bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Genesis 50
Genesis 50
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 49
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
1
योसेफले आफ्ना बुबामाथि घोप्टो परेर रुन र बुबाको मोहोडामा म्वाइँ खान लागे।
2
बुबाको लाशमा सुगन्ध भएको तेल र लेप लाउन लाए।
3
सुगन्धित तेल र लेप मल्ने समय चालीस दिन हुन्थ्यो र चालीस दिनसम्म तिनीहरूले तेल र लेप मले। मिश्रीहरूले उनको लागि सत्तरी दिनसम्म शोक गरे।
4
शोक गर्ने बेला पूरा भएपछि योसेफले राजाका भारदारहरूलाई भने, “राजालाई यो खबर गरिदिनुहोस्,
5
‘मेरो बुबाले मर्ने बेलामा आफूले कनान देशमा बनाएको चिहानमा उनलाई गाड्नू भनी मलाई प्रतिज्ञा गर्न लाएका थिए र बुबालाई गाड्न जाने आज्ञा मलाई दिइयोस् र काम सकेर म फर्की आउनेछु’।”
6
राजाले उत्तर दिए, “तिमीले प्रतिज्ञा गरेअनुसार गएर तिम्रो बुबालाई गाड।”
7
योसेफ बुबालाई गाड्न गए। राजाका सबै भारदारहरू, राजदरबारका मुख्य मानिसहरू र मिश्रदेशमा सबै ठूला-ठालुहरू योसेफसित गए।
8
योसेफका परिवार, दाजुभाइहरू र याकूबको परिवारका अरू मानिसहरू पनि तिनीसित गए। खालि तिनीहरूका स-साना छोरा-छोरीहरू, भेडा-बाख्रा र गाई-गोरुहरू गोशेनमा रहे।
9
मानिसहरू रथमा चढी घोडामा सवार भएर तिनीसित गए। मलामी जानेहरूको एउटा ठूलो भीड थियो।
10
जब तिनीहरू यर्दन नदीको पूर्वपट्टि आतादको अन्न कुट्ने ठाउँमा आइपुगे, तब तिनीहरूले धेरै बेरसम्म ठूलो सोरले विलाप गरे अनि योसेफले सात दिनसम्म विलापको रीतिथितिको काम पूरा गरे।
11
कनानबासीहरूले तिनीहरूलाई आतादमा विलाप गरेको देखेर भने, “यी मिश्रीहरूले कति धेरै विलाप गरिरहेका छन्!” त्यसकारण त्यस ठाउँको नाम हाबिल-मिश्रइम राखियो।
12
यसरी याकूबका छोराहरूले बुबाले भनेअनुसार गरे।
13
तिनीहरूले उनको लाश कनानमा लगे र मम्रेको पूर्वमा अब्राहामले चिहान बनाउन एप्रोन हित्तीदेखि किनेको खेतमा भएको मक्पेलाको ओडारमा गाडे।
14
बुबालाई गाडिसकेपछि योसेफ आफ्ना दाजुभाइहरू र उनीसित गएका मलामीलाई साथमा लिई मिश्रमा फर्के।
15
आफ्ना बुबा मरेपछि योसेफका दाजुभाइहरूले भने, “यदि योसेफले अझै हामीलाई घृणा गर्न र बदला लिन खोज्यो भने कसो गर्नुपर्ने हो?”
16
यसकारण तिनीहरूले योसेफलाई यस्तो खबर पठाए, “हाम्रा बुबाले मर्नुभन्दा अघि तपाईंलाई यसो भन्नुभएको थियो,
17
‘तेरा दाजुहरूले तेरो खराबी गरेर जो अपराध गरे, त्यो अब दया गरी माफ गरिदे।’ हामी तपाईंका बुबाका परमेश्वरका दासहरूलाई हामीले गरेका दोष अब माफ गरिदिनुहोस्।” यो खबर पाई योसेफ रोए।
18
तब तिनका दाजुभाइहरू आफैं गएर तिनको अघि शिर निहुराएर भने, “हामी तपाईंका कमाराहरू यहाँ तपाईंको अघि हाजिर छौं।”
19
योसेफले तिनीहरूलाई भने, “नडराओ, म परमेश्वरको स्थानमा छैनँ।
20
तिमीहरूले मेरो विरुद्धमा खराब जाल रच्यौ तर परमेश्वरले त्यसलाई भलाइमा बदल्नुभयो, जसले गर्दा उहाँले धेरै मानिसहरूको प्राण जोगाउनुभयो र आज तिनीहरू बाँचेका छन्।
21
तिमीहरू डराउने केही काम छैन। म तिम्रा र तिम्रा छोरा-छोरीहरूको हेरचाह गर्नेछु।” यसरी योसेफले दयाको शब्द बोलेर तिनीहरूलाई ढाडस दिए। ती शब्दले तिनीहरूको हृदय छोयो।
22
आफ्नो बुबाको परिवार लिएर योसेफ मिश्रमा बसिरहे। उहाँको मृत्यु हुँदा उनको उमेर ११० वर्ष भएको थियो।
23
एफ्राइमका छोरा-छोरी, नाति-नातिनीहरू पनि उनले देखे। मनश्शेको छोरो माकीरका छोरा-छोरीहरू पनि परिवारमा थपिञ्जेलसम्म उनी बाँचिरहे।
24
उनले दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो तर परमेश्वरले निश्चय नै उहाँले अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञाअनुसार तिमीहरूलाई यस देशबाट डोर्याएर निकालिलैजानुहुनेछ।”
25
त्यसपछि योसेफले आफ्ना मानिसहरूलाई शपथ खान लाए। उनले भने, “परमेश्वरले तिमीहरूलाई त्यस देशमा लैजानुहुँदा मेरो लाश पनि लिएर जानेछौ भनी मसँग प्रतिज्ञा गर।”
26
योसेफ मिश्रदेशमा ११० वर्ष उमेर पुगेर मरे। तिनीहरूले सुगन्धित तेल र लेप तिनको लाशमा मलेर लाश एउटा बाकसमा हालेर राखे।
← Chapter 49
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50