bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Genesis 42
Genesis 42
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 41
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 43 →
1
याकूबले सुने कि मिश्रमा अन्न छ उनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू किन केही गर्दैनौ?
2
मिश्रमा अन्न छ भनी मैले सुनेको छु। त्यहाँ गएर केही अन्न किनिल्याओ र हामी भोकले मर्नुनपरोस्।”
3
योसेफका दश जना दाजुहरू मिश्रमा अन्न किन्न गए।
4
तर उनका भाइ बेन्यामीनलाई तिनीहरूसित याकूबले पठाएनन् किनभने त्यसलाई केही भइहाल्छ कि भनी उनी डराउँथे।
5
याकूबका छोराहरू अरू मानिसहरूसँग अन्न किन्न हिँडे किनभने कनान देशमा पनि अनिकाल परेको थियो।
6
योसेफले बडा-हाकिम भएर सारा संसारका मानिसहरूलाई अन्न बेच्दै थिए। तिनका दाजुहरू आएर भूइँमा निहुरेर तिनलाई प्रणाम गरे।
7
दाजुहरूलाई देखेर योसेफले चिनिहाले तर नचिनेजस्तो गरे। तिनले कड्केर सोधे, “तिमीहरू कहाँदेखि आएका हौ?” तिनीहरूले उत्तर दिए, “हामी अन्न किन्न कनानदेखि आएका हौं।”
8
योसेफले दाजुहरूलाई चिने पनि तिनीहरूले योसेफलाई चिनेनन्।
9
तिनीहरूका बारेमा देखेका आफ्ना सपनाहरू सम्झेर तिनले भने, “तिमीहरू जासूसहरू हौ। हाम्रो देश के कुरामा कमजोर छ, त्यो बुझ्नलाई तिमीहरू आएका हौ।”
10
“होइन, हजुर,” तिनीहरूले भने, “हामीहरू तपाईंका दास हौं, अन्न किन्न आएका हौं।
11
हामी सबै दाजुभाइहरू हौं, जासूसीहरू होइनौं। हजुर, हामी इमानदार मानिसहरू हौं।”
12
योसेफले तिनीहरूलाई भने, “होइन, तिमीहरू हाम्रो देशका कमजोरीहरू बुझ्न आएका हौ।”
13
तिनीहरूले भने, “हजुर, एउटा बुबाका हामी बाह्र छोराहरू कनान देशमा थियौं। एउटा भाइ मर्यो। कान्छो भाइ घरमा बुबासँग छ।”
14
योसेफले जवाफ दिए, “मेरो कुरा ठीक छ। तिमीहरू जासूसीहरू हौ।
15
म तिमीहरूलाई यसरी जाँच्छु: तिमीहरूको कान्छो भाइ यहाँ नआएसम्म तिमीहरू यहाँबाट जान पाउनेछैनौ। यो कुरा राजा फारोको जीवन साक्षी राखी म भन्दछु।
16
तिमीहरूबाट एक भाइ गएर त्यसलाई लिएर आऊ। तिमीहरूका मनका कुरा साँचो हो कि होइन, त्यो सफा नभइञ्जेल अरूहरूचाहिँ यहीँ कैदमा राखिनेछौ। राजा फारोको जीवन साक्षी राखी म भन्दछु, तिमीहरू जासूस हौ भन्ने कुरा साँचो हो।”
17
त्यसपछि तिनले तीन दिनसम्म तिनीहरूलाई झ्यालखानमा थुने।
18
तेस्रो दिनमा योसेफले तिनीहरूलाई भने “म परमेश्वरसित डराउने मानिस हुँ। एउटा काम गर्छौ भने म तिमीहरूलाई छोडिदिनेछु।
19
तिमीहरू इमानदार मानिसहरू हौ भनी बुझाउन एक भाइ यहाँ थुनामा बस, अरूचाहिँ तिमीहरूको भोको परिवारको लागि आफूले किनेको अन्न लिएर जाओ।
20
तिमीहरूको कान्छो भाइलाई मकहाँ ल्याओ। अनि तिमीहरूले साँचो कुरा भनेका रहेछौ भनी प्रमाण हुनेछ र तिमीहरूको ज्यान बाँच्नेछ।” तिनीहरू राजी भएर,
21
आपसमा भन्न लागे, “हामीले आफ्ना भाइलाई के गरेका थियौं, त्यसको फल भोग्दै छौं। हामीले त्यसको दु:ख देखी मद्दतको लागि बिन्ती सुनेर पनि त्यसको कुरा मानेनौं। त्यसकारण आज हामीलाई यो विपद् आइपर्यो।”
