bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Genesis 11
Genesis 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 12 →
1
पहिले पृथ्वीका जम्मै मानिसहरूको एउटै भाषा थियो अनि तिनीहरू एकैनासे शब्दहरू चलाउँथे।
2
पूर्वमा डुलिहिँड्दा तिनीहरू शिनार बेबिलोनिया देशको एउटा मैदानमा आइपुगे र त्यहाँ बस्न थाले।
3
तिनीहरूले आपसमा भने “आओ, हामी इँटा बनाऔं र पोलेर कडा पारौं।” तब तिनीहरूले घर आदि बनाउन इँटा र त्यो पक्का गरी बाँध्न अलकत्रा लिए।
4
तिनीहरूले भने, “लौ, अब हामी एउटा सहर त्यसमा एउटा आकाश छुने धरहरा बनाऔं। त्यसरी हामी आफ्नो नाम राखौं र सारा पृथ्वीभरि छरपष्ट भएर बस्ननपरोस्।”
5
तब परमप्रभु त्यो सहर र ती मानिसहरूले बनाएको धरहरा हेर्न आउनुभयो
6
र भन्नुभयो, “अब यी मानिसहरू एउटै जाति हुन् र एउटै भाषा बोल्छन्। यो त तिनीहरूले के गर्ने हुन्, त्यसको सुरु मात्रै हो, अब तिनीहरूले आफूले चाहेको सबै कुरा गर्न सक्नेछन्,
7
हामी तल गएर तिनीहरूका भाषामा खलबली पारिदिऔं र तिनीहरूले एक-अर्काको बोली नबुझून्।”
8
यसरी परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीमा छरपष्ट पार्नुभयो र तिनीहरूले त्यो सहर बनाउन बन्द गरे।
9
त्यो सहरको नाम बेबिलोन राखियो किनभने त्यहाँ परमप्रभुले सबै मानिसहरूका भाषामा खलबल गरिदिनुभयो र तिनीहरूलाई पृथ्वीभरि छरपष्ट पारिदिनुभयो।
10
शेमका सन्तान यिनै हुन्। जलप्रलयको दुई वर्षपछि शेमको उमेर १०० वर्ष हुँदा उनले अर्पक्षदलाई जन्माए।
11
त्यसपछि उनी अरू ५०० वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्मे।
12
अर्पक्षदको उमेर ३५ वर्ष हुँदा उनको एउटा छोरो शेलह जन्म्यो।
13
त्यसपछि उनी अरू ४०३ वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्मे।
14
शेलहको उमेर ३० वर्षको हुँदा उनको एउटा छोरो एबेर जन्म्यो।
15
त्यसपछि उनी अरू ४०३ वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्मे।
16
एबेर ३४ वर्षको हुँदा उनको एउटा छोरो पेलेग जन्म्यो।
17
त्यसपछि उनी अरू ४३० वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्मे।
18
पेलेग ३० पुग्दा उनको एउटा छोरो रऊ जन्म्यो।
19
त्यसपछि उनी अझ २०९ वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्मे।
20
रऊ ३२ वर्ष पुग्दा उनको एउटा छोरो सरूग जन्म्यो र
21
त्यसपछि उनी अरू २०७ वर्ष बाँचे र उसका अरू छोरा-छोरीहरू जन्मे।
22
सरूगको उमेर ३० वर्षको हुँदा उनको एउटा छोरो नाहोर जन्म्यो।
23
त्यसपछि उनी अरू २०० वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्मे।
24
नाहोर २९ वर्ष हुँदा उनको एउटा छोरो तेरह जन्म्यो।
25
त्यसपछि उनी अरू ११९ वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्मे।
26
तेरह ७० वर्षको हुँदा उनी अब्राम, नाहोर र हारानको बुबा भए।
27
अब्राम, नाहोर र हारानका बुबा तेरहका सन्तान यिनै हुन्। हारान लोतका बुबा भए
28
अनि उनका बुबा जिउँदै छँदा हारान बेबिलोनिया देशमा आफ्नै सहर ऊरमा मरे।
29
अब्रामले साराईलाई र नाहोरले हारानकी छोरी मिल्कालाई विवाह गरे। हारान यिस्काका पनि बुबा हुन्।
30
साराईका छोरा-छोरीहरू भएनन्।
31
तेरह आफ्ना छोरा-बुहारी अब्राम र साराई, आफ्नो नाति अर्थात् हारानका छोरा लोतलाई सँगै लिएर कनान देशमा जान बेबिलोनिया देशको ऊर सहरबाट हिंडे। तिनीहरू हारानसम्म गए र त्यहाँ बास गर्न लागे।
32
त्यहाँ २०५ वर्ष उमेर पुगेर तेरह मरे।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50