bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Genesis 26
Genesis 26
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 27 →
1
त्यो देशमा अघि अब्राहामको समयमा परेको अनिकालबाहेक अर्को एउटा अनिकाल फेरि पर्यो। तब इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरारमा गए।
2
परमप्रभुले इसहाकलाई दर्शन दिएर भन्नुभएको थियो, “मिश्रमा नजा। यही देशमा बस्। म जहाँ तँलाई बस् भन्छु,
3
त्यही देशमा बस्। म तँसित रहनेछु र तँलाई आशिष् दिनेछु। यो सारा देश तँलाई र तेरा सन्तानलाई दिनेछु। तेरा बुबा अब्राहामसित मैले गरेको प्रतिज्ञा म पूरा गर्नेछु।
4
आकाशमा जति तारा छन्, त्यति नै म तँलाई सन्तान दिनेछु र यो सारा देश तिनीहरूलाई दिनेछु। मैले तेरो सन्तानलाई दिएको जस्तो आशिष् अरू सबै जातिहरूले मसँग माग्नेछन्।
5
अब्राहामले मेरो वचन मान्यो र सबै नियमहरू र आज्ञाहरू पालन गर्यो। यसकारण म तँलाई आशिष् दिनेछु।”
6
यसरी इसहाक गरारमा बस्न थाले।
7
त्यहाँका मानिसहरूले उनकी स्वास्नीको बारेमा सोध्दा उनले यो मेरी बहिनी हो भने। उनले रिबेकालाई आफ्नी स्वास्नी हो भनेनन् किनभने त्यहाँका मानिसहरूले रिबेकालाई हात पार्न मलाई मार्छन् भनी उनी डराए। रिबेका अति सुन्दरी थिइन्,
8
इसहाक त्यहाँ बसेको केही समय भएपछि अबीमेलेक राजाले एक दिन झ्यालबाट हेर्दा इसहाकले रिबेकालाई माया गरिरहेका देखे।
9
अबीमेलेकले इसहाकलाई बोलाउन पठाए र भने, “के त्यो तिम्री स्वास्नी हो, किन ‘यो मेरी बहिनी हो’ भन्यौ?” उनले जवाफ दिए, “मैले आफ्नी स्वास्नी हो भनेमा मलाई मार्छन् होला भनी मैले सोचेको थिएँ।”
10
“तिमीले हामीसित यो के गरेको?” अबीमेलेकले भने, “कुन मेरो मानिस सजिलै तिम्री स्वास्नीसँग सुत्न सक्दथ्यो। यस्तो अपराध हामीबाट भएको भए तिमी जिम्मेवार हुनेथियौ।”
11
अबीमेलेकले सबै मानिसहरूलाई, “यो मानिस र यसकी स्वास्नीसित खराब व्यवहार गर्ने मानिस मारिनेछ,” भनी चेतावनी दिए।
12
इसहाकले त्यस ठाउँमा अन्नबाली लगाए र त्यस साल आफूले रोपेको सय गुणा बाली काटे किनभने परमप्रभुले उनलाई आशिष् दिनुभयो।
13
उनलाई लाभ भयो र उनी औधी धनी हुँदै गए।
14
उनीसँग भेडाका बथान, गाई-गोरु र धेरै चाकरहरू थिए, यसकारण पलिश्तीहरूले उनीसित डाह गर्न लागे।
15
अब्राहामका चाकरहरूले उनी जिउँदा छँदा जति इनारहरू खनेका थिए, ती सबै पलिश्तीहरूले पुरिदिए।
16
तब अबीमेलेकले इसहाकलाई भने, “हाम्रो देश छोडेर जाऊ। तिमी हामीभन्दा सामर्थी छौ।”
17
तब इसहाक त्यहाँबाट हिँडे र गरार बेसीमा पाल हालेर त्यहाँ केही समयसम्म बास गरे।
18
अब्राहामको समयमा खनेका र उनको मृत्युपछि पलिश्तीहरूले बन्द गरिदिएका इनारहरू फेरि इसहाकले खन्न लाए। उनले ती इनारहरूका नाम आफ्ना बुबाले पहिला राखेकै नामहरू राखे।
