bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Samuel 18
2 Samuel 18
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 19 →
1
दाऊद राजाले आफ्ना सबै मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूलाई सय-सय र हजार-हजारका दलमा बाँडे र ती दलहरूमाथि अधिकृतहरू खटाए।
2
त्यसपछि तिनीहरूलाई तीन हुल गरेर, योआब, उनका भाइ अबीशै र गातवासी इत्तैका अधीनमा एक-एक हुल गरेर लडाइँमा पठाए र राजाले आफ्ना मानिसहरूलाई भने, “म आफैं तिमीहरूसित जानेछु।”
3
तिनीहरूले जवाफ दिए, “तपाईं हामीहरूसित जानुहुन्न। हामी सबै लडाइँबाट पिठ्यूँ फर्काएर भाग्यौं अथवा आधाजति मारियौं भने पनि त्यसले शत्रुलाई केही फरक पार्नेछैन; तर हजुर त हामी दश हजार बराबर हुनुहुन्छ। हजुर यहाँ सहरमा बस्नुभएर हामीलाई मद्दत पठाइदिनुभए असल हुनेछ।”
4
“तिमीहरू जे असल ठान्छौ, म त्यही गर्नेछु,” राजाले जवाफ दिए। त्यसपछि आफ्ना मानिसहरू सय-सय र हजार-हजारका दलमा छुट्टिएर त्यहाँबाट निस्केर हिँड्दा राजा ढोकाको छेउमा उभिए।
5
उनले योआब, अबीशै र इत्तैलाई यस्तो आज्ञा दिए, “मेरो खातिर त्यस अब्शालोमलाई केही हानि नगरिदिनू।” दाऊदले आफ्ना अधिकृतहरूलाई यस्तो आज्ञा गरेको सारा सेनाले सुन्यो।
6
दाऊदको सेना लडाइँ गर्न हिँड्यो र एफ्राइमको जङ्गलमा इस्राएलीहरूसँग तिनीहरूको लडाइँ भयो।
7
दाऊदका सेनासँग इस्राएलीहरूको हार भयो। त्यस दिनको डरलाग्दो हारमा बीस हजार इस्राएलीहरू मारिए।
8
लडाइँ चारैतिर फैलियो। लडाइँमा मारिएकाभन्दा बढी मानिसहरू जङ्गलमा मरे।
9
अचानक अब्शालोमको भेट दाऊदका केही मानिसहरूसित भयो। अब्शालोम एउटा खच्चरमा चढेका थिए। खच्चर एउटा फलाँटको रूखमुनिबाट भएर जाँदा अब्शालोमको टाउको एउटा हाँगामा अल्झियो। खच्चरचाहिँ दगुरेर गइहाल्यो; तर अब्शालोम रूखको हाँगामा झुण्डिए र हावामा झुलिरहे।
10
दाऊदका मानिसहरूमध्ये एक जनाले उनलाई देख्यो र योआबलाई भन्यो, “हजुर, मैले अब्शालोमलाई एउटा फलाँटको रूखमा झुण्डिरहेको देखें!”
11
योआबले उत्तर दिए, “तैँले देखेको थिइस् भने त्यत्ति नै बेला किन तैँले उनलाई त्यहीँ मारिनस्? म तँलाई मेरो तर्फबाट चाँदीको दश सिक्का र एउटा पटुका दिनेथिएँ।”
12
तर त्यस मानिसले उत्तर दियो, “तपाईंले मलाई चाँदीका हजार टुक्रा दिनुभए पनि म राजकुमारको विरुद्धमा आफ्नो एउटा औँलोसम्म पनि उठाउनेथिइनँ। मेरो खातिर त्यस अब्शालोमलाई केही हानि नगर्नू भनी राजाले तपाईं, अबीशै र इत्तैलाई आज्ञा गरेका हामी सबैले सुनेका थियौं।’
13
मैले राजाको आज्ञापालन नगरेको भए र अब्शालोमलाई मारेको भए यो कुरा राजाले सुन्नेथिए। राजाले सबै कुरा थाहा पाउँछन् र तपाईंले मेरो बचाउ गर्नुहुनेथिएन।”
14
“म आफ्नो समय तँसित खेर फाल्न चाहन्नँ,” योआबले भने। उनले तीन वटा बर्छा लिए र रूखमा जिउँदै झुण्डिरहेका अब्शालोमको छातीमा रोपिदिए।
15
तब योआबका दश जना सिपाहीहरूले अब्शालोमलाई घेरे र उनलाई मारिदिए।
16
योआबले लडाइँ बन्द गर्न तुरही बजाउने आज्ञा दिए। उनको सेना इस्राएलीहरूलाई खेद्न छोडेर फर्क्यो।
17
तिनीहरूले अब्शालोमको लाश झारेर जङ्गलमा एउटा खाडलमा हालिदिए र त्यसमाथि ढुङ्गाको थुप्रो लगाइदिए। सबै इस्राएलीहरू भागेर आ-आफ्ना घर गए।
