bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Genesis 44
Genesis 44
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 43
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 45 →
1
योसेफले घरको मूल चाकरलाई आज्ञा दिए, “यी मानिसहरूका धोक्राहरू जति-जति बोक्न सक्छन् त्यति-त्यति अन्नले भरिदेऊ अनि हरेकको पैसा त्यस धोक्रोमा हालिदेऊ।
2
सबैभन्दा कान्छोको धोक्रोमा मेरो चाँदीको कचौरा र त्यसको रकम पनि हालिदेऊ।” त्यसले आज्ञा पाएअनुसार गर्यो।
3
भोलिपल्ट बिहान ती दाजुभाइहरूलाई तिनका गधासाथ लाएर बिदा गरिदिए।
4
तिनीहरू सहरदेखि अलि पर पुगेपछि योसेफले मूल-चाकरलाई भने, “छिटो-छिटो ती मानिसहरूको पछि जा। अनि तिनीहरूलाई भेटेर भन्, ‘तिमीहरूले किन भलाइको साटो हामीसित खराबी गर्यौ?
5
तिमीहरूले किन मेरा मालिकको चाँदीको कचौरा चोरिल्यायौ? उनले त्यस कचौराबाट पिउनुहुन्छ र ईश्वरीय दर्शनको निम्ति चलाउनुहुन्छ। तिमीहरूले ठूलो अपराध गर्यौ’।”
6
चाकरले तिनीहरूलाई भेट्टाएर त्यसै भन्यो।
7
तिनीहरूले त्यसलाई उत्तर दिए, “के भन्नुभएको, हजुर? हामी शपथ खाएर भन्छौं कि हामीले त्यस्ता काम गरेका छैनौं।
8
तपाईं जान्नुहुन्छ कि हामीले धोक्रामा पाएका रकम कनान देशबाट पनि फर्काइल्यायौं। हामी किन तपाईंको मालिकको घरबाट सुन र चाँदी चोरिबस्थ्यौं?
9
हजुर, हामी कसैकोमा त्यो पाइयो भने त्यो मरिजाओस् अनि हामी बाँकी पनि तपाईंका कमारा हुनेछौं।”
10
त्यसले भन्यो, “हुन्छ, जसले कचौरा लगेको छ, त्यो मेरो कमारो हुनेछ। बाँकी तिमीहरू स्वतन्त्रसाथ जान सक्छौ।”
11
यसकारण तिनीहरूले हतपत भारी भूइँमा झारे र आ-आफ्ना धोक्रा खोले।
12
योसेफको चाकरले होशियारीसँग खोज्यो। जेठादेखि लिएर कान्छोसम्म सबैको धोक्रो हेर्यो। कचौरा बेन्यामीनको धोक्रोबाट निस्क्यो।
13
दाजुहरूले अफसोस गरेर आफ्ना लुगा च्याते, गधामा भारी लादे र सहरतिर फर्के।
14
यहूदा र तिनका दाजुभाइहरू योसेफको घरमा फर्की आइपुग्दा तिनी त्यहाँ थिए। तिनीहरूले उनलाई निहुरेर प्रणाम गरे।
15
योसेफले भने, “तिमीहरूले यो के काम गरेको? मजस्तो मानिसले ईश्वरीय दर्शनबाट तिमीहरूको बारेमा पत्ता लगाउन सक्छु भनी के तिमीहरू जान्दैनौ?”
