bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Genesis 3
Genesis 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 4 →
1
परमप्रभु परमेश्वरले बनाउनुभएका पशुहरूमध्ये साँप सबैभन्दा धूर्त थियो। साँपले स्त्रीलाई सोध्यो, “के परमेश्वरले तिमीहरूलाई बगैँचाका कुनै रूखको फल नखानू भन्नुभएको छ?”
2
[2-3] स्त्रीले उत्तर दिई, “बगैँचाका बीचमा भएको रूख छोडी अरू कुनै पनि रूखका फल हामी खान सक्छौं। परमेश्वरले त्यो रूखको फलचाहिँ नखानू र नछुनू पनि भन्नुभएको छ। हामीले त्यो खायौं भने हामी मर्नेछौं।”
4
साँपले जवाफ दियो, “त्यो कुरा साँचो होइन, तिमीहरू मर्नेछैनौ।
5
तिमीहरूले त्यसको फल खायौ भने परमेश्वरजस्तै हुनेछौ र असल र खराबको ज्ञान पाउनेछौ भनी उहाँले जान्नुहुन्छ र नै त्यसो भनेका हुन्।”
6
त्यो रूख हेर्नमा कति सुन्दर अनि त्यसका फल खानलाई कति रहरलाग्दा थिए, त्यो स्त्रीले देखिन्। ज्ञानी हुन पाए कति असल हुनेथियो, उनले सोचिन्। उनले केही फल टिपेर खाइन्, केही आफ्ना लोग्नेलाई दिइन् र उनले पनि त्यो खाए।
7
त्यो खाने बित्तिकै तिनीहरूले समझशक्ति पाए र आफू नाङ्गै रहेछौं भनी चाल पाए। यसकारण तिनीहरूले नेभाराको पात गाँसेर त्यसले आफ्ना शरीर ढाके।
8
त्यही बेलुका तिनीहरूले परमप्रभु परमेश्वर बगैँचामा डुलिरहनुभएको सुने र रूखका बीचमा उहाँका सामुदेखि लुके।
9
तर परमप्रभु परमेश्वरले “तँ कहाँ छस्?” भनी मानिसलाई बोलाउनुभयो।
10
उनले जवाफ दिए, “मैले तपाईंको सोर बगैँचामा सुनें। म नाङ्गै थिएँ, यसैले म डराएँ र तपाईंदेखि लुकें।”
11
“तँ नाङ्गै छस् भनेर कसले तँलाई भन्यो? मैले नखानू भनेको फल तैँले खाइस् कि कसो?” परमेश्वरले सोध्नुभयो।
12
मानिसले उत्तर दिई भने, “यहाँ मसँग रहन तपाईंले दिनुभएको स्त्रीले मलाई त्यो फल दिई र मैले खाएँ।”
13
परमप्रभु परमेश्वरले स्त्रीलाई सोध्नुभयो, “किन तैँले त्यसो गरिस्?” उनले भनिन्, “साँपले पो मलाई छल गरेर त्यो खान लायो।”
14
तब परमप्रभु परमेश्वरले साँपलाई भन्नुभयो, “यसको लागि तैँले दण्ड पाउनेछस् र सबै पशुहरूमध्ये तैँले मात्र यो सराप पाउनेछस्। अबदेखि उसो पेटको बलले घस्रेर तँ हिँड्नेछस् र जीवनभरि माटो खानेछस्।
15
म तँलाई र स्त्रीलाई आपसमा घृणा गर्न लाउनेछु, तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु र त्यसको सन्तानले तेरो टाउको कुच्च्याउनेछ र तैँले त्यसको सन्तानको कुर्कुच्चा ठुँग्नेछस्।”
16
तब उहाँले स्त्रीलाई भन्नुभयो, “तैँले गर्भवती हुँदा पाउने कष्ट र छोरा-छोरी जन्माउँदा पाउने पीडा म बढाउनेछु। त्यसो भएर पनि तैँले आफ्ना लोग्नेको चाहना गर्नेछस् र उसको अधीनमा बस्नेछस्।”
17
अनि उहाँले मानिसलाई भन्नुभयो, “तैँले तेरी स्वास्नीको कुरा सुनिस् र मैले नखानू भनेको फल खाइस्, तेरो यस कामले गर्दा भूमिमाथि सराप पर्नेछ, त्यहाँबाट आफूलाई पुग्ने गरी खानेकुरा उमार्न तैँले जीवनभरि कठोर मेहनत गर्नुपर्नेछ।
18
त्यसले काँडा र काम नलाग्ने झार उमार्नेछ र तैँले बनका सागपात खानेछस्।
19
जुन माटोबाट तँ बनाइएको थिइस्, त्यही माटोमा नफर्कुञ्जेल तैँले भूमिबाट केही कुरा उमार्न कठोर परिश्रम गरी पसिना चुहाउनुपर्नेछ। तँ माटोले बनेको थिइस् र फेरि माटै बन्नेछस्।”
20
आदमले आफ्नी स्वास्नीको नाम हव्वा राखे किनभने उनी सबै मानिसजातिकी आमा थिइन्।
21
अनि परमप्रभु परमेश्वरले आदम र उनकी स्वास्नीका निम्ति पशुका छालाका वस्त्र बनाइदिनुभयो र तिनीहरूलाई पहिर्याइदिनुभयो।
22
तब परमप्रभु परमेश्वरले भन्नुभयो, “अब मानिस हामीजस्तै भएको छ र उसले असल र खराबको ज्ञान पाएको छ। उसले जीवनको रूखको फल खाएर सधैँभरि बाँचिरहन पाउनुहुँदैन।”
23
यसैले परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो र जुन माटोबाट उनी बनेका थिए, त्यही माटोमा खेती गर्न लाउनुभयो।
24
तब उहाँले बगैँचामा पूर्वपट्टि पहरा दिनलाई स्वर्गीय प्राणीहरू र एउटा चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो। कोही पनि जीवनको रूखको छेउ पुग्न नसकोस् भनी त्यसो गरिएको थियो।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50