19
इसहाकका चाकरहरूले त्यहाँ बेसीमा एउटा इनार खने र पानी भेट्टाए।
20
गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग झगडा गरे र यसो भने, “यो पानी हाम्रो हो।” यसैले इसहाकले त्यस इनारको नाम एसेक राखे किनभने उनीहरूले तिनीहरूसँग झगडा गरेका थिए।
21
इसहाकका नोकरहरूले अर्को एउटा इनार खने र त्यसबारे पनि झगडा भयो। उनले त्यसको नाम सित्ना राखे।
22
उनी त्यहाँबाट सरेर गए र अर्को एउटा इनार खने। त्यसबारे भने झगडा भएन र उनले त्यसको नाम ‘रहोबोत’ (खुला) राखे। उनले भने, “अब परमप्रभुले हामीलाई यस ठाउँमा बस्न छुट दिनुभएको छ र यहाँ हाम्रो फलिफाप हुनेछ।”
23
त्यहाँबाट सरेर इसहाक बेर्शेबा गए।
24
त्यस रात परमप्रभु उनीकहाँ देखा पर्नुभयो र भन्नुभयो, “म तेरो बुबा अब्राहामको परमेश्वर हुँ। नडरा, म तँसँग छु। मेरो दास अब्राहामसित मैले गरेका प्रतिज्ञाअनुसार म तँलाई आशिष् दिनेछु र धेरै सन्तानहरू दिनेछु।”
25
त्यहाँ इसहाकले एउटा वेदी बनाए र परमप्रभुको भक्ति गरे। अनि त्यहाँ उनले आफ्ना पाल हाले र उनका नोकरहरूले अर्को एउटा इनार खने।
26
आफ्ना सल्लाहकार अहुज्जत र सेनापति पीकोललाई साथमा लिएर गरारबाट अबीमेलेक इसहाकलाई भेट्न आए।
27
तब इसहाकले सोधे, “पहिले दुश्मनी गरेर देशबाट निकाल्नुभयो, अहिलेचाहिँ किन भेट्न आउनुभयो?”
28
तिनीहरूले उत्तर दिए, “अब हामीले देख्यौं कि परमप्रभु तिमीसित हुनुहुन्छ र हाम्रो माझमा एउटा गम्भीर सम्झौता हुनुपर्छ। जसरी हामीले तिमीलाई केही हानि गरेनौं, त्यसरी नै
29
तिमीले पनि हाम्रो हानि नगर्न तिमीले हामीसित प्रतिज्ञा गरेको हामी चाहन्छौं। हामीले दया गरी तिमीलाई शान्तिसित बिदा गर्यौं। अब यो पनि छर्लङ्ग भएको छ कि परमप्रभुले तिमीलाई आशिष् दिनुभएको छ।”
30
इसहाकले तिनीहरूका लागि भोजन तयार गरे, तिनीहरूले खाए र पिए।
31
भोलिपल्ट बिहान सबेरै दुवैले आ-आफ्ना प्रतिज्ञा गरे र शपथ खाएर पक्का गरे। इसहाकले तिनीहरूलाई बिदा गरे। तिनीहरू साथी-साथी भई छुट्टिए।
32
त्यही दिन उनका नोकरहरूले आएर तिनीहरूले खनेका इनारबारे इसहाकलाई बताए। तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौं।”
33
तब उनले त्यस इनारको नाम शिबा राखे। यसरी बेर्शेबा सहरका नाम राखिएको हो।
34
एसावले ४० वर्ष पुग्दा दुइटी हित्ती केटीहरूलाई विवाह गरे। एउटीको नाम यहूदीत र अर्कीको नाम बासमत थियो। यहूदीत बेरीको छोरी अनि बासमत एलोनकी छोरी थिए।
35
ती केटीहरूले गर्दा इसहाक र रिबेकाको जीवन दु:खित भयो।
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
Recommended Reading
Commentary
Genesis Commentaries
→
Devotional
Genesis Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→