bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Genesis 31
Genesis 31
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 32 →
1
“याकूबले हाम्रा बुबाका सबै थोक लग्यो, त्योसँग भएका सारा सम्पत्ति हाम्रो बुबाको हो।” यसरी लाबानका छोराहरूले भनिरहेका छन् भनी याकूबले सुने।
2
लाबानले पनि अघिजस्तो असल व्यवहार आफूसित नगरेको याकूबले देखे।
3
तब परमप्रभुले उनलाई भन्नुभयो, “तेरा पिता-पुर्खाका देशमा आफ्ना कुटुम्बहरूकहाँ फर्की जा। म तँसित रहनेछु।”
4
तब याकूबले राहेल र लेआलाई आफूसँग खेतमा भेडा-बाख्रा चरेका ठाउँमा भेट्न खबर पठाए।
5
उनले तिनीहरूलाई भने, “तिम्रा बुबाले अघिजस्तो मसित असल व्यवहार नगरेको म देख्दै छु। तर मेरा बुबाका परमेश्वर मसँग हुनुहुन्छ।
6
तिमीहरू दुवैले देखेका छौ कि पूरा बल लाएर मैले कसरी तिम्रा बुबाको काम गरेको छु।
7
तर उनले मलाई ठगे र दशपल्ट मेरो ज्याला बदले। तर परमेश्वरले तिनलाई मेरो हानि गर्न दिनुभएन।
8
लाबानले ‘थोप्ले बाख्रा तेरा हुनेछन्,’ भन्दा बगालमा थोप्ले पाठा जन्मे। उनले ‘धर्के बाख्रा तेरा हुनेछन्,’ भन्दा बगालमा धर्के नै जन्मे।
9
परमेश्वरले बगाल तिम्रा बुबाबाट मलाई दिनुभएको छ।
10
“बगाल मिसिने बेलामा मैले सपना देखें। सपनामा मिसिने बोकाहरू थोप्ले, धर्के र टाटे-पाङ्ग्रे थिए।
11
सपनामा परमेश्वरको दूतले मलाई भने ‘याकूब!’ ‘हजुर!’ मैले उत्तर दिएँ।
12
‘हेर्,’ उनले भने, ‘मिसिने बोकाहरू एक धर्के, थोप्ले र टाटे-पाङ्ग्रे छन्। मैले यसो गरेको हो किनभने लाबानले तँलाई के गर्दै छ, मैले देखेको छु।
13
तँलाई बेथेलमा दर्शन दिने परमेश्वर म नै हुँ, जुन बेथेलमा तैँले एउटा ढुङ्गामा तेल खन्याएर एउटा स्मारक अभिषेक गरी मसँग एउटा भाकल गरेको थिइस्। तँ जन्मेको देशमा जानलाई तयार हो’।”
14
राहेल र लेआले याकूबलाई भने, “अब बुबाबाट पाउनुपर्ने कुरा हाम्रो लागि केही छैन।
15
उहाँले हामीलाई विदेशीजस्तै ठान्नुहुन्छ। उहाँले हामीलाई बेच्नुभयो र पाएका पैसा सबै सक्नुभयो।
16
उहाँबाट परमेश्वरले खोस्नुभएका सबै धन-सम्पत्ति हाम्रा र हाम्रा छोरा-छोरीका हुन्। परमेश्वरले जस्तो आज्ञा गर्नुभएको छ, त्यसै गर्नुहोस्।”
17
[17-18] याकूब आफ्नो बुबाकहाँ कनान देशमा जान तयार भए। आफ्ना बाल-बच्चा र स्वास्नीहरूलाई ऊँटमा चढाए र भेडा-बाख्राका बथान र पद्दन-अराममा कमाएका अरू सबै चीजबीज अघि लाएर उनी हिडे।
19
लाबान भेडाका ऊन कत्रन गएका थिए। बुबा घरमा नभएको बेलामा राहेलले बुबाका घर-देवताहरू चोरेर लगिन्।
20
आफू जाने कुरा नभनेर याकूबले लाबानलाई झुक्याए।
21
आफ्ना सबै थोक साथमा लिएर उनी हतारमा बिदा भए। यूफ्रेटिस नदी पार गरेर उनी गिलादको पहाडतर्फ लागे।
22
तीन दिनपछि याकूब भागेको कुरा लाबानले सुने।
23
आफ्ना मानिसहरू साथमा लिएर लाबानले सात दिनसम्म याकूबलाई खेदे र गिलादको पहाडमा उसलाई भेट्टाए।
24
राती सपनामा लाबानकहाँ देखा परेर परमेश्वरले भन्नुभयो, “होशियार गर्। तैँले कुनै प्रकारले याकूबलाई नहप्काउनू।”
25
याकूबले आफ्नो पाल पहाडमा टाँगेका थिए। गिलादको पहाडमा लाबानले पनि आफ्ना मानिसहरूसित पाल टाँगे।
26
लाबानले याकूबलाई भने, “मेरा छोरीहरूलाई लडाइँमा कैद गरिएका स्त्रीहरूजस्तै गरी लगेर तिमीले किन मसित यस्तो छल गर्यौ?
