bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Genesis 37
Genesis 37
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 36
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 38 →
1
आफ्ना बुबाको देश कनानमा याकूब बसिरहे।
2
तिनको परिवारको कथा यस्तो छ: योसेफ सत्र वर्षको हुँदाआफ्ना दाजुहरूसँग भेडा-बाख्राको हेरचाहा गर्थे। ती दाजुहरू आफ्ना बुबाका रखेल बिल्हा र जिल्पाका छोराहरू थिए। दाजुहरूले बिगार गरेका कुराको खबर उनले बुबाकहाँ पुर्याउँथे।
3
याकूबले योसेफलाई अरू सबै छोराहरूभन्दा धेरै माया गर्थे किनभने उनी तिनका बुढेसकालका छोरा थिए। उनले योसेफको लागि एउटा पूरा बाहुला भएको लामो लबेदा बनाइदिए।
4
बुबाले तिनीहरूलाई भन्दा योसेफलाई बढी माया गर्छन् भनी थाहा पाएपछि तिनका दाजुहरूले तिनलाई घृणा गर्न थाले। तिनीहरू उनीसित राम्ररी बोल्दैनथे।
5
एक रात योसेफले सपना देखे र त्यो सपना दाजुहरूलाई बताएपछि तिनीहरूले उनलाई अझै बढी घृणा गर्न लागे।
6
उनले भने, “मेरो सपना सुन।
7
हामी सबै खेतमा गहुँका बिटाहरू बाँध्दै थियौं। तब मेरो बिटा उभिएर सोझो भई खडा भए। तिमीहरूका बिटाहरूचाहिँ त्यसका चारैपट्टि उभिएर त्यसलाई ढोग्दै थिए।”
8
“तँ राजा भएर हामीहरूमाथि राज गर्छु भनी सोच्दछस्?” तिनका दाजुहरूले सोधे। यसरी उनको सपना र उनले तिनीहरूबारे भनेका कुराहरूले गर्दा तिनीहरूले उनलाई अझ बढी घृणा गर्न लागे।
9
योसेफले अर्को एउटा सपना देखे र दाजुहरूलाई भने, “मैले अर्को एउटा सपना देखें। सपनामा घाम, जून र एघार वटा ताराहरूले मलाई ढोगेको देखें।”
10
उनले त्यो सपना बुबालाई पनि सुनाए। बुबाले उनलाई हकारे, “त्यो कस्तो खालको सपना हो? के तँ यो सोच्दछस् कि तेरा दाजुहरू, तेरी आमा र म आएर तँलाई ढोग्नेछौं?”
11
योसेफका दाजुहरूले उनलाई डाहा गर्न थाले तर बुबाचाहिँले यी सबै कुरा मनमै राखे।
12
एक दिन दाजुहरू बुबाका भेडा-बाख्राका बथान चराउन शकेममा गएका बेलामा
13
याकूबले योसेफलाई भने, “म चाहन्छु कि तँ शकेममा तेरा दाजुहरूले भेडा चराएको ठाउँमा जा।” योसेफले उत्तर दिए, “म तयार छु।”
14
बुबाले भने, “गएर तेरा दाजुहरू कुशल छन् कि छैनन्, भेडा-बाख्राहरू ठीक छन् कि छैनन्, हेरेर आइज र मलाई भन्।” यसरी बुबाले उनलाई हेब्रोनको बेसीबाट पठाए। योसेफ शकेममा पुगे र
15
बनमा डुल्दै गर्दा एउटा मानिसले भेटेर उनलाई सोध्यो, “तिमी के खोज्दै छौ?”
16
“मेरा आफ्ना दाजुहरूलाई खोज्दै छु, तिनीहरूले भेडा चराउँछन्,” उनले उत्तर दिए, “तिनीहरू कहाँ छन्, के तपाईंले मलाई भन्न सक्नुहुन्छ?”
