bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 5
2 Samuel 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 6 →
1
तब इस्राएलका सबै कुलहरू हेब्रोनमा दाऊदकहाँ गएर भने, “हामीहरू तपाईंकै मासु र रगत हौं।
2
बितेका दिनमा शाऊल हाम्रा राजा छँदा पनि तपाईंले इस्राएलीहरूलाई लडाइँमा अगुवाइ गर्नुहुन्थ्यो र परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको थियो कि तपाईंले उहाँका प्रजाको अगुवाइ गर्नुहुनेछ र तिनीहरूको राजा हुनुहुनेछ।”
3
यसर्थ इस्राएलका सबै अगुवाहरू दाऊदकहाँ हेब्रोनमा आए। त्यहाँ उनले तिनीहरूसित गम्भीर वाचा बाँधे, तिनीहरूले उनलाई आफ्ना राजा अभिषेक गरे र उनी इस्राएलका राजा भए।
4
राजा हुँदा दाऊदको उमेर तीस वर्षको थियो र उनले चालीस वर्ष राज्य गरे।
5
उनले हेब्रोनमा, यहूदामाथि साँढे सात वर्ष राज्य गरे र यरूशलेममा सारा इस्राएल र यहूदामाथि तेत्तीस वर्ष राज्य गरे।
6
समय आयो, जब दाऊद र तिनका सेना यरूशलेममाथि आक्रमण गर्न अघि बढे। दाऊदले सहरमाथि कब्जा गर्न सक्नेछैनन् भनी त्यहाँका बासिन्दा यबूसीहरूले सोचे र तिनलाई भने, “यहाँ तपाईं आउन सक्नुहुन्न, हाम्रा अन्धा र लङ्गडा मानिसहरूले नै तपाईंलाई रोक्नेछन्।”
7
(तर दाऊदले सियोनको गढी कब्जा गरे र त्यसलाई ‘दाऊदको सहर’ भनियो।)
8
त्यस दिन दाऊदले आफ्ना मानिसहरूलाई भने, “के यहाँ म जति नै यबूसीहरूलाई घृणा गर्ने कोही छन्? र तिनीहरूलाई मार्न चाहन्छन्? त्यसो भए पानीको नालाबाट भएर जाओ र ती अन्धा र लङ्गडाहरूलाई आक्रमण गर।” (त्यसैले यसो भनिन्छ, “कुनै अन्धा र लङ्गडा परमप्रभुको भवनमा पस्न सक्नेछैन।”)
9
गढ कब्जा गरेपछि दाऊद त्यहीँ बस्न लागे र त्यसको नाउँ “दाऊदको सहर” राखे। डाँडाको पूर्वपट्टि जमिन आबाद भएको ठाउँबाट सुरु गरी गढका चारैतर्फ दाऊदले सहर बसाले।
10
दाऊद झन्-झन् शक्तिशाली हुँदै गए किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्वर तिनीसित हुनुहुन्थ्यो।
11
टुरोसका राजा हीरामले एक व्यापारी दूत-मण्डल दाऊदकहाँ पठाए। तिनले सिकर्मी र डकर्मीलाई देवदारुका रूखका मुढाहरूसहित महल बनाउन दाऊदकहाँ पठाइदिए।
12
त्यसरी परमप्रभुले आफूलाई इस्राएलमाथि राजा सुदृढ गर्नुभएछ र आफ्ना प्रजाको खातिर आफ्नो राज्यको उन्नति गराउँदै हुनुहुन्छ भनी दाऊदले थाहा पाए।
13
हेब्रोनबाट यरूशलेम सरेपछि दाऊदले अझै धेरै स्वास्नी र रखौटीहरू ल्याए र तिनका अरू धेरै छोरा-छोरीहरू भए।
14
यरूशलेममा तिनका यी सन्तान जन्मे; शम्मूअ, शोबाब, नातान, सोलोमन,
15
यिभार, एलीशूअ, नेपेग, यापी,
16
एलीशामा, एल्यादा र एलीपेलेत।
17
दाऊद इस्राएलका राजा भएको कुरा पलिश्तीहरूले सुने र तिनलाई पक्रन भनी पलिश्ती सेना निस्किआए। यो कुरा सुनेर दाऊद एक सुरक्षित गढीमा शरण लिन गए।
18
पलिश्तीहरू रपाईको बेसीमा आएर त्यसलाई कब्जा गरे।
19
दाऊदले परमप्रभुलाई सोधे, “म पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले मलाई विजयी गराउनुहुनेछ?” परमप्रभुले जवाफ दिनुभयो, “हुन्छ, आक्रमण गर्, म तँलाई विजयी गराउनेछु!”
20
तब तिनी बाल-पराजीममा गए र त्यहाँ पलिश्तीहरूलाई हराए। तिनले भने, “परमप्रभुले मेरा शत्रुहरूलाई बाढीले भत्काएझैँ भत्काइदिनुभयो।” यसैले त्यस ठाउँको नाम बाल-पराजीम भयो।
21
पलिश्तीहरूले आफ्ना मूर्तिहरू त्यहीँ छोडेर भागे र दाऊद र तिनका मानिसहरूले ती लगे।
22
तब पलिश्तीहरू रपाईको बेसीमा नै फर्केर गए र त्यो फेरि आफ्नो कब्जामा लिए।
23
फेरि एकपल्ट दाऊदले परमप्रभुसँग सोधे र उहाँले जवाफ दिनुभयो, “यहाँबाट तिनीहरूमाथि आक्रमण नगर्; तर घुमेर गई अर्कोपट्टिबाट लहरे-पीपलका बोटको छेउनेर तीमाथि आक्रमण गर्ने तयारी गर्।
24
जब सेनाहरू हिँडेको जस्तो आवाज ती रूखहरूका टुप्पामा सुन्छस्, तब आक्रमण गर् किनभने म त्यहाँ तेरो अघि-अघि पलिश्ती सेनालाई परास्त गर्न हिँडिरहेको हुनेछु।”
25
दाऊदले परमप्रभुका आज्ञाअनुसार गरे र पलिश्तीहरूलाई गिबोनदेखि गेजेरसम्मै खेदे।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24