bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Genesis 39
Genesis 39
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 38
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 40 →
1
इश्माएलीहरूले योसेफलाई मिश्रमा लगेर पोतीफरको हातमा बेचिदिएका थिए। तिनी राजाका अधिकृत अनि राजमहलको पहरेदारहरूका कप्तान थिए।
2
परमप्रभु योसेफसँग हुनुहुन्थ्यो र त्यहाँ उनलाई फलिफाप भयो। उनी आफ्ना मिश्री मालिकको घरमा बस्थे।
3
परमप्रभु योसेफसित हुनुहुन्छ र तिनले हात हालेको काममा सफल हुन्छन् भनी पोतीफरले देखे।
4
पोतीफर योसेफसित प्रसन्न थिए र उनलाई आफ्नो निज चाकर बनाए। आफ्नो घर र त्यहाँ भएका सबै कुराहरू तिनले योसेफको जिम्मामा दिए।
5
त्यस समयदेखि योसेफको कारण परमप्रभुले त्यस मिश्रीको घरमा आशिष् दिनुभयो। तिनको घरबार, खेतबारी र त्यहाँ भएका सबै कुरामाथि परमेश्वरले आशिष् दिनुभयो।
6
आफूसँग भएका सबै थोक पोतीफरले योसेफलाई जिम्मा लाइदिए र आफूले खाने भोजनबाहेक अरू कुनै कुराको वास्ता राख्दैनथे। योसेफ लायकको र हेर्नमा सुन्दर थिए।
7
केही समयपछि मालिककी स्वास्नीले उनलाई मन पराउन लागिन् र आफूसित सुत्न बोलाइन्।
8
उनी मानेनन् र भने, “हेर्नुहोस्, म यहाँ भएकोले मालिकले घरको केही कुराको फिक्री गर्नुहुन्न। आफ्नो सबै थोक उहाँले मेरै जिम्मामा दिनुभएको छ।
9
यस घरमा मालिकको बराबर मेरो अधिकार छ। तपाईंबाहेक अरू सबै थोक उहाँले मलाई दिनुभएको छ। यस्तो दुष्ट काम गरेर म कसरी परमेश्वरको विरुद्धमा पाप गर्न सक्छु?”
10
तिनले दिनदिनै योसेफलाई बोलाउँथिन् तर योसेफ तिनीसित सुत्न मान्दैनथे।
11
तर एक दिन योसेफ आफ्नो काम गर्न घरभित्र पसेको बेलामा त्यहाँ घरको अरू चाकर कोही थिएन।
12
तिनले योसेफको लुगा समातेर भनिन्, “मसँग सुत्न आऊ।” तर उनी फुत्केर घरबाट भागे। उनको लुगा मालिक्नीकै हातमा थियो।
13
त्यसरी आफ्ना लुगा छोडी योसेफ घरबाट भागेको देखी
14
तिनले घरको चाकरहरूलाई बोलाएर भनिन्, “ल, यो हेर, मेरो स्वामीले ल्याएको यस हिब्रूले मेरो बेइज्जत गर्यो। त्यो मेरो कोठामा आएर जब्बरजस्ती मसित सुत्न खोज्यो। म जोडले चिच्च्याएँ।”
15
म चिच्च्याएको सुनेर त्यो आफ्नो लुगा मेरो छेउमा छोडी भाग्यो।
16
मालिक घर नआउञ्जेल तिनले योसेफको लुगा आफूसित राखिन्।
17
त्यसपछि तिनले लोग्नेलाई त्यही कुरा सुनाइन्, “तपाईंले ल्याएको हिब्रू कमारोले मेरो कोठामा आएर मेरो बेइज्जती गर्यो।
18
तर म चिच्च्याउँदा आफ्नो लुगा छेउमा छोडी त्यो बाहिर गयो।”
19
योसेफका मालिक रिसले राँकिए।
20
योसेफलाई पक्रेर तिनले राजाका कैदीहरू थुन्ने झ्यालखानमा हालिदिए। योसेफ झ्यालखानमा थुनुवा भएर बसे।
21
तर परमप्रभु योसेफसँग हुनुहुन्थ्यो। उहाँले तिनलाई आशिष् दिनुभयो र झ्यालखानको अधिकृत उनीसित प्रसन्न भए।
22
तिनले योसेफलाई अरू जम्मै कैदीहरूमाथि नायक खटाए र झ्यालखानमा हुने सबै काम उनको जिम्मा लाइदिए।
23
योसेफको खटनमा हुने कामको लागि अधिकृतले केही फिक्री गर्नुपर्दैनथ्यो किनभने परमप्रभु योसेफसित हुनुहुन्थ्यो र उनले हात हालेको सबै काममा उनलाई सफल तुल्याउनुहुन्थ्यो।
← Chapter 38
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 40 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50