू र उसले तिमीलाई फेरि दु:ख दिनेछैन।”
11
त्यसले भनी, “राजन्! परमप्रभु आफ्ना परमेश्वरको नाममा वचन दिनुहोस् कि जुन मेरा आफन्तहरूले मेरा छोराको हत्याको साटो लिनुपर्छ, तिनीहरूले मेरो छोरालाई मारेर अझ ठूलो अपराध नगरून्।” दाऊदले भने, “म जीवित परमप्रभुलाई साक्षी राखी वचन दिँदछु कि तिम्रो छोरोको एउटै केश पनि भूँइमा खस्न पाउनेछैन।”
12
“हजुर, महाराजका चरणमा म अर्को बिन्ती गर्न पाऊँ!” त्यस स्त्रीले भनी। “लौ भन,” राजाले उत्तर दिए।
13
त्यसले राजालाई भनी, “किन तपाईंले परमेश्वरका प्रजासित यस्तो खराबी गर्नुभयो? हजुरले आफ्नै छोरालाई परदेशबाट घर फर्कन दिनुभएको छैन। हजुरले अहिले भन्नुभएको वचनले आफैंलाई अपराधी बनाउनुभएको छ।
14
भूइँमा पोखिएर लोप भएको पानीझैँ हामी पनि मर्नु नै पर्छ; तर परमेश्वरले प्राण लिइहाल्नुहुन्न। बरु निकालावास भएको मानिस उहाँबाट अज्ञात नरहोस् भनी उहाँले उपाय पो गरिदिनुहुन्छ।
15
अब राजन्, मानिसहरूले मलाई धम्काएका हुनाले मलाई हजुरसँग बिन्ती गर्ने इच्छा भयो।
16
मैले सोचें कि तपाईंले म र मेरा छोरालाई मार्न र हामीलाई परमेश्वरले आफ्ना प्रजालाई दिनुभएको देशबाट हटाउन खोज्ने मानिसका हातबाट हामीलाई बचाउनुहुनेछ।
17
मैले सोचें कि राजाको प्रतिज्ञाले मेरो रक्षा हुनेछ किनभने राजा परमेश्वरका दूत हुन् अनि भलो र खराब छुट्ट्याउन सक्छन्। परमप्रभु परमेश्वर हजुरसित रहून्!”
18
राजाले जवाफ दिए, “म तिमीलाई एउटा प्रश्न गर्नेछु, तिमीले मलाई सबै साँचो कुरा भन्नुपर्छ।” त्यसले उत्तर दिई, “हजुरको जे इच्छा हुन्छ, गर्नुहोस्, महाराज!”
19
“के तिमीलाई योआबले त्यसो गर्न लाएका हुन्?” त्यसले उत्तर दिई, “राजा, म सम्पूर्ण पवित्र कुराहरूको नाममा शपथ खाएर भन्छु कि हजुरका प्रश्नहरूको साँचो उत्तर अब नदिइनहुनेभयो। साँच्चै हजुरको अधिकृत योआबले मलाई यसो गर्न र भन्न पठाएका हुन्।
20
यो सबै कुरा गर्न उनले त्यसो गरेका हुन्। राजा परमेश्वरको दूतझैँ बुद्धिमान् हुनुहुन्छ र सबै भएका कुरा थाहा पाउनुहुन्छ।”
21
पछिबाट राजाले योआबलाई भने, “तिमीले जे कुरा चाह्यौ, त्यो गर्ने निश्चय मैले गरें। गएर अब्शालोमलाई भेट र त्यसलाई यहाँ लिएर आऊ।”
22
योआबले दण्डवत् गर्दै दाऊदको सामुन्ने भूइँमा पस्रिए र भने, “राजन्, परमेश्वरले हजुरलाई आशीर्वाद देऊन्! अब मलाई थाहा भयो कि हजुर मसित प्रसन्न हुनुहुन्छ किनभने हजुरले मेरो बिन्ती सुनिदिनुभयो।”
23
त्यसपछि उठेर उनी गशूरमा गए र अब्शालोमलाई फर्काएर यरूशलेममा ल्याए।
24
तर राजाले अब्शालोम राजमहलमा बस्न पाउनेछैन भनी आज्ञा दिए। राजाले भने, “म त्यसलाई हेर्न चाहन्नँ।” अब्शालोम आफ्नै घरमा बास गर्न लागे र राजाको सामुन्ने देखा परेनन्।
25
इस्राएल देशमा अब्शालोमजस्ता हेर्नमा सुन्दर कोही थिएनन्। उनको शिरदेखि पैतालासम्म कुनै खोट थिएन।
26
उनको केश बाक्लो थियो, लामो र भारी भएर बढेपछि वर्षमा एकचोटि उनले केश काट्नेगर्थे। सरकारी तौलको हिसाबले त्यसको वजन दुई किलोग्रामभन्दा धेरै हुन्थ्यो।
27
अब्शालोमका तीन छोरा र तामार नाउँ गरेकी एउटी सुन्दरी छोरी थिए।
28
दुई वर्षसम्म राजासित भेट नगरी अब्शालोम यरूशलेममा नै बसे।
29
त्यसपछि उनले योआबलाई आफ्नो पक्षबाट राजाकहाँ पठाउन बोलाउन पठाए; तर योआब आएनन्। अब्शालोमले उनलाई फेरि बोलाउन पठाए; तर योआब अझै आउन मानेनन्।
30
त्यसकारण अब्शालोमले आफ्ना नोकरहरूलाई भने, “हेर, योआबको खेत हाम्रै छेउमा पर्छ। त्यहाँ जौ उम्रिरहेको छ। गएर त्यसमा डढेलो लगाइदेऊ।” तिनीहरू गएर खेतमा डढेलो लाइदिए।
31
योआब अब्शालोमको घरमा गए र सोधे, “तिम्रा नोकरले मेरो खेतमा किन डढेलो लगाइदिए?”
32
अब्शालोमले उत्तर दिए, “मैले बोलाउन पठाउँदा तिमी आएनौ। म तिमीलाई राजाकहाँ गएर मेरो निम्ति यो सुनाइदेऊ भनी चाहन्थें, ‘किन म गशूर छोडेर यहाँ आएछु? मलाई त्यहीँ बस्नु राम्रो थियो।” अब्शालोमले भन्दै गए, “तिमीले मेरो राजासँग भेट गर्ने चाँजो मिलाइदेऊ, म दोषी छु भने राजाले मलाई प्राणदण्ड देऊन्।”
33
त्यसपछि योआब दाऊद राजाकहाँ गए र अब्शालोमले भनेका कुरा सुनाइदिए। राजाले अब्शालोमलाई बोलाउन पठाए। अब्शालोम राजाकहाँ गए र उनको सामुन्ने दण्डवत् गरेर भूइँमा घोप्टिए। राजाले म्वाइँ खाएर उनको स्वागत गरे।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24