18
आफू जिउँदो छँदा अब्शालोमले राजाको बेसीमा आफ्नो लागि एउटा स्मारक बनाएका थिए किनभने उनको नाम बचाइराख्न उनको एउटै छोरो पनि थिएन। उनले त्यसको नाम आफ्नै नामअनुसार राखे र आजसम्म त्यसलाई अब्शालोमको स्मारक भनिन्छ।
19
सादोकको छोरा अहीमासले योआबलाई भने, “राजालाई आफ्ना शत्रुहरूका हातबाट परमप्रभुले छुटाउनुभयो भनी शुभखबर दिनलाई म राजाकहाँ दगुरी जान पाऊँ।”
20
योआबले भने, “अँहँ, आज तिमीले कुनै शुभखबर लानेछैनौ। अरू कुनै दिन त्यसो गरौला; तर आज होइन किनभने आज राजकुमार मरेका छन्।”
21
तब उनले आफ्नो कूशी कमारालाई भने, “तैँले जे देखिस्, त्यो गएर राजालाई सुनाइदे।” दण्डवत् गरेर त्यो कमारो त्यहाँबाट दगुरेर गयो।
22
अहीमासले ढिपी गरे, “के होला भनेर मलाई वास्ता छैन। मलाई पनि खबर लिएर जान दिनुहोस्।” योआबले सोधे, “तिमी किन जान चाहन्छौ, छोरा? तिमीले केही पनि इनाम पाउनेहोइनौ।”
23
“जेसुकै होस्, म जान चाहन्छु,” अहीमासले फेरि भने। “त्यसो भए जाऊ त,” योआबले भने। त्यसकारण अहीमास ओरालो बाटो यर्दनको बेसी भएर दगुरे र त्यस कमारोलाई उछिनेर गए।
24
सहरका भित्री र बाहिरी मूल-ढोकाहरू बीचको खाली ठाउँमा दाऊद बसिरहेका थिए। पहरादार पर्खालको टुप्पामा चढिगयो र मूल-ढोकाको छानामाथि उभिएर हेर्न लाग्यो। त्यसले एक जना मानिस कुदेर आएको देख्यो
25
र कराएर राजालाई सुनायो। राजाले भने, “त्यो एक्लै छ भने त्यसले असल खबर ल्याउँदै छ।” त्यो दगुरिआउने मानिस नजिक-नजिक आयो।
26
तब पहरादारले अर्को एक जना मानिस दगुर्दै आएको देख्यो र कराएर पालेलाई भन्यो, “हेर, अर्को मानिस पनि कुदेर आउँदै छ!” राजाले जवाफ दिए, “त्यसले पनि असल खबर ल्याउँदै छ!”
27
पहरादारले भन्यो, “त्यो अघि-अघि आउने मानिस त अहीमास जसरी पो दगुर्दै छ।” राजाले भने, “त्यो मानिस असल छ, त्यसले असल खबर नै ल्याउँदै छ।”
28
अहीमासले कराएर राजालाई अभिवादन गर्दै र राजाको सामु भूइँमा घोप्टो परी भने, “परमप्रभु आफ्ना परमेश्वरको प्रशंसा गर्नुहोस्। राजाको विरुद्धमा विद्रोह गर्ने मानिसहरूमाथि उहाँले तपाईंलाई विजय दिनुभएको छ!”
29
“अब्शालोम के कुशलै छ?” राजाले सोधे। अहीमासले उत्तर दिए, “महाराज! हजुरका अधिकृत योआबले मलाई यहाँ पठाउँदा मैले ठूलो हो-हल्ला भएको देखें; तर के भएको थियो, त्यो म ठीकसित भन्न सक्दिनँ।”
30
“एकातिर गएर उभ,” राजाले भने। उनी एकातिर खडा भए।
31
त्यसपछि कूशीवासी कमारा आइपुग्यो र राजालाई भन्यो, “राजाको निम्ति असल खबर लिएर म आएको छु! हजुरको विरुद्ध विद्रोह गर्ने सबै मानिसहरूमाथि परमप्रभुले हजुरलाई आज विजय दिनुभएको छ!”
32
राजाले सोधे, “के अब्शालोम कुशलै छ?” कमाराले उत्तर दियो, “राजा, हजुरका सबै शत्रुहरू र विद्रोहीहरूको दशा त्यस केटाको जस्तै होस्! म त त्यही चाहन्छु।”
33
राजा शोकले व्याकुल भए। मूल-ढोकामाथिको कौसीको कोठामा गएर उनी रोए। माथि कोठामा जाँदा उनले विलाप गर्दै भने, “हाय, मेरो छोरो! मेरो छोरो अब्शालोम! मेरो अब्शालोम! तेरो सट्टामा म मरेको भए हुन्थ्यो! हाय! अब्शालोम! मेरो छोरो अब्शालोम!”
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24