bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Genesis 41
Genesis 41
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 40
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 42 →
1
दुई वर्ष बितिसकेपछि मिश्रका राजाले एउटा सपना देखे। सपनामा तिनी नील नदीको किनारमा उभिरहेका थिए।
2
त्यस बेला सातवटा मोटा र चिल्ला गाईहरू नदीबाट निस्किआए र घाँस खान लागे।
3
त्यसपछि अरू सातवटा गाईहरू निस्के; तिनीहरू दुब्ला र हाड-छाला मात्र भएका थिए। तिनीहरू आएर नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए
4
र ती दुब्ला गाईहरूले ती मोटा गाईहरूलाई खाइहाले। तब राजा ब्यूँझे।
5
तिनी फेरि निदाए र अर्को सपना देखे। त्यस सपनामा सातवटा अन्नका भरिला र पाकेका बालाहरू एउटा बोटमा पसाएका थिए।
6
त्यसपछि अरू सातवटा मरुभूमिको बतासले सुकाएका र सेप्रा परेका अन्नका बालाहरू पसाए र
7
ती सेप्रा बालाहरूले अघिका सातवटा भरिला बालाहरूलाई निलिहाले। राजा ब्यूँझे र सपना पो देख्दै थिएँ भनी थाहा पाए।
8
बिहान तिनलाई चिन्ता पर्यो र तिनले मिश्रभरिका सबै जादूगरहरू र विद्वान्हरूलाई बोलाए। तिनीहरूलाई राजाले आफ्ना सपना बताए तर कसैले सपनाको अर्थ लाउन सकेनन्।
9
तब मद्य टक्र्याउने मानिसले राजालाई भन्यो, “मबाट एउटा भुल भएको छ, त्यो म आज तपाईंको अघि बिन्ती गर्छु।
10
हजुरको म र मुख्य भान्सेमाथि रिसानी भएको थियो र हामीलाई पहरेदारको कप्तानको घरमा भएको झ्यालखानमा कैदमा राख्नुभएको थियो।
11
एक रात हामी दुवैले एक-एक वटा सपना देख्यौं। सपनाको अर्थ भिन्ना-भिन्नै थियो।
12
एउटा हिब्रू केटो हामीसित त्यहाँ थियो। त्यो पहरेदारहरूका कप्तानको कमारो थियो। हामीले त्यसलाई हाम्रा सपना बतायौं र त्यसले हामीलाई अर्थ खोलिदियो।
13
सबै कुरा ठीक त्यसले भनेजस्तै भयो। तपाईंले मलाई आफ्नो काम दिनुभयो तर त्यस मानिसलाई हजुरले झुन्ड्याइदिनुभयो।”
14
राजाले योसेफलाई बोलाउन पठाए र उनी तुरुन्तै झ्यालखानबाट झिकाइए र केश काटी, दाह्री खौरी, आफ्ना लुगा लगाई राजाको सामुन्ने हाजिर भए।
15
राजाले उनलाई भने, “मैले एउटा सपना देखेको छु, जसको अर्थ कसैले लाउन सकेन। तिमीले सपनाको अर्थ लाउन सक्छौ भनेर मैले सुनेको छु।”
16
योसेफले उत्तर दिए, “हजुर! मसँग त्यस्तो ज्ञान त छैन तर परमेश्वरले सपनाको मिल्ने अर्थ खोलिदिनुहुन्छ।”
17
राजाले भने, “सपनामा म नील नदीको किनारमा उभिरहेको थिएँ।
18
त्यस बेला सातवटा मोटा र चिल्ला गाईहरू नदीबाट निस्किआए र घाँस खान लागे।
19
त्यसपछि सातवटा दुब्ला हाड मात्र भएका गाईहरू निस्किआए। मैले त्यस्ता दुब्ला र नराम्रा गाई मिश्रमा कहीँ पनि देखेको छैनँ।
20
ती दुब्ला गाईहरूले मोटा गाईहरूलाई खाइहाले।
21
तर सातवटा दुब्ला गाईहरू जस्ताको त्यस्तै रहे, तिनीहरूले खाएको, नखाएको केही फरक परेन। तब म ब्यूँझें।
22
फेरि मैले सपना देखें— सातवटा अन्नका भरिला र पाकेका बालाहरू एउटा बोटबाट पसाएका थिए।
23
त्यसपछि अरू सातवटा मरुभूमिको बतासले सुकाएका र सेप्रा अन्नका बालाहरू पसाए।
24
र ती सेप्रा बालाहरूले भरिला बालाहरूलाई निलिहाले। यी सपनाहरू मैले जादूगरहरूलाई पनि सुनाएँ तर कसैले पनि अर्थ खोलिदिन सकेन।”
25
योसेफले राजालाई भने, “दुवै सपनाको अर्थ एउटै हुन्छ। परमेश्वरले के गर्न लाग्नुभएको छ, त्यो तपाईंलाई जनाउनुभएको हो।
26
सातवटा मोटा गाईहरू र सातवटा भरिला अन्नका बालाहरूले सात वर्ष बुझाउँछन्। दुवैको एउटै अर्थ छ।
27
पछिबाट निस्किआउने सातवटा दुब्ला गाईहरू र मरुभूमिको बतासले सुकाएको सातवटा सेप्रा बालाहरूले अनिकालको सात वर्ष बुझाउँछन्।
28
मैले भनेअनुसार यो हुनेछ। परमेश्वरले के गर्न लाग्नुभएको छ, त्यो तपाईंलाई देखाउनुभएको छ।
29