27
मलाई केही नभनी सुटुक्क भागेर किन धोका दियौ? तिमीले मलाई भनेको भए म तिमीलाई खुसीले गीत गाउँदै, वीणा र खैँजडी बजाएर बिदा गर्नेथिएँ।
28
मेरी छोरी र नाति-नातिनाहरूलाई म्वाइँ खाएर बिदा गर्न पनि दिएनौ। यो तिमीले मूर्ख काम गर्यौ।
29
म तिम्रो हानि गर्न सक्छु तर हिजो राती तिम्रा बुबाका परमेश्वरले तिमीलाई कुनै प्रकारले नहप्काउन मलाई चेतावनी दिनुभयो।
30
घर फर्कन तिमीलाई हतार लागेको म जान्दछु तर मेरा घरदेवताहरूचाहिँ किन चोरेर ल्यायौ?”
31
याकूबले उत्तर दिए, “तपाईंले आफ्ना छोरीहरू मबाट खोस्नुहुन्छ होला भनी मलाई डर लाग्यो।
32
तर यहाँ कसैले तपाईंका देवताहरू लिई आएको छ भने त्यो मारिनेछ। हाम्रा मानिसहरूलाई साक्षी राखेर चीजबीज खोज्नुहोस् र भेटेमा लैजानुहोस्।” राहेलले लाबानका देवताहरू चोरेकी छ भनेर याकूबलाई थाहा थिएन।
33
लाबानले याकूबको पालमा गई खोजी गरे। त्यसपछि उनले लेआ र दुई कमारीहरूका पालमा गई खोजी गरे। तर कहीँ पनि उनले आफ्ना देवताहरू पाएनन्। त्यसपछि उनी राहेलको पालमा पसे।
34
राहेलले ती घर-देवताहरू ऊँटको काठीमा भएको थैलोमा राखेर त्यसमाथि आफैं बसिरहेकी थिई। लाबानले पालमा खोजी हेरे तर कहीँ पाएनन्।
35
राहेलले आफ्ना बुबालाई भनिन्, “हजुर मसित नरिसाउनुहोला। मेरो रजस्वला भएको छ, मैले तपाईंको सामु उभिनुभएन।” त्यसरी लाबानले खोजेर पनि आफ्ना घर-देवताहरू पाएनन्।
36
तब याकूब रिसाए। “मैले के अपराध गरेको छु?” उनले रिसमा सोधे, “मैले कुन नियम तोडेको छु र तपाईंले यसरी मेरो खेदो गर्ने हक पाउनुभयो?
