bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Genesis 21
Genesis 21
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 22 →
1
परमप्रभुले आफ्नो प्रतिज्ञाअनुसार सारालाई आशिष् दिनुभयो।
2
उनी गर्भवती भइन् र अब्राहाम बुढेसकालमा छोराका बुबा भए। परमेश्वरले भन्नुभएको समयअनुसार बालक जन्म्यो।
3
अब्राहामले त्यसको नाम इसहाक राखे
4
अनि आठ दिन पुगेपछि परमेश्वरको आज्ञाअनुसार त्यसको खतना गरे।
5
इसहाक जन्मँदा अब्राहामको उमेर १०० वर्ष भएको थियो।
6
साराले भनिन्, “परमेश्वरले मलाई आनन्द र हाँसी-खुसी गर्न दिनुभएको छ। यो कुरा सुन्ने सबैले मसँग हाँसी-खुसी गर्नेछन्।”
7
तब उनले भनिन्, “साराले आफ्नो छोरा-छोरी हुर्काउनेछ भनी अब्राहामलाई कसले भन्न सक्नेथियो र? तापनि उनको बुढेसकालमा मबाट उनको एउटा छोरो जन्म्यो।”
8
बालक बढ्दैगयो र त्यसले आमाको दूध खान छोडेको दिन अब्राहामले एउटा ठूलो भोज लगाए।
9
एक दिन मिश्री हागारबाट जन्मेका अब्राहामको छोरो इश्माएलले उनको सारापट्टिको छोरो इसहाकसँग ठट्टा गर्दै थियो।
10
तिनीहरूलाई देखेर साराले अब्राहामलाई भनिन्, “यो कमारी र त्यसको छोरालाई कतै पठाइदिनुहोस्, मेरो छोरो इसहाकले तपाईंबाट पाउने धन-सम्पत्तिको कुनै हिस्सा त्यसका छोराले पाउनुहुन्न।”
11
यस कुराले अब्राहामलाई मनमा औधी कष्ट भयो किनभने इश्माएल पनि उनको छोरो थियो।
12
तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तेरी कमारी हागार र त्यसका छोराको लागि चिन्ता नगर्। साराले जसो भन्छे, त्यसै गर् किनभने मैले तँलाई प्रतिज्ञा गरेको तेरो सन्तान इसहाकबाट हुनेछ।
13
कमारीका छोरालाई पनि धेरै छोरानाति दिनेछु र तिनीहरूबाट पनि एउटा जाति बन्नेछ। त्यो पनि तेरै छोरो हो।”
14
भोलिपल्ट बिहानै अब्राहामले हागारलाई केही खाना र एउटा छालाको मशकभरि पानी काँधमा राखिदिए र बालकसाथ त्यसलाई बिदा गरिदिए र घरबाट निकालिदिए। त्यो हिँडी र बेर्शेबाको जङ्गलमा यताउता डुल्न लागी।
15
पानी सबै सिद्धिएपछि बालकलाई एउटा पोथ्रामुनि छोडिराखेर
16
आफू सय मिटरजति टाढा गएर बसी। त्यसले मनमा भनी, “मेरो बालक मरेको म हेर्न सक्दिनँ।” त्यो त्यहाँ बसेर रुन लागी।
17
परमेश्वरले बालक रोएको सुन्नुभयो र स्वर्गबाट परमेश्वरका दूतले हागारलाई भने, “हागार, तँलाई के कुराको दु:ख पर्यो? नडरा। परमेश्वरले बालक रोएको सुन्नुभएको छ।
18
उठ्, गएर त्यसलाई उठा र फकाएर शान्त पार्। त्यसका वंशबाट म एउटा ठूलो जाति बनाउनेछु।”
19
तब परमेश्वरले त्यसका आँखा खोलिदिनुभयो र त्यसले एउटा इनार देखी। त्यसले गएर मशकमा पानी भरी र केही पानी बालकलाई खुवाई।
20
बालक बढ्दैगयो अनि परमेश्वर त्योसित हुनुहुन्थ्यो। त्यो पारानको जङ्गलमा बस्न लाग्यो र एउटा सिपालु शिकारी भयो।
21
त्यसकी आमाले एउटी मिश्री स्वास्नी त्यसलाई ल्याइदिई।
22
त्यति बेला अबीमेलेकले आफ्ना सेनापति पीकोलसँग गई अब्राहामलाई भने, “तपाईंले गरेका सबै काममा परमेश्वर तपाईंसित हुनुहुन्छ।
23
यसकारण परमेश्वरको सामु यहाँ तपाईंले मलाई मेरा छोरा-छोरीहरूलाई र तिनका सन्तानहरूलाई समेत छल्ने काम गर्नेछैनौ भनी शपथ खानुहोस्। म तपाईंसित विश्वासयोग्य रहेको छु। यसकारण तपाईं पनि म र यो तपाईंले बास गरेको देशसित विश्वासयोग्य रहनुहुनेछ भनी प्रतिज्ञा गर्नुहोस्।”
24
अब्राहामले भने, “म प्रतिज्ञा गर्दछु।”
25
अबीमेलेकका चाकरहरूले जब्बरजस्ती अधीन गरेको एउटा इनारको बारेमा अब्राहामले अबीमेलेकलाई भने।
26
अबीमेलेकले भने, “यो काम कसले गर्यो, म जान्दिनँ। तपाईंले मलाई केही भन्नुभएन र आज पहिलोपल्ट म यो कुरा सुन्दै छु।”
27
तब अब्राहामले केही भेडा र गाई-वस्तुहरू अबीमेलेकलाई दिए र ती दुईले आपसमा राजी भई सम्झौता गरे।
28
अब्राहामले आफ्नो बथानदेखि सातवटा भेडाका पाठा अलग गरे।
29
अबीमेलेकले सोधे, “किन तपाईंले त्यसो गर्नुभयो?”
30
अब्राहामले जवाफ दिए, “यो सातवटा भेडाका पाठा तपाईं लिनुहोस्। त्यसो गर्दा यो इनार खन्ने म अब्राहाम नै हो भनी तपाईंले मानेको हुनेछ।”
31
र यसरी त्यस ठाउँको नाम बेर्शेबा राखियो किनभने त्यहीँ ती दुईले आपसमा शपथ खाएका थिए।
32
यसरी बेर्शेबामा सम्झौता बाँधेपछि अबीमेलेक र पीकोल पलिश्त देशमा फर्की गए।
33
तब अब्राहामले बेर्शेबामा एउटा झ्याउको रूखको बोट रोपे र परमप्रभु अनन्त परमेश्वरको आराधना गरे।
34
धेरै दिनसम्म अब्राहामले पलिश्तमा बास गरे।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50