सात वर्षसम्म सारा मिश्रदेशमा ठूलो सहकाल हुनेछ।
30
त्यसपछि सात वर्षसम्म अनिकाल पर्नेछ। अनिकालले देश खतम पार्नेछ र ती सहकालका वर्षहरू सबैले भुल्नेछन्।
31
सहकालको समयलाई सम्पूर्णरूपले भुल्नेछन् किनभने त्यसपछिको अनिकाल साह्रै डरलाग्दो हुनेछ।
32
हजुरको सपना दोहोरिएको अर्थ यो हो— परमेश्वरले निश्चय गरिसक्नुभएको छ र यो चाँडै पूरा गराउनुहुनेछ।
33
“हजुरले अब केही ज्ञान र बुद्धि भएका मानिसलाई चुनेर सारा देशमा नाइके खटाउनुहोस्।
34
अरू कामदारहरू पनि खटाउनुपर्नेछ र सहकालका सात वर्षभरि उम्रेका अन्नका पाँच हिस्सा बटुलेर राख्नुपर्नेछ।
35
आउने सहकालका सात वर्षभरि अन्न बटुल्ने आज्ञा दिनुहोस् र ती बटुलेका अन्न सहर-सहरका ढुकुटीहरूमा जम्मा गर्न र तिनको रखवाली गर्ने अधिकार तिनीहरूलाई दिनुहोस्।
36
यसरी बटुलेका अन्न मिश्रदेशमा पछिबाट आउने सात वर्ष अनिकालको लागि साँचिराखेको हुनेछ र यसरी मानिसहरू भोकले मर्नेछैनन्।”
37
राजा र तिनका भारदारहरूले योसेफले बताएको उपाय ठीक माने र
38
राजाले तिनीहरूलाई भने, “हामीले योसेफभन्दा असल मानिस पाउनेछैनौं। उनीसित परमेश्वरको आत्मा हुनुहुन्छ।”
39
त्यसपछि राजाले योसेफलाई भने, “यी सबै कुरा तिमीलाई परमेश्वरले देखाउनुभएको हो। तिमीभन्दा बढी ज्ञान र बुद्धि भएको मानिस अरू कोही छैन। यो सफा बुझिएको छ।
40
तिमीलाई म मेरा देशमाथि शासक खटाउनेछु। मेरो सारा प्रजाले तिम्रो आज्ञा मान्नेछन्। मेरो पछि दोस्रो अधिकार तिम्रो हुनेछ।
41
तिमीलाई सारा मिश्रदेशमाथि बडाहाकिम खटाउँछु।”
42
तब राजाले आफ्नो औँलादेखि शिल-मोहोर भएको छाप औँठी फुकालेर योसेफको औँलामा लाइदिए र राम्रो मलमलको वस्त्र पहिराइदिए अनि गलामा सुनको सिक्री लगाइदिए।
43
उनलाई राजाले आफ्ना दोस्रो रथमा सवारी गराए र राजाको पहरेदारहरू उनको अघि-अघि “बाटो छोड्, बाटो छोड्,” भन्दै हिँडे। यसरी योसेफ सारा मिश्रदेशमाथि बडा-हाकिम भए।
44
राजाले उनलाई भने, “म राजा हुँ तर तिम्रो अनुमतिबिना कसैले आफ्नो हात वा खुट्टा उठाउन पनि पाउनेछैन।”
45
[45-46] तिनले योसेफलाई मिश्री नाम सापनत-पानेह राखिदिए र ओनका पूजाहारी सहरको पुरोहित पोतीपेराकी छोरी आसनतसित उनको विवाह गरिदिए। योसेफ मिश्रका राजाको सेवामा खटाइँदा तीस वर्ष पुगेका थिए। राजाको दरबारबाट निस्केर उनले सारा देशमा यात्रा गरे।
47
सात वर्ष सहकालमा जमिनबाट प्रशस्त उब्जनी भयो।
48
ती सबै योसेफले बटुलेर सहर-सहरका ढुकुटीमा जम्मा गरे। हरेक सहरमा त्यसको वरिपरिको खेतमा अन्न बटुलिन्थे।
49
यति बिघ्न अन्न उम्रियो कि योसेफले तौलन पनि छोडिदिए। ती समुद्रको बालुवासरि भएका थिए।
50
अनिकाल सुरु हुनुभन्दा अघि आसनतले योसेफका दुई भाइ छोराहरू जन्माइन्।
51
उनले भने, “परमेश्वरले मेरो सारा दु:ख-कष्ट र बुबाको परिवारको सम्झना बिर्सन लाउनुभयो र उनले जेठो छोराको नाम मनश्शे राखे।
52
उनले फेरि यसो पनि भने, परमेश्वरले मलाई कष्ट पाएको देशमा छोराहरू दिनुभयो र दोस्रो छोराको नाम एफ्राइम राखे।
53
मिश्रमा सात वर्षको सहकाल सकियो।
54
अब सात वर्षको अनिकाल सुरु भयो। योसेफले भनेजस्तै भयो। अरू सबै देशहरूमा अनिकाल पर्यो तर मिश्रभरि अन्न थियो।
55
मिश्रीहरू पनि भोकले छट्पटाए र राजालाई अन्न माग्न थाले। तिनले आफ्ना प्रजालाई योसेफकहाँ पठाए र उनले भनेअनुसार गर्नू भनी आज्ञा दिए।
56
अनिकाल बढ्दै गयो र सारा देशमा फैलियो। यसकारण योसेफले सम्पूर्ण ढुकुटीहरू खोलेर मिश्रीहरूलाई अन्न बेच्न लाए।
57
पृथ्वीभरिका मानिसहरू मिश्रमा योसेफकहाँ अन्न किन्न आए किनभने चारैतिर भयङ्कर अनिकाल मच्चिएको थियो।
← Chapter 40
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 42 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50