17
त्यस मानिसले भन्यो, “तिनीहरू यहाँबाट अघि नै गइसके। तिनीहरूले हामी दोतानतिर जाऔं भनेको कुरा मैले सुनें।” योसेफ दाजुहरूलाई खोज्दै गए र तिनीहरूलाई दोतानमा भेटे।
18
तिनीहरूले उनलाई टाढैबाट देखे। उनी तिनीहरू भएको ठाउँमा पुग्नुअघि नै तिनीहरूले उनलाई छल गरेर मार्ने निश्चय गरे।
19
तिनीहरूले आपसमा भने, “त्यो सपना देख्ने आउँदै छ।
20
जाऔं, त्यसलाई मारेर त्यसको लाश एउटा सुख्खा इनारमा फालिदिऔं। जङ्गली जनावरले त्यसलाई मारेछ भनी हामी भन्न सक्छौं र त्यसका सपनाहरू के हुँदारहेछन्, हेरौंला।”
21
रूबेनले तिनीहरूका कुरा सुनेर योसेफलाई बचाउने चेष्टा गरे। “त्यसलाई नमारिहालौं,” उनले भने,
22
“त्यसलाई यहाँ जङ्गलमा यो इनारमा फालिदिऔं तर चोट नलगाऔं।” योसेफलाई बचाएर बुबाकहाँ पठाइदिने उपाय गरेर उनले त्यस्तो भनेका थिए।
23
योसेफ दाजुहरूकहाँ आइपुग्दा तिनीहरूले उसका बाहुला भएका लामा लबेदा खोसेर च्याते।
24
त्यसपछि उनलाई लगेर तिनीहरूले एउटा सुख्खा इनारमा फालिदिए।
25
त्यसपछि तिनीहरू खान बसे। अचानक तिनीहरूले एक हुल इश्माएलीहरूलाई गिलादबाट मिश्रमा गइरहेका देखे। तिनीहरूले आफ्ना ऊँटहरूमा मर-मसला र सुगन्धित धूप इत्यादिका भारी लादेका थिए।
26
यहूदाले दाजुभाइहरूलाई भने, “आफ्ना भाइलाई मारेर त्यसको हत्या लुकाउँदा हामीलाई के फाइदा छ र?
27
बरु त्यसलाई यी इश्माएलीहरूका हातमा बेचिदिऔं। त्यसो भए त्यसलाई चोट पनि लाउनुपर्दैन। आखिरी त्यो हाम्रो भाइ, हाम्रो रगत र मासु हो।” दाजुभाइहरूले उनका कुरा माने।
28
केही मिद्यानी व्यापारीहरू त्यहाँ पुग्दा दाजुहरूले योसेफलाई त्यस इनारबाट तानी निकाले र बीसवटा चाँदीका टुक्रा लिएर इश्माएलीहरूका हातमा बेचिदिए। इश्माएलीहरूले उनलाई मिश्रमा लिएर गए।
29
रूबेन फर्केर त्यस इनारमा आए। त्यहाँ तिनले योसेफलाई देखेनन् र शोक गरेर आफ्नो लुगा च्याते।
30
तिनले भाइहरू भएको ठाउँमा गएर भने, “केटो त त्यहाँ छैन। अब मैले के गर्नुपर्ने हो?”
31
त्यसपछि तिनीहरूले एउटा बाख्रा मारेर त्यसको रगतमा योसेफको लबेदा डुबाए।
32
त्यो लबेदा तिनीहरूले बुबाकहाँ पुर्याएर भने, “यो हामीले भेट्टायौं। के यो तपाईंको छोराको हो?”
33
याकूबले लबेदा चिनेर भने, “हो, यो त्यसैको हो। कुन जङ्गली जनावरले त्यसलाई मारेछ। मेरो छोरा योसेफलाई च्यात्तचुत्त पारेछ।”
34
तब याकूबले शोक गरेर आफ्ना लुगा च्याते र भाङ्ग्राको लुगा लाए। धेरै दिनसम्म उनले छोराको लागि विलाप गरे।
35
उनका सबै छोरा-छोरीहरू आएर उनलाई सान्त्वना दिए तर उनले सान्त्वना चाहेनन् र भने, “म मेरो छोराको लागि विलाप गर्दै मृत्युलोकमा जानेछु।” यसरी उनले आफ्ना छोरा योसेफको लागि शोक गरे।
36
यही बीचमा मिश्रमा पुगेर ती मिद्यानीहरूले योसेफलाई पोतीफरको हातमा बेचिदिए। पोतीफर मिश्रमा राजाको एक जना अधिकृत थिए। तिनी राजमहलको पहरेदारहरूका कप्तान थिए।
← Chapter 36
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 38 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50