37
तपाईंले मेरा सारा सर-सामान जाँच गर्नुभयो, तपाईंको घरको के चीज भेट्टाउनुभयो? यहाँ हाम्रा, तपाईंका र मेरा मानिसहरूका अघि त्यो चीज राख्नुहोस् र हामीमध्ये को निर्दोष छ, तिनीहरूले फैसला गरून्।
38
बीस वर्षदेखि म तपाईंसित बसेको छु। तपाईंका भेडा-बाख्राहरूले बच्चा ब्याउन छोडेनन्, तपाईंका बथानबाट मैले कुनै पनि भेडा-बाख्रा खाइनँ।
39
जङ्गली जनावरले भेडा मारिदिँदा पनि त्यो हानि मैले नै खप्ने गरें। मेरो केही दोष थिएन र पनि मैले कहिल्यै ती हानि तपाईंलाई देखाइनँ। दिउँसो होस् वा राती पशुहरू चोरी भएकोमा पनि तपाईंले मबाट लिनुहुन्थ्यो।
40
धेरैचोटि दिउँसो गर्मीले र राती चिसोले मलाई पीर पार्दथ्यो, म सुत्न सक्दिनथें।
41
तपाईंसित बसेका बीस वर्ष यसरी नै बिते। तपाईंका दुई छोरीहरूका निम्ति मैले चौध वर्ष चाकरी गरें, त्यसपछि ६ वर्षसम्म मैले तपाईंका भेडा-बाख्राहरू चराएँ। तर पनि तपाईंले दशचोटि मेरो ज्याला बदल्नुभयो।
42
मेरा बुबाका परमेश्वर अब्राहाम र इसहाकका परमेश्वर मसँग नहुनुभएको भए तपाईंले मलाई रित्तै हात पठाउनुहुनेथ्यो। तर परमेश्वरले मेरो कष्ट र काम देख्नुभयो र हिजो राती उहाँले आफ्नो निसाफ दिनुभयो।”
43
लाबानले याकूबलाई उत्तर दिए, “यी केटीहरू मेरा छोरीहरू हुन्, यिनका छोरा-छोरीहरू मेरा नाति-नातिनाहरू हुन्। यी भेडा-बाख्राहरूका बथान मेरा हुन्। खासै यहाँ जति कुरा देखिंदै छ, ती मेरै हुन्। तर मेरा छोरीहरू र तिनका छोरा-छोरीहरू रोक्ने काम म गर्दिनँ।
44
म तिमीसित एउटा सम्झौता गर्न राजी छु। तिमी र मैले यहाँ एक रास ढुङ्गा थुपारौं, त्यसले हामी यसरी राजीखुसी भएका कुरालाई याद गराउनेछ।”
45
अनि याकूबले एउटा ढुङ्गो उठाएर एउटा स्मारक बनाए।
46
उनले आफ्ना मानिसहरूलाई ढुङ्गा बटुलेर थुपार्न लगाए। तब तिनीहरूले ढुङ्गाको रासको छेउमा भोज खाए।
47
त्यस ठाउँको नाम लाबानले यगर-सहदूता अनि याकूबले गलेद राखे।
48
लाबानले याकूबलाई भने, “यो ढुङ्गाका थुप्रोले हामी दुवैलाई याद दिलाउनेछ।” त्यही कारण त्यसको नाम गलेद राखियो।
49
लाबानले फेरि भने, “हामी एक-अर्काबाट छुट्टिएपछि परमप्रभुले हामीमाथि कृपा दृष्टि राखून्।” यसकारण त्यस ठाउँको नाम मिस्पा पनि राखियो।
50
लाबानले भन्दै गए, “तिमीले मेरा छोरीहरूसँग नराम्रो व्यवहार गर्यौ भने या त अरू स्वास्नीहरू ल्यायौ भने मैले ती कुरा चाल नपाए पनि यो याद राख कि परमेश्वरले हामीलाई हेरिरहनुहुन्छ।
51
हाम्रा माझमा मैले थुपारेको ढुङ्गाका थुप्रो र स्मारक ढुङ्गा यहाँ छन्।
52
यो ढुङ्गाको थुप्रो र यो स्मारक ढुङ्गा दुवैले हामीलाई याद दिलाउनेछन्। यो ढुङ्गाको रास नाघेर कहिल्यै म तिमीमाथि जाइलाग्नेछैन अनि तिमी पनि यो वा त्यो स्मारक ढुङ्गा नाघेर ममाथि आइनलाग्नू।
53
अब्राहामका र नाहोरका परमेश्वरले हाम्रा बीचको न्याय गर्नुहुनेछ।” तब आफ्ना बुबा इसहाकले पुजेका परमेश्वरको नाममा याकूबले त्यो प्रतिज्ञा मान्न शपथ खाए।
54
उनले एउटा पशु मारेर पहाडमा बलि चढाए र आफ्ना मानिसहरूलाई भोजमा निम्त्याए। भोज गरिसकेर सबैले रात त्यहीँ पहाडमै बिताए।
55
भोलिपल्ट बिहान सबेरै लाबानले आफ्ना छोरीहरू र नाति-नातिनाहरूलाई म्वाइँ खाएर बिदा गरी आशीर्वाद दिए अनि घरतिर फर्के।
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 32 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50