bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Genesis 47
Genesis 47
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 46
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 48 →
1
यसकारण योसेफले पाँच दाजुहरूलाई लिएर राजाकहाँ गए। उनले भने, “मेरा बुबा र दाजुभाइहरू कनानदेखि भेडा-बाख्रा, गाई-गोरुका बथान र अरू सर-सम्पत्ति लिएर आएका छन्। तिनीहरू गोशेन प्रदेशमा आइपुगेका छन्।”
2
तब उनले आफ्ना दाजुहरूलाई राजाको सामु हाजिर गरे।
3
राजाले तिनीहरूलाई सोधे, “तिमीहरू के काम गर्छौ?” “हजुर, हामी गोठालाहरू हौं, हाम्रा बाजे-बराजु पनि गोठाला थिए,” तिनीहरूले उत्तर दिए,
4
“हामी यस देशमा बास गर्न आएका छौं किनभने कनान देशमा साह्रै ठूलो अनिकाल परेकोले हाम्रा गाई-वस्तुले चरण पाएनन्। हामीहरूलाई गोशेन प्रदेशमा बस्ने अनुमति दिनुहोस्।”
5
राजाले योसेफलाई भने, “तिम्रा बुबा र दाजुभाइहरू आइपुगेका छन्।
6
मिश्रदेश तिनीहरूको हो। तिनीहरू गोशेनकै इलाकामा बसोबास गरून्। गोशेनको भूमि सबैभन्दा असल छ। अनि तिनीहरूमध्ये कोही सिपालु छन् भने तिनीहरूलाई मेरा गाई-वस्तु पनि हेर्न खटाइदेऊ।”
7
त्यसपछि योसेफले आफ्ना बुबा याकूबलाई राजाकहाँ हाजिर गरे। याकूबले राजालाई आशीर्वाद दिए र
8
राजाले उनलाई सोधे, “तपाईंको उमेर कति भयो?”
9
याकूबले उत्तर दिए, “मेरो परदेशी जीवन एक सय तीस वर्ष पुगेको छ। मेरा परदेशी बाजे-बराजुको उमेरभन्दा मेरो उमेर थोरै र कष्टले भरिएको छ, हजुर!”
10
याकूबले राजालाई बिदाको आशीर्वाद दिए र गए।
11
तब योसेफले आफ्ना बुबा र दाजुभाइहरूलाई मिश्रदेशमा बसोबास गराए। राजाको आज्ञाअनुसार तिनीहरूलाई रामसेस सहरको छेउमा भएका सबैभन्दा असल भूमिमा जमिन दिए।
12
योसेफले आफ्ना बुबा, दाजुभाइहरू र बुबाका परिवारका साना छोरा-छोरीहरूसमेत सबैलाई खानेकुराहरू दिए।
13
घोर अनिकाल परेकोले देशमा कतै केही अन्न थिएन। मिश्र र कनान देशका मानिसहरू भोकले कमजोर भए।
14
तिनीहरूले अन्न किनेको रकम योसेफले बटुलेर राजदरबारमा पुर्याउँथे।
15
मिश्र र कनान देशको सारा धन खर्च भइसकेपछि मिश्रीहरूले योसेफकहाँ आएर भने, “हामीलाई खानेकुरा दिनुहोस्। हामीलाई मर्न नदिनुहोस्। केही उपाय गर्नुहोस्। हाम्रो रकम-पैसा सबै सकिए।”
16
योसेफले उत्तर दिए, “तिम्रा गाई-वस्तुहरू ल्याओ। रकम-पैसा सकिए पनि गाई-वस्तुहरूको सट्टामा म तिमीहरूलाई अन्न दिनेछु।”
17
यसकारण तिनीहरूले आफ्ना गाई-वस्तु योसेफकहाँ ल्याए र तिनले तिनीहरूका घोडा, भेडा-बाख्रा, गाई-गोरु र गधाहरूको सट्टामा तिनीहरूलाई अन्न दिए। त्यो साल योसेफले तिनीहरूका सारा गाई-वस्तुको सट्टामा तिनीहरूलाई अन्न दिए।
