bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Genesis 27
Genesis 27
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 28 →
1
अब इसहाक बुढा र आँखा नदेख्ने भएका थिए। उनले जेठा छोरा एसावलाई बोलाएर भने, “ए छोरा!” “हजुर,” तिनले जवाफ दिए!
2
इसहाकले भने, “देख्दै छस्, म अब बुढो भएँ र छिट्टै मर्छु पनि होला।
3
धनु र काँड लिएर जङ्गलमा जा र मेरो निम्ति एउटा शिकार मारेर ले।
4
मलाई मन पर्ने स्वादिलो मासु पकाएर खुवा। त्यो खाएर मर्नुभन्दा अघि म तँलाई मेरो आखिरी आशीर्वाद दिनेछु।”
5
इसहाकले एसावलाई यसो भनिरहेको बेलामा रिबेकाले सुनिरहेकी थिइन्। एसाव शिकारमा निस्केपछि
6
उनले याकूबलाई भनिन्, “तेरा बुबाले एसावलाई
7
‘मलाई एउटा शिकार ल्याई पकाएर खुवा। त्यो खाएपछि म तँलाई परमप्रभुको अघि आशीर्वाद दिनेछु’ भनिरहेको मैले सुनें।
8
हेर् छोरा, मेरो कुरा सुन् र मैले भनेअनुसार गर्।
9
बथानबाट दुईवटा मोटा कलिला बाख्राका पाठा लिई आइज। म तेरा बुबाले औधी मन पराउने मासु पकाइदिनेछु।
10
त्यो तैँले लगेर उहाँलाई खुवा र उहाँले मर्नुभन्दा अघि तँलाई आशीर्वाद दिनुहुनेछ।”
11
तर याकूबले आमालाई भने, “तपाईं जान्नुहुन्छ कि एसाव भुत्लैभुत्ला भएको मानिस हो तर मेरो शरीर चिल्लो छ।
12
बुबाले मलाई छोएर छामे भने मैले ठगेको थाहा पाउनेछन्। यसरी बुबाको आशीर्वाद होइन, सराप पो पाउँला।”
13
आमाचाहिँले भनिन्, “छोरा, तँलाई दिएको सराप मलाई परोस्। मैले भनेजस्तो गर्। गएर पाठा लिएर आइज।”
14
र त्यसले गएर पाठो लिई आयो र आमालाई दियो। उनले इसहाकले मन पराउने खालको खाना पकाइन्।
15
एसावका सबैभन्दा राम्रा लुगा घरबाट झिकी उनले याकूबलाई लगाइदिइन्।
16
याकूबको रौँ नभएको घिच्रो र पाखुरामा पाठाको छाला लगाइदिइन्।
17
स्वादिलो भोजन अनि आफूले पकाएको मासु र रोटी त्यसका हातमा हालिदिइन्।
18
याकूबले बुबाकहाँ गएर भने, “बुबा,” “हँ” बुबाले भने, “तँ मेरो कुनचाहिँ छोरा होस्?”
19
याकूबले भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले भनेअनुसार मैले गरेको छु। उठेर मैले ल्याएको मासु खानुहोस् र मलाई आशीर्वाद दिनुहोस्।”
20
इसहाकले भने, “हैन छोरा, यति छिटो कसरी भेट्टाइस् र?” याकूबले उत्तर दिए, “परमप्रभु तपाईंको परमेश्वरले मलाई मद्दत दिनुभयो र पाएँ।”
21
इसहाकले याकूबलाई भने, “मेरो छेउमा आइज त। म तँलाई छामुँ। साँच्चै तँ एसाव होस्?”