16
“तपाईंलाई के बिन्ती गरूँ, हजुर?” यहूदाले भने, “के भनी हामी सफाइ दिन सक्छौं र? के बिन्ती गरौं? परमेश्वरले हाम्रो पाप प्रकट गरिदिनुभयो। जसकोबाट कचौरा निस्क्यो, त्यो मात्र होइन तर हामी सबैजना अब हजुरको कमारा भयौं।”
17
योसेफले भने, “होइन, होइन! म कहिल्यै त्यस्तो गर्नेछैनँ। जसकोबाट कचौरा निस्क्यो, त्यो मात्र मेरो कमारो हुनेछ। बाँकी तिमीहरूचाहिँ कुशलको साथ आफ्नो बुबाकहाँ जाओ।”
18
योसेफकहाँ गएर यहूदाले भने, “हजुर, कृपा गरी मलाई बोल्न अनुमति दिनुहोस्। मसित नरिसाउनुहोस्। तपाईं राजाजस्तो हुनुहुन्छ।
19
हजुरले सोध्नुभयो, ‘तिम्रा बुबा वा सानु भाइ छन् कि छैनन्।’
20
हामीले भन्यौं ‘कि हाम्रा एक जना बुढा बुबा र उहाँको बुढेसकालका छोरा सानो-सानो हाम्रा एक जना भाइ छन्। त्यस भाइको दाजुचाहिँ मर्यो र त्यसको आमापट्टि अब खालि त्यही मात्र जिउँदो छ। त्यसकारण उसका बुबाले त्यसलाई औधी माया गर्छन्।’
21
हजुरले ‘त्यसलाई लिएर आउनू र म त्यसलाई हेर्छु’ भनी हामीलाई भन्नुभएको थियो।
22
हामीले भनेका थियौं, ‘त्यसले आफ्नो बुबालाई छोड्न सक्नेछैन किनभने त्यसो गर्दा उसको बुबाको मृत्यु हुन सक्छ।’
23
तर हजुरले भन्नुभयो कि हाम्रो कान्छो भाइ साथमा आएन भने हामी हजुरको सामु देखा पर्न पनि पाउनेछैनौं।
24
“हामी फर्की गएपछि तपाईंले भन्नुभएको कुरा हाम्रा बुबालाई सुनायौं।
25
उहाँले हामीलाई यहाँ आएर केही अन्न किन्न पठाउनुभयो।
26
त्यति बेला हामीले भन्यौं, ‘कान्छो भाइ हामीसँग गएन भने हामी जान सक्दैनौं हामी ती मानिसको अघि पुग्न सक्नेछैनौं। कान्छो भाइ गयो भने मात्र हामी जानेछौं।’
27
हाम्रा बुबाले भन्नुभयो, ‘तिमीहरू जान्दछौ कि मेरी स्वास्नी राहेलले दुई छोरा मात्र जन्माई।
28
एउटाले मलाई छोडेर गयो। त्यसलाई जङ्गली जनावरले च्यात्तचुत्त पार्यो होला किनभने त्यो गएदेखि मैले त्यसलाई देखेको छैनँ।
29
अहिले यसलाई पनि तिमीहरूले लगेर गयौ र बाटोमा त्यसलाई केही भयो भने म बुढेसकालमा अफसोसले मर्नेछु।’
30
[30-31] “यसकारण हजुर,” यहूदाले भन्दै गए, “म यो केटा साथमा नलिई मेरो बुबाकहाँ गएँ भने त्यसलाई नदेखेर त्यही बेला उहाँ मर्नुहुनेछ। उहाँको जीवन यो केटाको जीवनसित एक भएको छ। उहाँ यति बुढा हुनुभएको छन् कि जुन अफसोस उहाँमाथि पर्नेछ, त्यसको कारणले उहाँको मृत्यु हुनेछ।
32
त्योबाहेक यसको लागि मैले आफ्नो प्राणको जमानी बुबालाई दिएर आएको छु। मैले उहाँलाई भनेको छु कि यसलाई असल र कुशल उहाँकहाँ फर्काइलगिन भने म जीवनभरि त्यसको लागि दोषी हुनेछु
33
र हजुर, म यहाँ त्यसको सट्टामा हजुरको कमारो भई बसुँला तर त्यसलाई आफ्ना दाजुहरूसँग जान दिनुहोस्।
34
त्यसलाई साथमा नलिई म कसरी आफ्नो बुबाकहाँ जाऊँ? यस्तो आपत् मेरो बुबामाथि परेको म हेर्न सक्दिनँ।”
← Chapter 43
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 45 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50