22
रूबेनले भने, “मैले त केटाको केही क्षति नगर्नू भनी तिमीहरूलाई भनेको थिएँ। तर तिमीहरूले मेरो कुरा सुनेनौ र आज त्यसको मृत्युको दाम हामीले चुकाउनुपर्छ।”
23
तिनीहरू कुराकानी गर्दै थिए, योसेफले बुझे तर तिनीहरूले चाहिँ चाल पाएनन् किनभने तिनीहरू उनीसँग दोभासेको मद्दतमा कुरा गर्दै थिए।
24
तिनीहरूलाई छोडेर गए र योसेफ रुन लागे। फेरि कुरा गर्न सक्ने भएपछि तिनी फर्की आए र तिनीहरूको सामुन्ने शिमियोनलाई लिएर बाँधे।
25
योसेफले दाजुहरूको धोक्रोमा अन्न भरिदिन, तिनीहरूले तिरेको दाम तिनीहरूकै धोक्रो-धोक्रोमा हालिदिन र यात्रामा खानलाई चाहिने सामल-तुमल दिन आज्ञा गरे। त्यसै गरियो।
26
दाजुहरूले गधामा ती किनेका अन्न लादे र आफ्नो बाटो लागे,
27
राती बास बसेको ठाउँमा एक भाइले गधालाई ख्वाउन आफ्नो भारी खोले र धोक्रोको मुखमा आफ्ना पैसा भेटे।
28
“मेरो पैसा त मलाई फर्काइ पो दिएछन्,” उनले आफ्ना दाजुभाइहरूलाई सुनाए, “यो मेरो धोक्रोमा छ।” तिनीहरूको हंसले ठाउँ छोड्यो र डरले आपसमा सोध्न लागे, “परमेश्वरले हामीलाई यो के गर्नुभएको हो?”
29
तिनीहरू कनानमा बुबाकहाँ आइपुगे र आफूलाई भएका सबै कुराहरू सुनाए,
30
“मिश्रको बडा-हाकिमले हामीसित कडासित कुरा गरे र हामीलाई उनको देशको भेद लिनलाई आएका हौ भनी दोष लाए।
31
‘हामी जासूस होइनौं,’ हामीले जवाफ दियौं, ‘हामी इमानदार मानिस हौं।
32
एउटा बुबाका बाह्र छोरा थियौं, एक भाइ मर्यो र कान्छो भाइ बुबासँग कनानमा छ’ भनेर हामीले उनलाई भन्यौं।
33
उनले भने, ‘यस कुराबाट मात्र तिमीहरू इमानदार मानिस रहेछौ भनी मलाई थाहा हुनेछ: तिमीहरूमध्ये एक जना यहाँ मसँग बस। अरूहरूचाहिँ अन्न लिएर आफ्ना भोका परिवारकहाँ जाओ।
34
तिमीहरूको कान्छो भाइलाई मकहाँ ल्याओ। तब तिमीहरू जासूस होइनौ तर इमानदार मानिसहरू रहेछौ भनी म बुझ्छु। तब तिम्रो यो भाइ म तिमीहरूलाई फर्काइदिनेछु र तिमीहरू यहाँ बस्न र किनबेच गर्न पाउनेछौ’।”
35
तब तिनीहरूले आफ्ना भारी खोले र आफ्ना पैसाको धोक्रो आ-आफ्नो धोक्रोमा पाए। पैसा देखेर तिनीहरू र बुबा पनि डराए।
36
याकूबले तिनीहरूलाई भने, “के तिमीहरूले मदेखि मेरा सबै छोराहरू खोस्ने? योसेफ गयो, शिमियोन छैन, अब बेन्यामीन पनि लैजाने कुरा गर्छौ। सबै कष्ट मैले भोग्नुपर्नेभयो।”
37
रूबेनले बुबालाई भने, “मैले बेन्यामीनलाई फर्काइल्याइन भने तपाईंले मेरा दुई छोराहरू मारिदिन सक्नुहुन्छ। बेन्यामीनलाई मेरो जिम्मामा दिनुहोस्, म त्यसलाई फर्काई ल्याउनेछु।”
38
तर याकूबले भने, “मेरो छोरा म तँसित पठाउन सक्दिनँ। त्यसको दाजुचाहिँ मरिगयो। त्यो मात्र रहेको छ। म बुढो भइसकें। बाटोमा यसलाई पनि केही भइगयो भने बुढेसकालमा तिमीहरूले मलाई अफसोसमा नै जिउँदै मार्नेछौ।”
← Chapter 41
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 43 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50