bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 6
2 Samuel 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 7 →
1
फेरि एकचोटि दाऊदले इस्राएलका सबैभन्दा असल ३०,००० सिपाहीहरू भेला गरे
2
र परमेश्वरको करारको सन्दुक यहूदाको बालाबाट लिई आउन तिनीहरूलाई साथमा लिई त्यहाँ गए। सन्दुकचाहिँ स्वर्गीय प्राणीहरूमाथि विराजमान हुनुहुने सर्वशक्तिमान् परमप्रभुको नामले चिनिन्थ्यो।
3
सन्दुक तिनीहरूले डाँडाको अबीनादाबको घरबाट निकालेर एउटा नयाँ गाडामा राखे। अबीनादाबका छोराहरू उज्जाह र अहियोले गाडालाई डोर्याउँदै थिए,
4
अहियो अघि-अघि हिंडिरहेका थिए।
5
दाऊद र सबै इस्राएलीहरू परमप्रभुको सम्मानमा बडो जोश र जोडसित नाच्दै र गाउँदै थिए। तिनीहरूले सारङ्गी, वीणा, ढोल, खैँजडी र झ्याम्टा बजाइरहेका थिए।
6
तिनीहरू नाकोनको खलामा आइपुग्दा गोरुहरूले ठेस खाए र उज्जाहले हात बढाएर करारको सन्दुकलाई थामे।
7
तर उत्तिखेरै परमप्रभु उज्जाहसित क्रोधित हुनुभयो र तिनको भक्तिहीन कार्यको कारण तिनलाई मार्नुभयो। उज्जाह त्यहाँ करारको सन्दुकको छेउमा मरे।
8
यसैले त्यस दिनदेखि त्यस ठाउँको नाम फारेस-उज्जाह भयो। परमेश्वरले आफ्नो क्रोधमा उज्जाहलाई मार्नुभएकोले दाऊद डराए।
9
त्यसपछि दाऊद परमप्रभुसित डराए र भने, “अब कसरी म करारको सन्दुक लिएर जान सक्छु?”
10
यसैले तिनले सन्दुक आफूसित यरूशलेम नलैजाने निर्णय गरे र त्यसको बदलीमा अर्कै बाटो लिई त्यो गात नगरको बासिन्दा ओबेद-एदोमको घरमा पुर्याए।
11
त्यस घरमा सन्दुक तीन महिनासम्म रह्यो र परमप्रभुले ओबेद-एदोम र तिनका परिवारलाई आशिष् दिनुभयो।
12
करारको सन्दुकको कारणले परमप्रभुले ओबेद-एदोम र तिनका सबै थोकलाई आशिष् दिनुभएको छ भनी दाऊदले सुने र तिनी गएर ओबेदको घरबाट सन्दुक बडो धुमधामको साथ यरूशलेममा ल्याए।
13
सन्दुक बोक्ने मानिसहरू छ कदम हिंडेपछि दाऊदले तिनलाई रोके र एउटा साँढे र मोटो बाछो परमप्रभुलाई बलिदान चढाए।
14
दाऊद कम्मरमा एउटा मलमलको लुगा मात्र बेरेर परमप्रभुको सम्मानमा बडो जोशले नाचे।
15
यसरी तिनी र सबै इस्राएलीहरू मिलेर आनन्द-ध्वनिसाथ र तुरही बजाउँदै करारको सन्दुक यरूशलेममा लिएर आए।
16
सन्दुक सहरमा आइपुग्दा शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन् र दाऊद राजालाई उफ्रँदै र नाच्दै गरेका देखिन् र मनमनै घृणा गरिन्।
17
सन्दुक ल्याएर तिनीहरूले दाऊदले त्यसको निम्ति तयार गरेको पालभित्र ठीक ठाउँमा राखे। त्यसपछि तिनले परमप्रभुलाई होमबलि र मेलबलि चढाए।
18
बलि चढाइसकेपछि तिनले सर्वशक्तिमान् परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिए
19
र सबैलाई खाना बाँडे। तिनले इस्राएलका हरेक पुरुष र स्त्रीलाई एकएक वटा रोटी, एक-एक टुक्रा भुटेको मासु र केही किसमिस दिए। त्यसपछि सबै जना घर गए।
20
त्यसपछि जब आफ्ना परिवारलाई भेट्न दाऊद महल गए, तब मीकल तिनलाई भेट्न आइन् र भनिन्, “इस्राएलका राजाले आफ्नो निम्ति आज ठूलो नाम कमाए। तिनले आफ्ना भारदारहरूका दासीहरूका अघि आफैंलाई मूर्खझैँ तुल्याए!”
21
दाऊदले जवाफ दिए, “म परमप्रभुको सम्मानमा नाचिरहेको थिएँ, जसले मलाई तिम्रा बुबा र उनको परिवारको सट्टामा चुन्नुभयो र आफ्ना प्रजा इस्राएलका अगुवा बनाउनुभयो। परमप्रभुको सम्मानमा म अझ नाच्नेछु
22
र आफैंलाई अझ बढी अपमानित गराउनेछु। तिम्रो निम्ति म अपमानित हुँला; तर ती दासीहरूको अघि म औधी सम्मानित छु!”
23
शाऊलकी छोरी मीकलको मर्ने बेलासम्म पनि सन्तान हुन सकेन।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24