18
अर्को साल तिनीहरूले आएर योसेफलाई भने, “तपाईंसित लुकाउने कुरा केही छैन, हजुर। हाम्रा सबै रकम-पैसा सिद्धिए र हाम्रा सबै गाईवस्तुहरू तपाईंका भइसकेका छन्। अब तपाईंलाई दिने हामीसित आफ्ना शरीर र जमिनबाहेक अरू केही छैन।
19
हामीलाई नष्ट हुन नदिनुहोस्। केही उपाय गर्नुहोस्। हाम्रा जग्गा-जमिन उजाड हुन नदिनुहोस्। हामीलाई अन्न दिनुहोस् र हामीलाई हाम्रो जमिनसमेत किन्नुहोस्। हामी राजाको कमारा-कमारी हुनेछौं। हाम्रा जग्गा-जमिन राजाका हुनेछन्। हामीलाई बचाउन अन्न दिनुहोस् र हाम्रो खेतबारीमा छर्न बिउ दिनुहोस्।”
20
यसरी मिश्रमा भएका सारा जमिन योसेफले राजाको निम्ति किने। अनिकालचाहिँ यति भयङ्कर भएको थियो कि हरेक मिश्रीलाई आफ्नो जमिन बेच्न कर लाग्यो। यसरी सारा जमिन राजाका भए।
21
मानिसहरूचाहिँ मिश्रको एक कुनादेखि अर्को कुनासम्म सबै कमारा भए।
22
खालि पूजाहारीको जमिन मात्र तिनले किनेनन्। तिनीहरूले जमिन बेच्नुपरेन किनभने तिनीहरूलाई राजाले जीविकाको लागि केही खर्च दिन्थे।
23
योसेफले मानिसहरूलाई भने, “हेर, अब राजाको लागि मैले तिमीहरूलाई जमिनसमेत किनेको छु। खेतमा छर्ने बिउ यहाँ छ।
24
कटनीको समयमा पाँच भागमा एक भाग तिमीहरूले राजालाई दिनुपर्नेछ। बाँकी फसल तिमीहरू बिउको लागि र आफ्ना परिवारका लागि मात्र राख्न सक्नेछौ।”
25
तिनीहरूले भने, “हजुरले हाम्रा प्राण बचाइदिनुभयो। हजुरले हाम्रो भलाइ गर्नुभएको र हामी राजाको कमारा-कमारी रहनेछौं।”
26
यसरी योसेफले मिश्रदेशमा उब्जनीको पाँचौँ हिस्सा राजाको हुने ऐन बनाए। यो ऐन अहिलेसम्म त्यहाँ चलिआएको छ। खालि पूजाहारीहरूको जमिन राजाको भएन।
27
इस्राएलीहरू मिश्रमा गोशेनको इलाकामा बस्थे। त्यहाँ तिनीहरू धनी भए र तिनका सन्तानहरू पनि धेरै भए।
28
याकूब मिश्रमा सत्र वर्ष बाँचे र एक सय सत्चालीस वर्षका भए।
29
उनको मर्ने समय भएपछि आफ्ना छोरा योसेफलाई डाकेर भने, “मेरो तिघ्राका बीचमा तेरो हात राखेर मलाई मिश्रमा गाड्नेछैन भनी शपथ खा।
30
मेरा बुबा-बराजुसँग म गाडिन चाहन्छु। मिश्रदेखि मलाई लगेर तिनीहरू गाडिएको ठाउँमा मलाई गाड्नू।” योसेफले भने, “म तपाईंले भनेअनुसार गर्नेछु।”
31
याकूबले भने, “त्यसो गर्नेछु भनी शपथ खा।” योसेफले शपथ खाए र त्यहाँ ओछ्यानमा नै याकूबले धन्यवाद दिए।
← Chapter 46
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 48 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50