22
याकूब बुबाको छेउमा गए। इसहाकले त्यसलाई छामे र भने, “तेरो सोर त याकूबको जस्तो छ तर पाखुरा भने एसावको जस्तो लाग्यो।”
23
याकूबको पाखुरा एसावको जस्तो भुत्लैभुत्ला भएकोले उनले त्यसलाई चिनेनन्। आशीर्वाद दिन लाग्दा उनले एकपल्ट फेरि सोधे,
24
“के तँ साँच्चै एसाव नै होस् त?” तिनले उत्तर दिए, “हजुर, म उही हुँ।”
25
इसहाकले भने, “मलाई अलिकता मासु दे। त्यो खाएर म तँलाई आशीर्वाद दिनेछु।” याकूबले उनलाई मासु खुवायो र केही मद्य पनि पिउन दियो।
26
तब बुबाचाहिँले उनलाई भने, “मेरो छोरा, छेउमा आएर मलाई म्वाइँ खा।”
27
म्वाइँ खानलाई याकूब अघि जाँदा इसहाकले एसावको लुगाको गन्ध पाए र त्यसलाई आशीर्वाद दिए। उनले भने, “मेरो छोराको सुगन्ध परमप्रभुले आशिष् दिनुभएको खेतबारीको सुगन्धजस्तै छ।
28
परमेश्वरले आकाशबाट शीत दिऊन् र तेरो खेतबारी मलिलो बनाइदेऊन्। उहाँले तँलाई प्रशस्त अन्न र दाखमद्य देऊन्,
29
जाति-जातिका मानिसहरू तेरा दास होऊन् र तिनीहरूले तँलाई दण्डवत् गरून्। तैँले आफ्ना सारा कुटुम्बमाथि राज्य गरेस् र तेरी आमाका सन्तानले तेरा सामु दण्डवत् गरून्। तँलाई सराप दिनेहरूले सराप पाऊन् र तँलाई आशिष् दिनेहरूले आशिष् पाऊन्।”
30
इसहाकले आशिष् दिइसके। याकूब त्यहाँबाट जानेबित्तिकै उनका दाजु एसाव शिकारबाट फर्की आए।
31
उसले पनि केही स्वादिलो खाना पकाएर बुबाकहाँ लगे उनले भने, “बुबा, कृपा गरी उठेर मैले ल्याएको मासु खानुहोस् र मलाई आशीर्वाद दिनुहोस्।”
32
“तँ को होस्?” इसहाकले सोधे। “म तपाईंको जेठो छोरो एसाव हुँ।” उनले उत्तर दिए।
33
इसहाक काम्न लागे। उनका सारा शरीर थरथरी हल्लियो र उनले भने, “त्यसो भए त्यो पशु मारेर अघि मकहाँ मासु लिइआउने को हो? तँ आउनुभन्दा एक छिनअघि त्यो मासु मैले खाएँ। मेरो आखिरी आशीर्वाद मैले त्यसलाई दिइहालें र त्यो सधैँभरिका लागि त्यसको भयो।”
34
यो सुनेर एसावले अति दु:ख मानी जोडले रोए र भने, “बुबा, मलाई पनि तपाईंको आशीर्वाद दिनुहोस्।”
35
इसहाकले उत्तर दिए, “तेरो भाइ आएर मलाई छल गर्यो। तेरो आशिष् त्यसले लग्यो।”
36
एसावले भने, “त्यसले मलाई ठगेको यो दोस्रोपल्ट हो। त्यसको नाम याकूब राखेकोमा केही आश्चर्यको कुरा छैन। मेरो जेठो छोराको अधिकार त्यसले लग्यो र अहिले मेरो आशिष् पनि लग्यो। के मेरो लागि एउटै आशिष् पनि बाँकी राखिदिनुभएन?”
37
इसहाकले उत्तर दिए, “त्यसलाई अघि नै मैले तेरा मालिक बनाइसकें, त्यसका सारा कुटुम्बलाई त्यसका दास बनाइसकें। त्यसलाई अन्न र दाखमद्य दिइहालें। तँलाई दिने अब मसँग केही पनि छैन, छोरा!”
38
एसावले बुबालाई बिन्ती गरिरहे, “तपाईंसँग एउटा आशिष् त छ होला, बुबा? मलाई पनि आशीर्वाद दिनुहोस् न बुबा!” तिनी रुन थाले।
39
तब इसहाकले उसलाई भने, “तेरो लागि आकाशको शीत छैन, मलिलो भूमि छैन।
40
तँ आफ्ना तरवारको बलले जिउनेछस् तर भाइको दास हुनेछस्। तैँले विद्रोह गरेर त्यसको अधिकारबाट छुट्नेछस्।”
41
एसावले याकूबलाई घृणा गर्न लागे किनभने त्यसले बुबाको आशिष् खोसी लिएका थिए। उसले विचार गर्न लागे, “अब बुबाको मरण नजिक छ, त्यसपछि म याकूबलाई मार्नेछु।”
42
जब रिबेकाले एसावको त्यस्तो विचार छ सुनिन्, उनले याकूबलाई बोलाएर भनिन्, “मेरो कुरा सुन्। तेरो दाजु एसावले तँसित बदला लिने र तँलाई मार्ने उपाय गर्दै छ।
43
मेरो छोरो! अब म जे भन्छु, त्यो गर्। झट्टै हारानमा मेरो दाजु लाबानको घरमा जा।
44
एसावको रिस नमरुञ्जेल त्यहीँ उनीसित केही दिन बस्।
45
अनि तैँले के गरिस्, त्यो एसावले नबिर्सुञ्जेल तँ त्यहाँ बस्। त्यसपछि कसैलाई म तँलाई बोलाउन पठाउनेछु। एकैचोटि किन मैले दुवै छोराहरू गुमाउनू?”
46
रिबेकाले इसहाकलाई भनिन्, “एसावका विदेशी स्वास्नीहरूदेखि मलाई दिक्क लागेको छ र म थाकिसकें। अब याकूबले पनि यहाँको हित्ती केटी विवाह गर्यो भने म मरे पनि हुन्छ।”
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 28 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50